२०८३ कार्तिक ९

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन ।

माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।  शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले भवन निर्माण सम्पन्न हुने समय तालिकालगायतका विषयमा महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । 

अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्य जोडिएको संवेदनशील संरचना निर्माणमा ढिलाइ भएको प्रति आक्रोश व्यक्त गर्दै घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए । उनले एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिए । 

यसैगरी, प्रतिष्ठानका उपकूलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेकाले तत्काल भवन निर्माण गरिनु पर्ने र गर्न नसकेमा ठेक्का तोडी नयाँ प्रक्रियामा जानु पर्ने बताए ।

Read More

मन्त्री घिसिङबाट निर्माणाधीन बाल अस्पतालको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन् ।

मन्त्री घिसिङले सोमबार कियोजबाट  झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग छलफल गर्नुकासाथै स्थलगत निरीक्षण गरेका थिए ।

उक्त अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज)मा उपलब्ध गराएको थियो । संघीय सरकारले भवन बनाउ र उपकरण खरिदका लागि करिब ११ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

डा. काइरालाको अगुवाइमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल बनाउन लागिएको त्यसको प्रशंसा गर्दै मन्त्री घिसिङले अस्पताल निर्माणलाई सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताए ।

उनले भने- ‘दमकमा सञ्चालित बाल अस्पतालका निरीक्षण गर्यौं, उक्त अस्पतालबाट त्यस क्षेत्रमा ठूलो सेवा पुगेको रहेछ, काम गर्न सक्नेलाई देशको समग्र क्षेत्रको विकासका लागि थप जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ ।’ उनले हस्पताल निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिए ।

सबै नेपालीको पहुँच हुनसक्ने गरी अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न बाल अस्पतालको निर्माण गरिएको उल्लेख गर्दै डा. कोइरालाले अस्पताल गैरनाफामूलक, समाजसेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताए ।

उनले बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख गरे । डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।  

Read More

वैदेशिक रोजगारमा जानेले नि:शुल्क स्वास्थ्य परामर्श लिन सकिने

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ । 

श्रमिकको स्वास्थ्य आफ्नो उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य मन्त्रालयले विदेश जाने क्रममा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सम्वन्धी जानकारीको लागि रोजगारीको सिलसिलामा विदेश रहेका नेपाली नागरिकले  ००९७७९७६३४९०९००  फोन नम्वरमा भाइबर वा ह्वाट्सएप वा  इमो मार्फत फोन गरी चौविसै घण्टा मृगौला रोग र मृगौला स्वास्थ्य सम्वन्धी सेवा  तथा  परामर्श सेवा लिन सक्ने व्यवस्था गरेको छ । 

साथै अन्य स्वास्थ्य सेवाको लागि  ००९७७९८५१३४५७०१  र ००९७७९८५१३४५७०२ सम्पर्क गरी सेवा लिन प्रभावकारी रुपमा काम गर्न सुरु गरिसेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Read More

कोरोनाकालमा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार, आपूर्तिकर्तासहित अन्य ७ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासमेत ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेजविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले कोरोनाको समयमा १३ स्वास्थ्य सामाग्री खरिद गर्नेक्रममा मिलोमतोमा बढी मुल्य कबोल गर्ने फर्मलाई आशय स्वीकृत गरेको पाइएको जनाएको छ । अख्तियारले आफ्नो पद ओहोदाको दुरुपयोग गरेर सार्वजनिक खरिदमा बढी प्रतिस्पर्धा गरार्इ कम लागतमा गुणस्तरीय वस्तु वा सेवा खरिद गर्नुपर्ने कानूनको उद्देश्य विपरीत प्रतिवादीहरुले कम लागतमा स्वास्थ्य सामाग्री आपूर्ति गर्न इच्छुक अन्य प्रतिस्पर्धी बोलपत्रदातालार्इ नियोजित तवरले प्रतिस्पर्धाबाट हटाई लक्षित बोलपत्रदाता जनमुक्ति हेल्थ इन्टरप्राइजेजलार्इ स्वास्थ्य सामाग्री आपूर्तिको ठेक्का दिएको प्रमाणित भएको जनाएको छ ।

