२०८३ श्रावण ११

चार महिनाकै न्यूनमा सेयर बजार, अधिकांश समूह रातो

काठमाडौं । मंगलबार नेपाली सेयर बजार लगातार दबाबमा रहँदै करिब चार महिनाकै न्यून विन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६.१६ अंकले घटेर २,६७४ विन्दुमा बन्द भएको हो।

यो स्तर फागुन १७ यताकै सबैभन्दा कम हो। त्यस दिन नेप्से २,७७३ विन्दुमा थियो। पछिल्ला दिनहरूमा सीमित अंकले घटबढ हुँदै आएको बजारमा मंगलबार भने गिरावट तुलनात्मक रूपमा तीव्र देखिएको छ। कारोबार दिनभर नै बजार दबाबमा रह्यो।

कारोबार रकम पनि केही घट्दै ४ अर्ब ४४ करोडबाट ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ। कुल कारोबारमध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीमा गिरावट आयो भने ११ कम्पनी स्थिर रहे।

क्षेत्रगत रूपमा पनि बजार कमजोर देखियो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९२ प्रतिशतले घट्यो। त्यसैगरी बैंकिङ ०.२९, विकास बैंक ०.४३, फाइनान्स १.२८, होटल तथा पर्यटन १.११, जलविद्युत् १.६३, लगानी १.०३, जीवन बीमा ०.८५, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा १.०१, अन्य ०.६७ र व्यापार समूह १.५७ प्रतिशतले घटेका छन्।

यसबीच, शुक्रबार मात्रै सूचीकृत भएका दुई जलविद्युत कम्पनी टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य भने १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। मूल्य बढेपछि दुवै कम्पनी ३९६.७० रुपैयाँमा पुगेका छन्।

त्यस्तै, केही कम्पनीहरूमा उल्लेखनीय गिरावट देखिएको छ। बुंगल हाइड्रोपावर १५ प्रतिशतले घट्दा एपोलो हाइड्रोपावर ११.१२ प्रतिशत, सोपान फर्मास्युटिकल्स ७.०५ प्रतिशत र कालिन्चोक हाइड्रोपावर ५.६४ प्रतिशतले घटेका छन्।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा आँखु खोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर र बुंगल हाइड्रोपावर रहेका छन्।

Read More

नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द, कारोबार रकम ४.४४ अर्ब नाघ्यो

काठमाडौं। साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घट्दै बन्द भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको छ। यस दिन कुल ३५३ कम्पनीका ८१ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये ११६ वटाको सेयर मूल्य बढ्दा १४३ वटाको घटेको छ भने १४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। समग्र बजार घटे पनि टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लेभलमा पुगेको छ।

कारोबार रकमका आधारमा सोपान फार्मास्युटिकल्स शीर्ष स्थानमा रह्यो, जसको करिब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले ३० करोड, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २० करोड र आँखु खोला जलविद्युत कम्पनीले १७ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।

क्षेत्रगत रूपमा फाइनान्स, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचकमा वृद्धि देखिए पनि बाँकी अधिकांश समूहका उपसूचक नकारात्मक रहेको नेप्सेले जनाएको छ।

Read More

नेप्से प्रि-ओपन सेसनमा ७ अंकभन्दा बढीको वृद्धि

काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ७.१८ अंकले बढ्दै २७०९.२९ विन्दुमा पुगेको छ।

यस अवधिमा कुल ७२ स्टक्सको ६० हजार ६३३ कित्ता सेयर ३ करोड ६५ लाख १३ हजार ९०८ रुपैयाँमा कारोबार भएको छ।

कारोबार भएका स्टक्समध्ये २२ वटाको मूल्य वृद्धि भएको छ भने ४० वटाको मूल्य घटेको छ। बाँकी ५ वटा स्टक्सको मूल्य स्थिर रहेको छ।

Read More

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य वृद्धि सहित बन्द भएको छ। नेप्से १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको हो।

बजारमा सुधार देखिएसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ३५३ वटा कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये ११६ को सेयर मूल्य बढेको, १४० को घटेको तथा १७ कम्पनीको मूल्य स्थिर रहेको छ। अपोलो हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ कमाउँदा बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/९७ अग्रस्थानमा रह्यो, जसको करिब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

क्षेत्रगत रूपमा फाइनान्स, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र ट्रेडिङ समूहमा हरियाली देखिएको छ भने अन्य अधिकांश उपसूचक दबाबमा रहेका छन्।

Read More

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भई बन्द भएको छ। यस अवधिमा परिसूचक १०.९९ अंकले बढ्दै २७११.४६ विन्दुमा पुगेको हो।

