२०८३ कार्तिक १०

महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्समा तेस्रो स्थानको लागि चीनसँग खेल्दै नेपाल

काठमाडौँ । नेपाल महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्समा तेस्रो स्थानका लागि आज चीनसँग खेल्दैछ ।

यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

शनिबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । आजको खेलमा जित हासिल गर्ने देश जापानमा हुने एशियन गेम्समा छनौट हुने छ ।

त्यस्तै चीन थाइल्याण्डसँग सेमिफाइनलमा पराजित भएको थियो । यसअघि समुह चरणमा नेपालले चीनलाई पराजित गरेको थियो ।

त्यसैगरी फाइनलमा मलेसिया र थाइल्याण्ड खेल्दैछन् । फाइनल खेल विहान ११: ४५ बजेदेखि शरू हुने छ ।

Read More

एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायर्सको पहिलो खेलमा आज नेपाल र चीन खेल्दै

काठमाडौँ । नेपालले आज सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सको पहिलो खेल खेल्दैछ । नेपालले आज चीनसँग आफ्नो पहिलो खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् । प्रतियोगितामा नेपालले आज चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।

टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Read More

लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लट बर्खास्त

काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटलाई बर्खास्त गरेको छ ।

यस सिजनमा क्लबले खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक स्लटलाई क्लबले तत्काल प्रभावबाट लागु हुने गरि बर्खास्त गरेको जानकारी दिएको छ । क्लबले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया शुरु भएको जानकारी दिदै आफ्नो नाममा प्रिमियर लिग उपाधि र क्लबसँग गहिरो कृतज्ञता र प्रशंसाका साथ स्लट बिदा भएको उल्लेख गरेको छ ।

नेदरल्याण्डसका ४७ बर्षिय स्लट २०२४ को जुन १ मा लिभरपुलको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा लिभरपुलले खेलेका ११३ खेल मध्ये ६६ खेल जितेको थियो भने २८ खेलमा हार र १९ खेल बराबरी खेलेको थियो ।

उनले लिभरपुललाई २०२४-२५ सिजनको प्रिमियर लिगको उपाधि जिताएका थिए भने सोहि सिजनमा इएफएल कपको उपविजेता बनाएका थिए ।

Read More

थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट

काठमाडौँ । फाइनलमा पुगेसँगै थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट भएको छ ।

थाइल्याण्डले आज सेमिफाइनलमा चीनलाई ८४ रनले पराजित गरेर फाइनलमा पुगेसँगै जापानमा हुने एशियन गेम्समा छनौट भएको हो ।

थाइल्याण्डले दिएको १३८ रनको लक्ष्य पछाएको चीनले १९.५ ओभरमा अल आउट हुदै ५३ रन बनाएको थियो । यसअघि थाइल्याण्डले २० ओभरमा ३ विकेट गुमाउदै १३७ रन बनाएको थियो ।

अब दोस्रो सेमिफाइनलमा केहीबेरमा नेपाल र मलेसिया खेल्दैछन् । यस खेलको विजेता पनि एशियन गेम्समा छनौट हुने छ भने पराजित हुने देश तेस्रो स्थानका लागि चीनसँग खेल्ने छ ।

यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।

Read More

एशियन गेम्स महिला क्रिकेट क्वालिफायर्सको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्सको सेमिफाइनल खेल खेल्दैछ । नेपालले सेमिफाइनलमा आज मलेसियाको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपाल समुह बी मा दुवै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने मलेसिया समुह ए मा एक खेल जितेर सेमिफाइनलमा पुगेको हो । 

यसअघि पहिलो सेमिफाइनल खेल चीन र थाइल्याण्डबीच बिहान ७: १५ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

Read More

राजस्थानलाई हराउदै गुजरात टाइटन्स आइपिएलको फाइनलमा

काठमाडौँ । गुजरात टाइटन्स जारी आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । 

राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए भने साइ सुदर्शनले ५८ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै २१४ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले ९६ रन बनाए भने रविन्द्र जडेजाले ४५ र डोनोभान फरेराले ३८ रन बनाएका थिए ।

यो जितपछि गुजरात फाइनलमा पुगेको छ र अब उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलुरुसँग आइतबार खेल्ने छ । त्यस्तै हारसँगै राजस्थान रोयल्स भने बाहिरिएको छ ।

Read More

काभ महिला भलिबल: तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको हो ।

यस खेलमा नेपालले सुरुका दुई सेटमा हार बेहोरेपछि खेलमा तेस्रो सेट जितेर खेलमा कमब्याक गरेको थियो ।

तर चौथो सेटमा भारतसँग  पराजित भएपछि नेपाल ३-१ ले पराजित भएको थियो । भारतले यस खेलमा २५-२२, २५-२३, १५-२५ र २५-२२ ले खेल जितेको छ । योसँगै भारत प्रतियोगितामा तेस्रो भएको छ भने नेपाल चौथो भएको छ । 

प्रतियोगिता अब फाइनल खेल आजै केहीबेरमा इरान र काजकिस्तानबीच हुदैछ ।   

Read More

आइपिएलको दोस्रो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै

काठमाडौँ । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । 

मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । दोस्रो क्वालिफायरको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमको यस सिजनको आइपिएल यात्रा समाप्त हुने छ ।

लिग चरणमा राजस्थानले अहमदाबादमा भएको अवे खेल जितेको थियो भने गुजरातले जयपुरमा त्यसको बदला लिएको थियो । 

गुजरात पहिलो क्वालिफायरमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग ९२ रनले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । उता राजस्थानले इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।

यस सिजन नयाँ चण्डीगढमा भएका पाँच खेलमा पहिलो इनिङ्सको औसत योग २२० रन रहेको छ । २२३ रनको लक्ष्य समेत सहज रूपमा पछ्याइएको छ । तर नकआउट चरणको दबाबपूर्ण खेल भएकाले टस जितेर पहिले ब्याटिङ गर्नु फाइदाजनक हुन सक्ने अनुमान गरिएको छ ।

गुजरात टाइटन्स टोलीमा साई सुदर्शन, शुभमन गिल (कप्तान), जोस बटलर, वासिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राशिद खान, अर्शद खान, कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा रहेका छन् । राहुल तेवतियालाई प्रभाव खेलाडीका रूपमा राखिएको छ । त्यस्तै राजस्थान रोयल्स टोलीमा यशस्वी जैसवाल, वैभव सूर्यवंशी, ध्रुव जुरेल, रियान पराग (कप्तान), डोनोभान फरेरा, दासुन शनाका, रविन्द्र जडेजा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, बृजेश शर्मा र यशराज पुञ्जा रहेका छन् ।

खेलअघि दुवै टोली उपाधिनजिक पुग्ने लक्ष्यसहित मैदानमा उत्रिने भएकाले प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ

Read More

काभा महिला भलिबलको तेस्रो स्थानको खेलमा नेपाल र भारत खेल्दै

काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुदैछ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेलमा इरान र काजकिस्तान खेल्दैछन् । फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने छ ।

इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुदैछ । यो खेल दिउसो १ बजे हुनेछ ।

Read More

मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा

काठमाडौँ । लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ । प्रशिक्षक लियोनल स्कालोनीले मेसीको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

३८ वर्षीय मेसीले कतारमा भएको अघिल्लो विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो पटक विश्वविजेता बनाएका थिए । उनले हालसम्म विश्वकपमा २६ खेल खेलेका छन्, जुन कुनै पनि खेलाडीले खेलेको सबैभन्दा धेरै खेलको कीर्तिमान हो ।

यसपटक मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छैटौँ विश्वकप खेल्ने तयारीमा छन् । यी दुई खेलाडी पुरुष फुटबलमा छ वटा विश्वकप खेल्ने दुर्लभ सूचीमा रहनेछन् ।

अर्जेन्टिनाको टोलीमा एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेज पनि समावेश छन् । उनले सन् २०२२ को विश्वकपमा उत्कृष्ट गोलरक्षकको पुरस्कार जितेका थिए । यस्तै म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज र टोटेनहमका क्रिस्टियन रोमेरो पनि टोलीमा रहेका छन् ।

लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र चेल्सीका एन्जो फर्नान्डेजसहित प्रिमियर लिग खेल्ने पाँच खेलाडी अर्जेन्टिनाको टोलीमा रहेका छन् । आगामी विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा परेको छ । उसले पहिलो खेल क्यान्सस सिटीमा अल्जेरियाविरुद्ध खेल्नेछ । त्यसपछि डलासमा अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

अर्जेन्टिनाको विश्वकप टोलीः

गोलरक्षकः हुआन मुस्सो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज ।

डिफेन्डरः लियोनार्दो बालेर्दी, निकोलस टालियाफिको, गोन्जालो मोन्टिएल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना ।

मिडफिल्डरः लिएन्ड्रो परेडेस, रोड्रिगो डे पाउल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पालासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज ।

फरवार्डः जुलियन अल्भारेज, लियोनेल मेसी, निकोलस गोन्जालेज, थियागो आल्माडा, जुलियानो सिमियोने, निको पाज, होसे मानुएल लोपेज, लाउतारो मार्टिनेज ।

Read More