अख्तियारले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मूल्याङ्कन समितिका  सदस्य) राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन (मूल्याङ्कन समितिका  सदस्य) रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका  सदस्य) नेत्र नर सिंह कार्की, आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेज तथा उक्त कम्पनीका प्रोपाईटर नवराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ  ।

अख्तियारले सबै आरोपीविरुद्ध जनही ३१ लाख १७ हजार ८९ बिगो कायम गरि कानुन अनुसारको सजाय माग गरेको छ ।

Read More

एच५एन५ भेरियन्टको पहिलो मृत्यु पुष्टि

काठमाडौँ । अमेरिकाको वाशिंगटन डीसीमा एच५एन५ बर्ड फ्लूको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ ।

राज्य स्वास्थ्य विभागका अनुसार, यो विश्वमा एच५एन५ भेरियन्टको पहिलो मृत्यु पुष्टि भएको हो ।

मृतक व्यक्ति ग्रे हार्बर काउन्टीका थिए । उनी वृद्ध थिए । स्वास्थ्य विभागका अनुसार, उनको घरमा कुखुरासहित धेरै प्रकारका घरेलु चराहरू थिए । चराहरूको बस्ने ठाउँहरूमा पनि बर्ड फ्लूको निशान भेटिएको थियो ।

यसले संक्रमणको सबैभन्दा सम्भावित स्रोत यी चराहरू वा नजिकैका जंगली चराहरू थिए भन्ने पुष्टि भएको छ । विभागले आम जनताको लागि जोखिम धेरै कम रहेको बताएको छ । यस केससँग सम्बन्धित अन्य कुनै पनि व्यक्तिमा यो भाइरस संक्रमणको पुष्टि भएको छैन ।

Read More

कांग्रेस नेता डा.सुनिल शर्माको नोबेल हस्पिटल उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता डा.सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताको रुपमा पर्न सफल नोवेल हस्पिटल सम्मानित भएको हो ।

आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर तिरेर राज्यको राजस्व प्रणालीलाई मजबुत बनाउन योगदान दिएको भन्दै नोबेललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यगर्दै आएको नोबेल यस वर्ष पनि उत्कृष्ट करदाताको सूचीमा अग्रस्थानमा रहेको विभागले जनाएको छ। नोबेल मेडिकल कलेज डा।सुनिल शर्माकी छोरी सोइना शर्माले सम्हालिरहेकी छिन्।

विभागले अन्य श्रेणीका उत्कृष्ट करदाताहरूलाई पनि सार्वजनिक गरेको छ। संस्थागत करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण पहिलो स्थानमा रह्यो भने व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट ठहरिए।

एकलौटी फर्म श्रेणीमा थर्ड आइ इन्टरनेशनल, वस्तु निर्माणमा डाबर नेपाल, सूचना प्रविधि सेवा निर्यातमा ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपन्छीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक तथा वित्तीय सेवामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, पर्यटनतर्फ सोल्टी होटल लिमिटेड, र वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि उत्कृष्ट करदाता घोषित भए।

यस्तै, ५० देखि १०० करोड वार्षिक कारोबार समूहमा ब्रिडिएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भयो। डमीमूलक उद्योग श्रेणीमा भोटेकोशी पावर कम्पनी प्रालिले सबैभन्दा बढी कर तिर्‍यो। रेमिट्यान्स तथा मनी ट्रान्सफरमा आईएमई लिमिटेड उत्कृष्ट करदाता रह्यो भने निर्यातमुखी उद्योग श्रेणीमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गर्‍यो।

नोबेल मेडिकल कलेजको निरन्तर कर योगदानलाई यस वर्ष पनि सरकारी निकायले उच्च प्रशंसा गरेको छ, जसले निजी स्वास्थ्य क्षेत्रले राष्ट्रको कर संरचनामा कति महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने पुष्टि गरेको छ।

Read More

बालबालिकाको स्वास्थ्यका लागि अग्नि समुहको इलेक्ट्रिक उपहार: फाउण्डेशनद्वारा KIOCH लाई दुई EV हस्तान्तरण

काठमाडौँ । अग्नि फाउण्डेशनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी४००का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ । यो फाउण्डेशन अग्नि समुहको गैरनाफामूलक संस्था हो ।

बुढानीलकण्ठमा आयोजित विशेष समारोहमा फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले अग्नि समूहको यात्रा केवल व्यापारिक विस्तार नभई समुदायसँगको सहयात्रा भएको बताइन्। “३५ वर्षमा हामीले सफलता कमाएका छौँ, तर त्यो सफलताको सार समुदायसँग हातेमालो गरेर अघि बढ्नुमा छ,” उनले भनिन्, “KIOCH जस्तो संस्थालाई सहयोग गर्नु हाम्रो लागि गर्व हो-किनकि त्यहाँ उपचार मात्र होइन, आशा बाँडिन्छ, भविष्य निर्माण हुन्छ।”

उक्त सहयोगले हजारौँ बालबालिकाको स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने विश्वास KIOCH का अध्यक्ष प्रा. डा. भगवान कोइरालाले व्यक्त गरे।
उनका अनुसार विद्यालय स्वास्थ्य कार्यक्रमदेखि लिएर जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरणसम्म-यी इलेक्ट्रिक एसयूभीहरूले सेवा वितरणलाई छिटो, सहज र पहुँचयोग्य बनाउने छन्। “यो सहयोग कुनै साधारण सहयोग होइन, समुदायसम्म उपचार पुर्‍याउने हाम्रो क्षमतामा थपिएको नयाँ पंख हो,” उनले प्रशंसा गर्दै भने।

अग्नि ग्रुपको ‘Rising Together’ दर्शनले व्यवसायिक प्रगति र सामुदायिक विकासलाई एउटै दिशामा अघि बढाउने लक्ष्य बोकेको छ। वातावरणमैत्री यी इलेक्ट्रिक एसयूभीहरूले KIOCH का स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई अझ गतिशील बनाउने अपेक्षा गरिएको छ।

अग्नि फाउण्डेशन यसअघि पनि स्वास्थ्य, शिक्षा, खेलकुद र विपद् व्यवस्थापनमा निरन्तर सक्रिय रहँदै आएको छ। त्रिवि शिक्षण अस्पतालको NICU तथा PICU को मर्मत-सम्भार, स्तरोन्नति तथा अभिभावकका लागि ‘अग्नि विङ’ नामक आधुनिक प्रतीक्षालय निर्माणसमेत फाउण्डेशनका उल्लेखनीय काम हुन्।

यता KIOCH को लक्ष्य स्पष्ट छ-देशभरका १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको, किफायती र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने। विशेषतः आर्थिक रूपमा कमजोर र जोखिममा रहेका बालबालिकालाई समान पहुँच दिलाउन संस्था निरन्तर क्रियाशील छ।

Read More

टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालय भित्रका क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको बताएको छ ।

नियमित अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हल्दे कालिका एण्ड चमेना गृह र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिन निरीक्षण गर्दा आधारभूत सरसफाइमा समेत कमजोरी देखिएको टोलीले जनाएको छ । फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि भोजन तयार गरिने संवेदनशील स्थानमा नै खाद्य स्वच्छतातामा ध्यान दिएको छैन ।

वडा नम्बर १२ मा रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको चमेना गृहमा गरिएको अनुगमनमा सरसफाइमा लापरवाही, खाद्य रंगको अव्यवस्थित प्रयोग, फ्रिजमा खाद्य सामग्रीको अव्यवस्थित भण्डारण, भाँडा माझ्ने स्थान शौचालय नजिक रहेको तथा म्याद गुज्रिएको सात प्याकेट दुध भेटिएको थियो। त्यस्तै, नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा पनि पेष्ट कन्ट्रोल सन्तोषजनक नभएको, काँचो तथा पकाएको वस्तु एकै ठाउँ भण्डारण, खाना पकाउने र भाँडा माझ्ने स्थान नजिकनजिकै भएको, पकाइएका खाद्यवस्तु खुला राखिएको तथा फ्रिजको प्रयोग अव्यवस्थित पाइएको खाद्य निरीक्षण अधिकारी खगेन्द्रप्रसाद खतिवडा, आस्था अधिकारी र सरोज पौडेलले जानकारी दिए ।

अनुगमनपछि टोलीले क्यान्टिन सञ्चालकलाई स्वच्छता र खाद्य सुरक्षा मापदण्डअनुसार सेवा सञ्चालन गर्न कडाइका साथ निर्देशन दिएको छ। खाद्यवस्तु ढाकेर राख्ने, प्रभावकारी पेष्ट कन्ट्रोल गर्ने, लेबलयुक्त तथा अनुमति प्राप्त उद्योगका वस्तु मात्रै प्रयोग गर्ने, म्याद नाघेका पदार्थ बिक्री नगर्ने, भाँडा माझ्ने तथा शौचालय क्षेत्र छुट्याएर व्यवस्थित गर्ने, आगो सुरक्षाका उपकरण राख्ने र मूल्यसूची सार्वजनिक गर्ने निर्देशन दिएको छ ।

निर्देशन पालना नगरे कानुनअनुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ। महानगरले खाद्य व्यवसायलाई स्वच्छ, सुरक्षित र कानुनअनुसार सञ्चालन गराउन नियमित रूपमा अनुगमन जारी राखेको छ ।

Read More

नर्सहरुको आन्दोलन जारी रहने

काठमाडौँ । नेपाल नर्सिङ संघ सरकारसँग भएको सहमतिबाट पछि हटेको छ । नर्सिङ संघले आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राख्दै ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक वाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापीरुपमा ठप्प पार्ने घोषणा गरेको छ ।

संघले स्वास्थ्य मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुदा नम्बर १ मा सरकारी सरह न्युनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधाको सुनिश्चितता गर्ने भन्ने सहमति भएता पनि बाँकि बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलन जारी रहने जनाएको छ ।

संघले आन्दोलनमा उत्रिसकेका नर्सहरुलाई कुनै प्रकारको दवाव, प्रभाव, डर, त्रास वा धम्कि नदिन समेत सचेत गराएको छ । त्यसैगरी आन्दोलनका कारण विरामीलाई पर्न जाने प्रत्यक्ष अप्रत्यक्ष असर र अन्य असुविधा प्रति क्षमायाचना गर्दै यसवाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्वन्धित स्वास्थ्य संस्थाले नै व्यहोर्नु पर्ने उल्लेख गरेको छ ।

Read More

के तपाईलाई दुग्धजन्य पदार्थ खाएपछि पेट दुख्ने हुन्छ ?

काठमाडौँ । केही मानिसहरूलाई दुग्धजन्य पदार्थ खाएपछि पेट फुल्ने, ग्यास लाग्ने र पखाला लाग्ने जस्ता पाचन समस्याहरू हुन्छन् । यो ल्याक्टोज पचाउन नसक्ने अवस्थाको कारणले हुन्छ । ल्याक्टोज जनावरको दूध र यसका उत्पादनहरूमा पाइने एक प्रकारको चिनी हो । ल्याक्टोज पचाउन नसक्ने अवस्था तब हुन्छ जब तपाईंको शरीरले यो ल्याक्टोजलाई तोड्न वा पचाउन सक्दैन ।

