२०८३ कार्तिक १०

रुसी १९ वर्षीया एन्ड्रीभाले जितिन् फ्रेन्च ओपन उपाधि

काठमाडौँ । रूसकी १९ वर्षीया मिरा एन्ड्रीभाले पहिलो पटक फ्रेन्च ओपन महिला एकलतर्फको उपाधि जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा उनले पोल्यान्डकी माया ख्भालिन्स्कालाई सोझो सेटमा ६–३ र ६–२ ले पराजित गरिन्।

१ घण्टा २२ मिनेटसम्म चलेको खेलमा एन्ड्रीभाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वीमाथि दबाब बनाएकी थिइन् । यो उनको करिअरकै पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

एन्ड्रीभा फ्रेन्च ओपन जित्ने इतिहासकै दोस्रो सबैभन्दा कम उमेरकी खेलाडी बनेकी छन् । यसअघि सन् १९९२ मा १८ वर्षको उमेरमा मोनिका सेलेसले यो उपाधि जितेकी थिइन् ।

पहिलो सेटमा दुवै खेलाडी ३–३ को बराबरीमा रहे पनि त्यसपछि एन्ड्रीभाले लगातार तीन खेल जित्दै सेट ६–३ ले आफ्नो पक्षमा पारिन् । दोस्रो सेटमा पनि उनले सुरुआती अग्रता कायम राख्दै लगातार खेल जितिन् र ६–२ को नतिजासहित उपाधि कब्जा गरिन् ।

उपाधि जितेपछि एन्ड्रीभा भावुक देखिएकी थिइन् । उनले आफ्नो टोली र परिवारलाई धन्यवाद दिँदै रोलाँ गारोमा उपाधि जित्नु बाल्यकालदेखिको सपना पूरा भएको बताइन् ।

यस सफलतासँगै एन्ड्रीभा सन् २०२० मा इगा स्वियातेकपछि फ्रेन्च ओपन महिला एकल जित्ने किशोर उमेरकी खेलाडी बनेकी छन् । साथै, उनी मोनिका सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कम उमेरकी महिला च्याम्पियन पनि बनेकी छन् ।

उपविजेता ख्भालिन्स्काको यात्रा पनि स्मरणीय रह्यो । विश्व वरीयतामा ११४औँ स्थानमा रहेकी उनी छनोट चरण पार गर्दै मुख्य प्रतियोगितामा प्रवेश गरेकी थिइन् । लगातार नौ खेल जित्दै फाइनल पुगेकी उनले प्रतियोगिताका क्रममा विश्व नम्बर एक आर्यना साबालेन्कालाई समेत पराजित गरेकी थिइन् । खेलपछि ख्भालिन्स्काले एन्ड्रीभाको प्रशंसा गर्दै उनी आफूभन्दा उत्कृष्ट खेलाडी साबित भएको प्रतिक्रिया दिइन् ।

Read More

ओमानलाई हराउदै नेपाल एशियन गेम्सको छनौटको फाइनलमा

काठमाडौँ । नेपाल जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । 

ओमानले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्बाधिक ४४ रन बनाए भने रोहित पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै ९४ रन बनाएको थियो । 

ओमानका लागि कप्तान सुफयान महमूदले सर्बाधिक ३८ रन बनाएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग सोमबार खेल्ने छ । त्यस्तै ओमानले भने तेस्रो स्थानका लागि हङकङ र मलेसियाबीचको पराजित हुने टिमसँग सोमबारनै खेल्ने तालिका रहेको छ ।

Read More

ओमानले नेपाललाई दियो ९५ रनको लक्ष्य

काठमाडौँ । ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो ।

सिंगापुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै ९४ रन बनाएको हो । 

ओमानका लागि कप्तान सुफयान महमूदले सर्बाधिक ३८ रन बनाएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

Read More

लय गुमाएको ब्राजिललाई प्रशिक्षक अन्सेलोटीले कमब्याक गराउन सक्लान् ?

काठमाडौँ । फुटबल विश्वकपको चर्चा गर्दा ब्राजिलको नाम सबै भन्दा पहिला आउने नाम हो । खेल्ने शैली र विश्वका उत्कृष्ट खेलाडीको भरपूर्ण ब्राजिल पछिल्ला विश्वकपमा आफ्नो नाम अनुसारको खेल खेल्न असफल भएको छ ।

२००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपपछि ब्राजिल फाइनलमा पुग्न पनि सकेको छैन । पछिल्लो पटक आफ्नै देशमा आयोजित विश्वकपमा ब्राजिल २०१४ मा सेमिफाइनलमा नेदरल्याण्डससँग पराजित भएको थियो ।   

समग्रमा ब्राजिल अहिले राम्रो अवस्थामा छैन । यसको प्रमाण नेइमारको फिटनेस पछिल्ला महिनामा अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । अझ अचम्म त के भने, केही ब्राजिली समर्थकहरू मान्छन्— यो ३४ वर्षे फरवार्ड बिना टोलीले आगामी विश्वकप जित्नै सक्दैन, यद्यपि उनी २०२३ यता लगातार फिट पनि छैनन् र उच्च स्तरको प्रदर्शन पनि देखाउन सकेका छैनन् । पूर्व मिडफिल्डर फेलिपे मेलोले त अझै अगाडि बढेर एक खुट्टा भए पनि नेइमार नै ब्राजिलका लागि उत्कृष्ट नम्बर १० भएको बताएर पनि उनको ब्राजिलको टिममा भूमिका स्पष्ट हुन्छ । यसले नै ब्राजिलको आक्रमण लाइनप्रति कति ठूलो अविश्वास छ भन्ने देखाउछ।

तर ब्राजिलको २०२६ विश्वकप अभियानको मुख्य कुरा नेइमारको उपस्थितिमा मात्र निर्भर छैन । धेरैको बुझाइमा यो जिम्मेवारी अब प्रशिक्षक कार्लो अन्सेलोटीको काँधमा पुगेको छ, जसलाई विश्व फुटबलका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक मानिन्छ ।

अन्सेलोटीलाई ब्राजिलको प्रशिक्षक बनाउने चर्चा लामो समयदेखि चल्दै आएको थियो । ब्राजिल फुटबल महासंघका तत्कालीन अध्यक्ष एडनाल्डो रोड्रिगेजले २०२३ मै भनेका थिए । उनी खेलाडीहरूबीच अत्यन्त सम्मानित र रोनाल्डो नाजारियोदेखि भिनिसियस जुनियरसम्म सबैले उनलाई मन पराउँछन् । उनले अन्सेलोटीलाई इमानदार, स्थिर र अत्यन्त सफल प्रशिक्षक भन्दै उनको प्रशंसा गरेका थिए । ब्राजिलभरि समर्थकहरूले पनि उनको नाम बारम्बार लिने गरेको बताइएको थियो । खेलाडीहरू पनि उनको सम्भावित आगमनलाई लिएर उत्साहित थिए । म्यानचेस्टर सिटीका गोलकिपर एडरसनले त मजाक गर्दै भनेका थिए- रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियोस् ताकि अन्सेलोटी चाँडै ब्राजिल आउन सकून् ।

अन्सेलोटीले सुरुमा आफ्नो सम्झौता २०२४ सम्म रहेको भन्दै ब्राजिल जाने चर्चा अस्वीकार गरेका थिए । पछि उनले २०२६ सम्म सम्झौता थपे । तर फुटबलमा परिस्थिति छिटो बदलिन्छ । रियल म्याड्रिडले २०२४-२५ सिजन ट्रफीविहीन समाप्त गरेपछि क्लबमा ठूलो पुनर्संरचना भयो र अन्सेलोटीको युरोपेली यात्रा अन्त्यतिर पुग्यो । उनी आफैंले पनि म्याड्रिडमा बिताएको समयलाई सफल र अविस्मरणीय बताएका थिए, तर सबै कुराको अन्त्य हुन्छ भन्ने स्वीकार गरेका थिए ।

ब्राजिल पाँच पटकको विश्व च्याम्पियन हो, तर २००२ पछि उपाधि जित्न सकेको छैन। पछिल्ला वर्षहरूमा उनीहरूको समस्या केवल हार मात्र होइन, पहिचान गुमाउनु पनि हो ।

पहिलेको ‘सुन्दर फुटबल’ अहिले हराएको भन्दै धेरै समर्थक निराश छन् । यहाँसम्म कि ब्राजिलका महान खेलाडी रोनाल्डिन्होले २०२४ मा राष्ट्रिय टोलीको समर्थनबाट अलग भएको जस्तो घोषणा गरेका थिए । उनले टोलीलाई कमजोर, नेतृत्वविहीन र औसत खेलाडीहरूको समूह भनेका थिए ।

ब्राजिलले २०२४ को कोपा अमेरिका पनि निराशाजनक रूपमा समाप्त गर्‍यो । उरुग्वेसँग पेनाल्टीमा हारेर क्वार्टरफाइनलबाट बाहिरियो । पछि प्रशिक्षक डोरिभाललाई हटाइयो, विशेषगरी अर्जेन्टिनासँग ४–१ को लज्जास्पद हारपछि । यसपछि अन्सेलोटीको आगमनलाई ब्राजिल फुटबल पुनर्जीवनको संकेतका रूपमा हेरियो । अन्सेलोटीले अहिलेसम्म ११ खेल सम्हालेका छन्, जसमा ६ जित मात्र आएको छ । नतिजा र प्रदर्शन दुवै अस्थिर देखिएको छ । जापानसँगको ३–२ हार विशेष रूपमा आलोचित रह्यो, जहाँ ब्राजिल २–० ले अगाडि भएर पनि दोस्रो हाफमा तीन गोल खाँदै पराजित भयो । त्यस्तै फ्रान्ससँग २–१ को हार पनि चिन्ताजनक रह्यो, किनभने फ्रान्स १० खेलाडीमा सीमित हुँदा पनि ब्राजिलले राम्रो प्रदर्शन गर्न सकेन ।

तर अन्सेलोटीले भने टोलीले विश्वका उत्कृष्टसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने विश्वास व्यक्त गरे, जसलाई धेरैले यथार्थभन्दा टाढा भनेका छन् । ब्राजिल अहिले पूर्ण रूपमा स्थिर टोली देखिँदैन । डिफेन्स र मिडफिल्डमा अनुभव भए पनि गहिराइको अभाव छ ।

यसै कारण नेइमारलाई पुनः टोलीमा फर्काउने दबाब बढेको छ । उनी पूर्ण फिट नभए पनि ब्राजिलको इतिहासकै सबैभन्दा प्रभावशाली आक्रमणकारी मानिन्छन् । अन्सेलोटीले पनि समर्थकको चाहनालाई ध्यानमा राख्दै उनलाई २६ सदस्यीय टोलीमा समावेश गरेको चर्चा छ । ३४ वर्षका नेइमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १२८ खेलमा ७९ गोल गरेका छन् । उनी यसअघि सन् २०१४, २०१८ र २०२२ विश्वकपमा पनि खेलेका थिए, र यो उनको चौथो विश्वकप हुनेछ ।

अन्सेलोटीको मुख्य शक्ति केवल रणनीति होइन, खेलाडी व्यवस्थापन हो । उनले ठूलो नाम र ठूला अहंकार भएका खेलाडीहरूलाई एउटै लक्ष्यमा बाँध्न सक्छन् । तर समस्या ब्राजिलसँग अहिले पूर्ण विश्वस्तरीय टोली छैन । धेरै स्थानमा अनुभव र गहिराइको कमी देखिन्छ । यद्यपि अन्सेलोटी विश्वास गर्छन्, विश्वकपमा कुनै पनि टोली पूर्ण हुँदैन, तर सही नेतृत्वले फरक पार्न सक्छ । अब प्रश्न एउटै छ, के अन्सेलोटीले कमजोर देखिएको ब्राजिललाई फेरि विश्वकप जिताउने स्तरमा पुर्‍याउन सक्लान् ?

ब्राजिलको २६ सदस्यीय टोली

गोलरक्षक: अलिसन बेकर, एडरसन र वेभर्टन ।

डिफेन्डर: एलेक्स सान्द्रो, डानिलो, लिओ पेरेइरा, ब्रेमर, इबानेस, वेस्ली, मारक्विन्योस, गाब्रिएल र डग्लास सान्तोस ।

मिडफिल्डर: ब्रुनो गिमारेइस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो र लुकास पाकेटा ।

फरवार्ड: एन्ड्रिक, गाब्रिएल मार्टिनेली, इगोर थियागो, माटेउस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेइमार र रायन ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस विश्वकपमा ब्राजिलले आफ्नो पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेलेर शुरु गर्दैछ । ब्राजिल समुह सी मा मोरक्को, हैटी र स्कटल्यान्डसँग रहेको छ ।

Read More

मैत्रीपूर्ण खेलमा चिलीविरुद्ध पोर्चुगल विजयी

काठमाडौं । पोर्चुगलले विश्वकप फुटबल अघिको मैत्रीपूर्ण खेलमा चिलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा गोन्कालो गुएडेस र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने चिलीका लागि लुकास केपेडाले एक गोल गरेका थिए । 

यस खेलमा पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलका राफेल लियो र चिलीका इभन रोमानले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।

पोर्चुगलले अब विश्वकप अघि जुन ११ मा नाइजेरियासँग मैत्रीपूर्ण खेल खेल्ने छ भने विश्वकपको पहिलो खेलमा जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने तालिका रहेको छ ।

Read More

ओमानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । नेपालले आज सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलमा ओमानको सामना गर्दैछ ।

यस खेलमा ओमानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । 

त्यस्तै आज दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया खेल्दैछन् । नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।  यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् ।

एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Read More

मैत्रीपूर्ण खेलमा इजिप्टमाथि ब्राजिलको जित

काठमाडौं । ब्राजिलले मैत्रीपूर्ण खेलमा इजिप्टलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले इजिप्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा एनड्रीक र ब्रुनो गुइमारेजएले एक एक गोल गरेका थिए । त्यस्तै इजिप्टका लागि एक गोल मोस्ताफा जिकोले गरेका थिए ।

ब्राजिलले अब विश्वकप अन्तर्गत जुन १४ मा मोरक्कोसँग खेल्ने तालिका रहेको छ । समुह सी मा रहेको ब्राजिलले त्यसपछि जुन २० मा हैटीसँग र जुन २५ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

Read More

एशियन गेम्स छनौटको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । नेपालले आज सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलमा ओमानको सामना गर्दैछ । यो खेल आज बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै आज दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया खेल्दैछन् । नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।  यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् ।  एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

यस प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

Read More

यस विश्वकप फुटबलदेखि लागु हुदैछन् यी नयाँ नियम

काठमाडौं । फुटबलको खेललाई अझ छिटो र व्यवस्थित बनाउन फिफा विश्वकप २०२६ मा खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति रोक्ने नयाँ नियम लागू हुने भएका छन् ।

यी नियमहरू यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डको १४०औँ वार्षिक बैठकमा पारित भएका थिए र अब विश्वकपदेखि स्वतः लागू हुनेछन् ।

नयाँ नियमअनुसार थ्रो–इन र गोल–किकमा ढिलाइ गर्न पाइने छैन । थ्रो–इनका बेला खेलाडीले अनावश्यक समय खेर फालेमा रेफ्रीले पाँच सेकेन्डको उल्टो गणना गर्नेछन् । समयभित्र थ्रो–इन नभएमा निर्णय रद्द गरेर विपक्षी टोलीलाई मौका दिइनेछ । यस्तै, गोल–किकमा पनि ढिलाइ भए पाँच सेकेन्डपछि विपक्षीलाई सिधै कर्नर किक दिने नियम राखिएको छ ।

चोट लागेका खेलाडीको उपचारका लागि पनि समय सीमा तोकिएको छ । मैदानमै फिजियोथेरापिस्टबाट उपचार लिएपछि खेलाडी कम्तीमा एक मिनेट मैदान बाहिर बस्नुपर्नेछ ।

खेलाडी परिवर्तन (सबस्टीट्युसन) का लागि पनि कडा नियम बनाइएको छ । रेफ्रीले संकेत दिएको १० सेकेन्डभित्र मैदानभित्र आउने र बाहिरिने प्रक्रिया पूरा गर्नुपर्नेछ । यदि १० सेकेन्डभित्र परिवर्तन नभएमा सम्बन्धित टोलीले ६० सेकेन्डसम्म एक खेलाडी कम भएर खेल्नुपर्ने व्यवस्था गरिएको छ ।

भिडियो सहायक रेफ्री प्रणालीमा पनि परिवर्तन गरिएको छ । अब गलत तरिकाले दिइएको दोस्रो पहेंलो कार्डबाट भएको रातो कार्डको समीक्षा गर्न सकिनेछ ।

यस्तै, ड्रप बल सम्बन्धी नियम पनि संशोधन गरिएको छ । यदि ड्रप बलपछि खेल रोकिएन भने जसको नियन्त्रणमा बल रहन्छ, त्यसै टोलीलाई बलको अधिकार दिइनेछ । यी सबै नियमको उद्देश्य खेललाई छिटो, पारदर्शी र कम समय बर्बाद हुने बनाउनु रहेको फिफाले जनाएको छ ।

Read More

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । 

नेपाली समय अनुसार यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।

यसअघि नेपालले पहिलो खेलमा आज कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गरेको थियो । 

त्यस्तै हङकङले पहिलो खेलमा भुटानलाई १४ रनले र दोस्रो खेलमा कतारलाई ८३ रनले पराजित गरेको थियो । नेपाल र हङकङ दुवैले २-२ खेलमा जित हासिल गरेर क्वाटरफाइनलमा पुगिसकेका छन् र यस खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

१८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् ।  एसीसी प्रिमियर कपमा समुह ए मा थाइल्याण्ड, म्यान्मार, जापान, बहराइन र मंगोलिया रहेका छन् ।  त्यस्तै समुह बी मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् भने समुह सी मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् । त्यस्तै समुह डी मा नेपाल, हङकङ चाइना, भुटान र कतार रहेका छन् ।

Read More