२०८३ श्रावण १०

रगत अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले २४सै घण्टा हेल्पलाइन चलाउने

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले रगत अभाव हुन नदिन हेल्पलाइन २४ सै घण्टा चलाउने जानकारी दिएको छ । मन्त्रालयले रगत अभाव हुन नदिन १११५ नम्बरको हेल्पलाइन २४सै घण्टा चलाउने जानकारी दिएको हो । 

मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४सै घण्टा चलाउने र कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

साथै मन्त्रालयले घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको छ ।

सय भन्दा बढी आन्दोलनका घाइतेको उपचार भैरहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री प्रदिप पौडेलको सचिवालयले जनाएको छ । त्यस्तै वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ ।

मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने गरी आपतकालीन अपरेशन सेन्टरमार्फत व्यवस्था मिलाएको छ । काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

Read More

जेनजीको आन्दोलनका घाइतेको नि: शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले जेनजीको आन्दोलनमा घाइते भएका सबैको नि: शुल्क उपचारको व्यवस्था मिलाउन सबै संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

स्वास्थ्य अम्त्न्रालयले मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा घाइते भएका सबैको सबै किसिमका उपचारको व्यवस्था गरि उपचार नि: शुल्क व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रलायले एम्बुलेन्स सेवा थप प्रभावकारी बनाउन र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक जुट भएर उपचारमा खटिन आग्रह गरेको छ ।

Read More

क्यान्सरविरुद्धको खोप विकासमा रुसलाई ठुलो सफलता

काठमाडौँ । रुसले क्यान्सर उपचारमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । देशको नयाँ एमआरएनए-आधारित खोप ‘एन्टरोमिक्स’ ले पूर्व-क्लिनिकल परीक्षणहरूमा शत प्रतिशत प्रभावकारिता र सुरक्षा देखाएको जनाएको छ ।

रुसको राष्ट्रिय चिकित्सा अनुसन्धान रेडियोलोजी केन्द्र र रूसी विज्ञान प्रतिष्ठानको एन्जेलहार्ट इन्स्टिच्युट अफ मोलिक्युलर बायोलोजिले संयुक्त रूपमा यो खोप विकास गरेका छन् । यस खोपको क्लिनिकल परीक्षण ४८ स्वयंसेवकहरूसँग सुरु गरिएको थियो। यी परीक्षणहरू जुन १८ देखि २१ सम्म सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा घोषणा गरिएको थियो ।

यो खोप क्यान्सरसँग लड्न मात्र सक्षम छैन, तर भविष्यमा क्यान्सर रोक्नको लागि ठूलो कदम पनि हुन सक्ने बताइएको छ । संघीय चिकित्सा र जैविक एजेन्सी (एफएमबिए) ले यो खोप अब क्लिनिकल प्रयोगको लागि तयार छ ।

एफएमबिएका प्रमुख भेरोनिका स्कभोर्ट्सोभाका अनुसार, एन्टरोमिक्स एक एमआरएनए-आधारित खोप हो जुन विशेष रूपमा प्रत्येक बिरामीको लागि तिनीहरूको व्यक्तिगत आरएनएको आधारमा डिजाइन गरिनेछ ।

यो खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई सुधार गर्छ जसले गर्दा यसले क्यान्सर कोषहरूलाई चिन्न र नष्ट गर्न सक्छ । यो खोप ट्युमर घटाउन र तिनीहरूको वृद्धि रोक्न अत्यन्त प्रभावकारी साबित भएको छ ।

विशेष कुरा के हो भने बारम्बार प्रयोग गर्दा पनि कुनै गम्भीर साइड इफेक्ट नदेखिएको र यसलाई केमोथेरापी र विकिरण जस्ता उपचारहरू भन्दा फरक बनाउने बताइएको छ ।

कोलोरेक्टल क्यान्सर (आन्द्राको क्यान्सर) को उपचार गर्न एन्टेरोमिक्सको पहिलो संस्करण विकसित गरिएको छ । यस बाहेक, वैज्ञानिकहरू ग्लियोब्लास्टोमा (मस्तिष्कको क्यान्सर) र मेलानोमा (छालाको क्यान्सर) को लागि खोपको अन्य संस्करणहरूमा काम गरिरहेका छन् । अब क्लिनिकल परीक्षणहरू सफलतापूर्वक सम्पन्न भइसकेको छ, खोप नियामक स्वीकृतिको पर्खाइमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यदि स्वीकृत भएमा, एन्टेरोमिक्स विश्वको पहिलो व्यक्तिगत एमआरएनए क्यान्सर खोप बन्न सक्छ । यो खोपले रूसमा मात्र नभई विश्वभर हजारौंको जीवन बचाउन सक्छ र क्यान्सर उपचारमा नयाँ युग सुरु गर्न सक्ने बताइएको छ ।