सानो आन्द्रामा ल्याक्टोज नामक इन्जाइम हुन्छ जसले ल्याक्टोज पचाउन मद्दत गर्छ । यो इन्जाइमको काम दूधमा रहेको चिनी र ल्याक्टोजलाई तोडेर पचाउनु हो । ल्याक्टोज पचाउन नसक्ने अवस्था तब हुन्छ जब सानो आन्द्राले पर्याप्त मात्रामा ल्याक्टोज उत्पादन गर्न सक्दैन । दूध वा दुग्धजन्य पदार्थ सेवन गर्दा ल्याक्टोज पचाउन नसक्ने भएका मानिसहरूको शरीरमा विभिन्न प्रतिक्रियाहरू हुन सक्छन् । ल्याक्टोज पचाउन नसक्ने अवस्था एशियाली, अफ्रिकी, मेक्सिकन र मूल निवासी अमेरिकीहरूमा सबैभन्दा सामान्य मानिन्छ । 

लक्षणहरू:
ल्याक्टोज पचाउन नसक्ने अवस्थाका लक्षणहरू दुग्धजन्य पदार्थ खाएपछि केही मिनेट वा घण्टा भित्र देखा पर्छन् । जसमा पेट फुल्ने वा ग्यास हुने, बारम्बार डकार आउने, पेट दुख्ने वा असुविधा हुने, पखाला वा कब्जियत हुने, धेरै मानिसहरूलाई दाग, टाउको दुख्ने, जोर्नी दुख्ने, थकान र ध्यान केन्द्रित गर्न कठिनाइ पनि हुन सक्छ । यद्यपि, यदि कुनै व्यक्तिले लामो समयसम्म पखाला, कब्जियत, दिसामा रगत, गम्भीर पेट फुल्ने, वा छिटो तौल घट्ने अनुभव गर्छ भने, उनीहरूले तुरुन्तै ग्यास्ट्रोएन्टेरोलोजिस्टसँग परामर्श गर्नुपर्छ ।

एलर्जी: 
खानाको एलर्जी ल्याक्टोज पचाउन नसक्ने अवस्था भन्दा बढी गम्भीर हुन्छ । यदि कसैलाई ल्याक्टोज युक्त खानाबाट एलर्जी छ भने, लक्षणहरू गम्भीर हुन सक्छन् ।

यसका लक्षणहरूमा दूध पिएपछि तुरुन्तै ओठ, अनुहार, घाँटी वा जिब्रो अचानक सुन्निने, सुन्निएको क्षेत्रमा चिलाउने र छाला आउने, सास फेर्न गाह्रो हुने, घाँटी कडा हुने वा निल्न गाह्रो हुने, छाला, जिब्रो, वा ओठ नीलो, खैरो वा पहेंलो हुने (यदि छाला गाढा वा खैरो छ भने, यो परिवर्तन हातको हत्केला वा खुट्टाको तलामा बढी देखिनेछ), अचानक भ्रम, निद्रा लाग्ने वा चक्कर लाग्ने जस्तो हुने गर्दछ । यस्ता एलर्जीको गम्भीर लक्षणहरू अनुभव गरेमा तुरुन्तै अस्पताल जानुपर्छ । ल्याक्टोज पचाउन नास्कने अवस्था र खानाको एलर्जी एउटै कुरा होइनन् । खानाको एलर्जीले मृत्युको जोखिम पनि निम्त्याउन सक्छ ।

ल्याक्टोज केमा हुन्छ ?
गाई, भैंसी, बाख्रा र भेडाको दूध सहित जनावरको दूधमा ल्याक्टोज पाइन्छ । यो यी उत्पादनहरूबाट बनेका खाद्य उत्पादनहरूमा पनि पाइन्छ । दुग्ध उत्पादनहरूमा दूध, बटर, चीज, क्रिम, दही र आइसक्रिम समावेश छन् । केही प्रशोधित खाद्य उत्पादनहरूमा ल्याक्टोज पनि हुन सक्छ, जस्तै गहुँ, जई, चामल, जौ र मकै जस्ता अन्नबाट बनेका खानाहरू,  रोटी, क्र्याकर, केक, बिस्कुट र पेस्ट्री, सस, सलाद ड्रेसिङ, मिल्कशेक र प्रोटिन शेक जस्ता खानेकुरामा पनि ल्याक्टोज पाइन्छ ।

ल्याक्टोज पाचन नहुने अवस्थाको परीक्षण
ल्याक्टोज पाचन नहुने अवस्थाको  निदान गर्ने सबैभन्दा सरल परीक्षण भनेको खाना खाएपछि पेट फुल्ने, पखाला वा कब्जियत भएको छ कि छैन भनेर हेर्नु हो । यदि तपाईंले ल्याक्टोज युक्त खाना खान छोड्नुभयो भने, यो समस्या आफैं समाधान हुनेछ । यसको परीक्षण र हाइड्रोजन सास परीक्षणबाट निदान गर्न सकिन्छ । यो परीक्षणले तपाईंको पाचन प्रणालीले ल्याक्टोज कति राम्रोसँग पचाउन सक्छ भनेर मापन गर्दछ ।

परीक्षण गर्नुभन्दा लगभग चार घण्टा अघि तपाईंलाई उपवास बस्न भनिनेछ । त्यसपछि तपाईंलाई ल्याक्टोज युक्त पेय पदार्थ दिइनेछ, र अर्को दुई घण्टा भित्र तपाईंको रगतको नमूना लिइनेछ । हाइड्रोजन सास परीक्षणमा, तपाईंलाई उच्च मात्रामा ल्याक्टोज भएको तरल पदार्थ पिउन भनिनेछ । त्यसपछि तपाईंको सास धेरै पटक परीक्षण गरिनेछ। तपाईंको सासमा हाइड्रोजनको उच्च स्तरले तपाईं ल्याक्टोज असहिष्णु हुनुहुन्छ भनेर संकेत गर्दछ ।

त्यस्तै फेकल एसिड परीक्षण साना बच्चाहरूको लागि गरिन्छ र यसले दिसामा कति एसिड छ भनेर मापन गर्दछ । यदि कुनै व्यक्तिले ल्याक्टोज पचाउन सक्दैन भने, उनीहरूको दिसामा ल्याक्टिक एसिड, ग्लुकोज र अन्य फ्याटी एसिडहरू हुनेछन् । त्यस्तै यदि लक्षणहरू गम्भीर छन् र लामो समयसम्म सुधार भएन भने, ग्यास्ट्रोस्कोपी आवश्यक हुन सक्छ ।

उपचार:
ल्याक्टोज पाचन नहुने अवस्थाको लागि कुनै स्थायी उपचार छैन, किनकि हाल तपाईंको शरीरलाई बढी ल्याक्टोज इन्जाइमहरू उत्पादन गर्न मद्दत गर्ने कुनै उपचार छैन ।

यद्यपि, आफ्नो आहार परिवर्तन गरेर वा ल्याक्टोज पूरकहरू प्रयोग गरेर लक्षणहरू नियन्त्रण गर्न सकिन्छ । यसरी, ल्याक्टोज पाचन नहुने अवस्थाको लागि एक मात्र आधारभूत उपचार भनेको ल्याक्टोज युक्त खानाहरूबाट बच्नु वा धेरै कम मात्रामा खानु हो । ल्याक्टोज युक्त खानाहरू खानु अघि ल्याक्टोज पूरकहरू लिनाले यी लक्षणहरूलाई रोक्न सकिन्छ ।

धेरै मानिसहरूमा ल्याक्टोज पाचन नहुने अवस्थाको एक प्रमुख कारण सेलियाक रोग हो । यो एक आत्म-प्रतिरोधी रोग हो जसले सानो आन्द्राको अस्तरलाई कमजोर बनाउँछ । यदि सेलियाक रोगको उपचार गर्न सकिन्छ भने, ल्याक्टोज पाचन नहुने अवस्था पनि निको हुन सक्छ । यस अवस्थामा, कुन दूध वा दुग्ध उत्पादनहरूले कम्तीमा ल्याक्टोज पाचन नहुने अवस्थाका लक्षणहरू निम्त्याउँछ त्यो जान्न आवश्यक हुन्छ ।

Read More