प्रि-ओपन सेसनमा कुल ७४ स्क्रिप्सका १० लाख ३६ हजार ७३९ कित्ता सेयर १ अर्ब २० करोड ५१ लाख ३० हजार ६५५ रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन्।

कारोबारमा सहभागी स्टक्समध्ये २६ वटाको मूल्य वृद्धि भएको छ भने ३० वटाको मूल्य घटेको छ। बाँकी ४ वटाको मूल्य भने स्थिर रहेको छ।

Read More

नेप्से परिसूचक घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौं । नेपाली सेयर बजार बिहीबार दबाबमा रह्यो, नेप्से परिसूचक सामान्य अंकले घट्दै बन्द भएको छ।

बजार बन्द हुँदा नेप्से ५.०६ अंकले घटेर २७०० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार परिसूचक अत्यन्तै सानो वृद्धि सहित २७०५.५३ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार र मंगलबार लगातार गिरावट देखिएको थियो।

बिहीबार कुल कारोबार रकम पनि घटेको छ। बजारमा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ, जुन बुधबारको ३ अर्ब ६३ करोड रुपैयाँभन्दा कम हो।

समग्र बजार घटेपनि केही कम्पनीका सेयरमा उल्लेखनीय वृद्धि देखियो। अपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको सेयर १५ प्रतिशतले बढ्दै सर्किट लेभलमा पुगे।

आत्मनिर्भर लघुवित्तको सेयर १२.५३ प्रतिशतले बढ्यो भने बुंगल हाइड्रोपावर ८.५६ प्रतिशत र भुजुङ्ग हाइड्रोपावर ६.३० प्रतिशतले बढे।

कारोबार रकमका आधारमा आँकु खोला जलविद्युत सबैभन्दा अगाडि रह्यो, करिब ३१ करोड रुपैयाँ बराबरको कारोबारसहित।

त्यसपछि युनाइटेड मोदी हाइड्रोपावरले २३ करोड रुपैयाँ, सीईडीबी होल्डिङ्सले १४ करोड रुपैयाँ र बुंगल हाइड्रोपावरले १२ करोड रुपैयाँको कारोबार गरे।

बजारको अवस्था

कुल कारोबार भएका स्टकमध्ये ७७ वटाको मूल्य बढ्यो भने १८१ वटाको घट्यो। १४ वटा स्टक स्थिर रहे।

समूहगत सूचकतर्फ मिश्रित अवस्था देखियो। बैंकिङ, वित्त, लघुवित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूहमा वृद्धि भए पनि अन्य अधिकांश समूह दबाबमा रहे।

Read More

प्रि-ओपन सेसनमा नेप्से ७.१९ अंकले ओरालो, बजारमा मिश्रित कारोबार संकेत

काठमाडौं । बिहीबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.१९ अंकले घट्दै बजारमा कमजोर सुरुवाती संकेत देखिएको छ। यस अवधिमा नेप्से परिसूचक २६९८.३४ विन्दुमा अडिएको छ, जसले नियमित कारोबार सत्रअघि लगानीकर्ताको मनोविज्ञानमा सावधानीपूर्ण धारणा रहेको संकेत गर्छ।

प्रि-ओपन सेसनमा सीमित समय र कम तरलताबीच हुने कारोबारले प्रायः बजारको प्रारम्भिक ट्रेन्ड झल्काउने गर्छ। यस दिनको सेसनमा कुल ५९ वटा कम्पनीका ३० हजार ६९९ कित्ता सेयर खरिदबिक्री भए, जसको कुल कारोबार मूल्य २५ लाख १७ हजार ७६ रुपैयाँ रहेको छ।

कारोबारमा आएका स्टकहरूबीच मिश्रित प्रदर्शन देखिएको छ। २५ वटा स्टकको मूल्य वृद्धि हुँदा २७ वटामा गिरावट आएको छ भने २ वटा स्टकको मूल्य स्थिर रह्यो। यसले बजारमा स्पष्ट दिशाको अभाव रहेको र लगानीकर्ता छनोटमा विभाजित धारणा देखिएको विश्लेषण गर्न सकिन्छ।

समग्रमा, प्रि-ओपन सेसनको यो गिरावटले नियमित कारोबार सत्रमा पनि बजार उतारचढावयुक्त रहन सक्ने प्रारम्भिक संकेत दिएको छ, यद्यपि पूर्ण बजार प्रवृत्ति भने दिनभरको कारोबारपछि मात्र स्पष्ट हुनेछ।

Read More

नेप्से परिसूचक स्थिर, कारोबार रकममा गिरावट

काठमाडौं बुधबार सेयर बजार अत्यन्तै न्यून उतारचढावबीच लगभग स्थिर रहँदै बन्द भएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको हो।

यसअघि बजार लगातार दबाबमा थियो। मंगलबार नेप्से ६.३१ अंकले घट्दै २७०५.४५ विन्दुमा झरेको थियो भने सोमबार १२.२६ अंकको गिरावटसँगै २७११.७६ विन्दुमा बन्द भएको थियो।

बुधबार बजारमा कारोबार गतिविधि भने घटेको देखिएको छ। ३५२ कम्पनीका ८३ लाख ७५ हजारभन्दा बढी कित्ता सेयर ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीमा किनबेच भए। अघिल्लो दिनको तुलनामा कारोबार रकममा कमी आएको हो।

दिनभरको कारोबारमा सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा पुगे।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो, जसको करिब २१ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स (१८ करोड), बुंगल हाइड्रोपावर (१७ करोड), सेन्ट्रल फाइनान्स (१६ करोड) र आँखु खोला जलविद्युत (१५ करोड) क्रमशः अगाडि रहे।

बजारको समग्र अवस्थाअनुसार १२६ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको घट्यो भने १४ कम्पनी स्थिर रहे। क्षेत्रगत सूचकहरूमा पनि मिश्रित प्रदर्शन देखियो, जहाँ पाँच समूहका उपसूचक मात्र बढे भने बाँकी अधिकांश समूहमा गिरावट आयो।

डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, इन्भेस्टमेन्ट र म्युचुअल फन्ड समूह बाहेक अन्य सबै उपसूचक नकारात्मक रहे।

Read More

डेढ महिनापछि नेप्सेले पायो नयाँ नेतृत्व, अमृत लम्साल अध्यक्ष नियुक्त

काठमाडौं । करिब डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। सरकारले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको अध्यक्ष नियुक्त गर्दै रिक्त रहेको पदमा नयाँ नेतृत्व ल्याएको हो।

वैशाख १५ गते तत्कालीन अध्यक्षको राजीनामापछि खाली रहेको अध्यक्ष पदमा लम्सालको नियुक्तिसँगै नेप्सेले स्थायी नेतृत्व प्राप्त गरेको छ। अर्थ मन्त्रालयको निर्णयअनुसार उनले नेप्से सञ्चालक समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

अध्यक्ष पद लामो समय रिक्त रहँदा पूँजीबजारसँग सम्बन्धित विभिन्न नीतिगत निर्णय, संस्थागत व्यवस्थापन तथा सुधारका पहलहरू प्रभावित भएका थिए। नयाँ नेतृत्व आएपछि ती विषयहरूमा आवश्यक निर्णय प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

लम्साल हाल अर्थ मन्त्रालयमा कार्यरत छन्। वित्तीय प्रशासन तथा सार्वजनिक संस्थान व्यवस्थापनमा अनुभव हासिल गरेका उनले यसअघि विभिन्न सरकारी तथा वित्तीय संस्थाहरूमा सञ्चालकको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

नयाँ अध्यक्षको आगमनसँगै नेप्सेमा रोकिएका सुधार कार्यक्रम, बजार पूर्वाधार विकास तथा प्रविधिमा आधारित सेवाको विस्तारले गति लिने विश्वास गरिएको छ। साथै, धितोपत्र बजारको पारदर्शिता अभिवृद्धि, लगानीकर्ताको विश्वास सुदृढीकरण र सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने दिशामा पनि नेतृत्वको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।

पूँजीबजारका सरोकारवाला पक्षहरूले लम्सालको नेतृत्वमा बजार आधुनिकीकरण, संस्थागत सुधार र दीर्घकालीन विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरेका छन्।

Read More

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ आजदेखि निष्काशन

काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सर्वसाधारणका लागि खुला गरेको छ। कम्पनीले कुल १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर निष्काशन गरेको हो, जसको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ। आईपीओ छिटोमा असार ८ गते र ढिलोमा असार १७ गतेसम्म खुला रहनेछ, मागअनुसार छिटो बन्द हुन सक्ने कम्पनीले जनाएको छ।

ऊर्जा क्षेत्रमा क्रियाशील कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख ४३ हजार रुपैयाँ रहेको उल्लेख छ।

कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २८ वर्ष ९ महिना बाँकी छ। आर्थिक प्रतिवेदनअनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र डिस्काउण्टेड क्यास फ्लो आधारमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

Read More