Read More

कार्तिकदेखि स्वास्थ्य बीमामार्फत ८ कडा रोगको एकीकृत सुविधा लागू हुने

काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले अब आठ प्रकारका कडा रोगको उपचार सुविधा बीमामार्फत मात्र पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आउँदो कार्तिक १ गतेदेखि यो व्यवस्था लागू हुने भएको हो।

यसअघि विपन्न नागरिकका लागि छुट्टाछुट्टै सञ्चालन हुँदै आएका उपचार कार्यक्रमलाई एकीकृत गर्दै मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको छ। संशोधनपछि विपन्न नागरिकले पाउँदै आएको उपचार खर्च अब स्वास्थ्य बीमा बोर्डमार्फत भुक्तानी हुने व्यवस्था गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सेवाग्राहीहरूले निरन्तर उपचार सुविधा पाउन यसअघि नै स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ। उनले भने, “अब विपन्न नागरिकले आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य छ, र यो सुविधा कार्तिक १ गतेबाट बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ। हाल उपचाररत बिरामीलाई निरन्तरता दिन हामीले असोज मसान्तभित्रै बीमामा दर्ता हुन अनुरोध गरेका छौँ।”

मन्त्रालयले स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाउँदै हाल उपचार लिइरहेका सेवाग्राहीहरूलाई असोज मसान्तभित्र बीमामा दर्ता गरिसक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

Read More

डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

धनगढी । डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । आइतबार धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका हुन् ।

उनले पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिने आरोप लगाए ।

उनले भने- ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ । शिक्षाको गुणस्तर खस्कनु भनेको स्वास्थ्य सेवामा ह्रास आउनु हो । सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धराप पर्दै गएको छ ।’

केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । साथै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

Read More

हैजा प्रभावित वीरगंजमा सुरक्षा निकायका स्वास्थ्य जनशक्ति र औषधि उपलब्ध गराउछौं: गृहमन्त्री लेखक

वीरगंज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगंजस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् । शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जको  नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । 

गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीयसुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए । अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।

उनले भने- ‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ। तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ । यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ । प्रधानमन्त्रीज्यूले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताउनुभएको छ ।’

हैजा पुर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए । गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु-अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २ जना डाक्टरलाई जिम्मेवारी दिएका छन् ।

Read More

हैजापछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

वीरगंज । हैजाको संक्रमणको सामना गरिरहेको वीरगंज महानगरपालिका क्षेत्रमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ ।

महानगरले पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिसका २५ वटा रिपोर्टेड केश मध्ये र २ वटा पुष्टि भएको र जसमध्ये १ वटा केश वीरगंज महानगर-५ मा पुष्टि भएको जानकारी दिएको छ ।

महानगरले यस अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाभित्र यस रोगको संक्रमण फैलिन नदिन विशेष सतर्कता र सावधानी अपनाउन सम्पूर्ण सुँगुर तथा बंगुरपालक किसानलाई अनुरोध गरेको छ । यससँगै, सुँगुर र बंगुरको अनावश्यक ओसारपसार नगर्न र रोगसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखापरेमा तत्कालै महानगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग फैलाउने लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरले  ३२ वटै वडामा औषधि छर्कने अभियान सुरु गरेको बताएको छ ।

महानगरमा सरसफाइ संयोजक जयप्रकाश खेतानको नेतृत्वमा ५ वटा गाडी र २० जनाको प्राविधिक टोली परिचालन गरी नाला तथा पोखरीमा स्प्रेमार्फत औषधि छर्कने कार्य सुरु भएको जनाइएको छ ।

महानगर ले गोठ तथा वरिपरिको स्थान सफा राखी पानी जम्न नदिन गोठ वा खेत जानेबेला पूरै शरीर ढाक्ने कपडा प्रयोग गर्न, परिवारका सदस्यलाई जापानिज इन्सेफलाइटिसको खोप अनिवार्य लगाउन आग्रह गरेको छ ।

Read More

हैजा प्रभावित बिरामीलाई निःशुल्क उपचार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा आउने झाडापखाला तथा हैजाका बिरामीलाई निःशुल्क उपचार गर्न…

विरगंज पुगेर स्वास्थ्यमन्त्रीले भने: हैजा प्रभावित बिरामीको उपचारमा अभाव आउन दिँदैनौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हैजा प्रभावित बिरामीहरूको उपचारमा कुनै पनि किसिमको कमी नहुने प्रतिवद्धता व्यक्त गरेका…

वीरगञ्ज हैजा प्रकोप नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह…