काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँमा झरेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आइतबार प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार १४५ रुपैयाँ घटेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




