२०८३ कार्तिक १०

नेइमार तीन साता खेल्न नसक्ने, विश्वकपको पहिलो खेल गुमाउने

काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो ।

चोटका कारण नेइमारले विश्वकपअघि हुने मैत्रीपूर्ण खेलहरू गुमाउने निश्चित भएको छ । साथै मोरक्कोविरुद्धको विश्वकप उद्घाटन खेलसमेत उनले गुमाएका छन् । ब्राजिलको राष्ट्रिय टिमका डाक्टर रोड्रिगो लासमारले नेइमारको चोटबारे जानकारी दिएका छन् । उनका अनुसार नेइमार टिमको प्रशिक्षण शिविरमा पुगेपछि विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो । उनले भने- ‘उनले यहाँ आएपछि सबै स्वास्थ्य परीक्षण गरियो । त्यसपछि गरिएको एमआरआई परीक्षणमा पिँडुलाको मांसपेशीमा दोस्रो स्तरको चोट देखियो। यो सामान्य सुन्निने समस्या मात्रै होइन ।’

चोटका कारण नेइमारले पानामाविरुद्ध आइतबार हुने मैत्रीपूर्ण खेल र जुन ६ मा इजिप्टसँग हुने अर्को अभ्यास खेल गुमाउने भएका छन् । ब्राजिलले विश्वकपको पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेल्ने तालिका छ। उक्त खेल हुन अब १६ दिन बाँकी रहेको छ । 

ब्राजिलले विश्वकप अघि जुन १ मा पानामासँग र जुन ७ मा इजिप्टसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यस्तै विश्वकपमा समुह सि मा रहेको ब्राजिलले पहिलो खेल जुन १४ मा मोरक्कोसँग, जुन २० मा हैटीसँग र जुन २५ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Read More

नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा इरानसँग पराजित

काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ ।

विहिबार काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा इरानले नेपालले सोझो सेटमा पराजित गरेको हो ।

इरानले नेपाललाई २५-२०, २५-१५ र २५- ११ को सोझो सेटमा पराजित गरेको थियो ।

यो जितपछि इरानले अब फाइनलमा काजकिस्तानसँग शुक्रबार खेल्ने छ । त्यस्तै नेपालले भने तेस्रो स्थानको लागि शुक्रबार भारतसँग खेल्ने छ ।

Read More

रोड टु यूएफसी सिजन-५ को सेमिफाइनलमा पुगे फाइटर रविन्द्र ढाँट

काठमाडौँ । एमएमए फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी सिजन-५ को बेन्टमवेट तौलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनले फिलिपिनी प्रतिद्वन्द्वी किम्बर्टलाई दोस्रो राउन्डमै पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । उनले १०-१ ले  किम्बर्टलाई पराजित गरेका थिए । 

Read More

विश्वकप खेल्ने इरानी फुटबल टिमलाई अमेरिकाको बहुप्रवेश भिसा उपलब्ध गराउन माग

काठमाडौँ । ईरान फुटबल महासंघले फिफा समक्ष सन् २०२६ मा हुने विश्वकपका लागि आफ्ना खेलाडी तथा टोलीलाई अमेरिकाको बहुप्रवेश भिसा उपलब्ध गराउन माग गरेको छ।

महासंघले अमेरिकी भिसा नियमका कारण टोलीको यात्रा प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै फिफाले आवश्यक समन्वय गर्नुपर्ने जनाएको छ ।

ईरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले टोलीलाई यस्तो भिसा व्यवस्था मिलाइदिन फिफासँग अपेक्षा गरिएको बताएका छन् । उनका अनुसार खेलाडीहरूले अमेरिकामा प्रवेश गरेर पुनः मेक्सिको फर्कन सक्ने व्यवस्था आवश्यक छ ।

यसअघि ईरानी टोलीले विश्वकपका क्रममा आफ्नो बेस क्याम्प अमेरिकाको एरिजोना राज्यको टक्सन शहरमा राख्ने योजना बनाएको थियो । तर पछि त्यो योजना परिवर्तन गरी मेक्सिकोको तिजुआना शहरमा सारिएको छ ।

मेहदी ताजले यसअघि नै अमेरिकी भिसासँग सम्बन्धित जटिलताबाट बच्न चाहेको बताउँदै टोलीलाई ईरान एयरको उडानमार्फत सीधै मेक्सिको पठाउने प्रयास भइरहेको जानकारी दिएका थिए ।

Read More

भारतलाई हराउदै काजकिस्तान काभा महिला भलिबलको फाइनलमा

काठमाडौँ । भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । 

बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा काजकिस्तानले भारतलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । काजकिस्तानले २५-२१, २५-१७ र २५-१४ ले जित हासिल गरेको थियो ।

अब काजकिस्तानले उपाधिका लागि नेपाल र इरानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । भारतले भने तेस्रो स्थानको लागि शुक्रबार खेल्नेछ ।

Read More

नेपाल एशियन गेम्सको क्रिकेटतर्फको महिला क्वालिफायर्सको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्सको सेमिफाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको ।

इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले ४२ रन बनाएकी थिइन् भने सोनी पाख्रिनले २९ रन, कबिता कुवरले १४ र सिता राना मगरले १३ रन बनाएकी थिइन् ।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाकी कप्तान नि पुटु आयु नन्दा सकारिनीले ५६ रन बनाएकी थिइन् भने रत्ना देवीले २३ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ तथा रिया शर्माले एक विकेट लिएकी थिइन् ।

अब नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्याण्ड र चीन खेल्ने छन् । 

यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।  

Read More

इङल्याण्डका फरवार्ड गार्डन बार्सिलोनामा

काठमाडौँ । बार्सिलोना र न्यूक्यासल युनाइटेडबीच एन्थोनी गोर्डनको विषयमा ट्रान्सफर सम्झौता भएको छ ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले इङ्ग्ल्यान्डका फरवार्ड गोर्डनलाई भित्र्याउन करिब ७० मिलियन युरो (झन्डै ८१.४ मिलियन डलर) को शुल्कसहित अतिरिक्त बोनससमेत हुने गरी सहमति जनाएको छ। २५ वर्षीय गोर्डनलाई लिन बायर्न म्युनिख र लिभरपुलले पनि चासो देखाएका थिए तर अन्ततः बार्सिलोना नै उनको प्रमुख गन्तव्य बनेको हो । 

न्यूक्यासलले उनलाई छोड्न त्यति सहज रूपमा नचाहे पनि बार्सिलोनाको प्रस्ताव आर्थिक रूपमा आकर्षक देखिएपछि क्लब पुनर्निर्माणका लागि सहमत हुन बाध्य भएको बताइएको छ।

बायर्न म्युनिखले अन्तिम चरणसम्म प्रयास गरेको भए पनि बार्सिलोनाले विश्वकप अघि नै सम्झौता टुंग्याउने चाहना देखाएको थियो । यसअघि बार्सिलोनाले लामो समयदेखि निको विलियम्सलाई भित्र्याउने प्रयास गरेको थियो तर उनी एथ्लेटिक क्लबमै बसेपछि क्लबले पछि मार्कस रासफोर्डलाई म्यानचेस्टर युनाइटेडबाट ऋणमा अनुबन्ध गरेको थियो । बार्सिलोनाको चासो पहिलो पटक मे महिनामा सार्वजनिक भएको थियो, जब गोर्डनका एजेन्ट एडम डगडेलले क्लबका खेलकुद निर्देशक डेकोसँग भेट गरेका थिए । डेको हाल लन्डनमा विभिन्न सम्भावित खेलाडीका प्रतिनिधिसँग छलफल गरिरहेको बताइएको छ ।

यस सिजन च्याम्पियन्स लिगमा गोर्डनको प्रदर्शन निकै प्रभावशाली रह्यो । उनले १२ खेलमा १० गोल गरेका थिए र न्यूक्यासललाई अन्तिम १६ सम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, जहाँ उनीहरू बार्सिलोनासँग नै पराजित भएका थिए । 

बार्सिलोनाले यसैबीच नयाँ स्ट्राइकरको खोजी पनि गरिरहेको छ, किनभने रोबर्ट लेवान्डोस्कीले अर्को महिना क्लब छोड्ने घोषणा गरिसकेका छन् । क्लबले गोर्डनको सम्भावित आगमन स्ट्राइकर खोजसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको बताइएको छ। एथ्लेटिको मड्रिडका जुलियन अल्भारेज र चेल्सीका जोआओ पेड्रोलाई पनि विकल्पका रूपमा हेरिएको छ ।

त्यस्तै बार्सिलोनामा मार्कस रासफोर्डको भविष्य पनि अझै अनिश्चित रहेको छ । उनी ऋण अवधि सकिएपछि युनाइटेड फर्कनेछन्, यद्यपि बार्सिलोनासँग उनलाई स्थायी रूपमा राख्ने विकल्प अझै खुला छ । तर त्यसका लागि तलब संरचना र बजेट व्यवस्थापन प्रमुख चुनौती देखिएको छ । पछिल्ला वर्षमा क्लबको आर्थिक स्थिति सुधार हुँदै गए पनि नयाँ खेलाडी दर्ता गर्न अन्य खेलाडी बिक्री आवश्यक पर्न सक्ने संकेत गरिएको छ। मैदानमा भने हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोना पछिल्ला दुई सिजनमा उत्कृष्ट लयमा छ र लगातार ला लिगा उपाधि जितेको छ ।

Read More

एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य

काठमाडौँ । एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गत इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो । इन्डोनेसियाकी कप्तान नि पुटु आयु नन्दा सकारिनीले ५६ रन बनाएकी थिइन् भने रत्ना देवीले २३ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ तथा रिया शर्माले एक विकेट लिएकी थिइन् ।

Read More

आफ्नो रेकर्ड तोडेपछि क्रिस गेलले सुर्यबंशीलाई भने- नयाँ सिक्स मेसिन !

काठमाडौँ । वेस्ट इन्डिजका महान् ब्याट्सम्यान क्रिस गेलले भारतीय युवा खेलाडी वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको खुलेर प्रशंसा गरेका छन् । उनले सनराइजर्स हैदराबादविरुद्धको खेलपछि सूर्यवंशीलाई ‘नयाँ सिक्स मेसिन’ को संज्ञा दिएका हुन् ।

क्रिस गेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- ‘वैभव शानदार खेलाडी हुन् । यो युवा खेलाडीले उत्कृष्ट मनोरञ्जन दिए । नयाँ सिक्स मेसिन ।’

वैभव सूर्यवंशीले जारी आइपिएलमा क्रिस गेलको महत्वपूर्ण कीर्तिमान तोडेका छन् । उनले यस सिजन अहिलेसम्म ६५ छक्का प्रहार गरिसकेका छन् । यससँगै उनले आइपिएलको एक सिजनमा सर्बाधिक छक्काको यसअघि गेलको नाममा रहेको रेकर्ड तोडेका हुन् । गेलले २०१२ को आइपिएलमा ५९ छक्का प्रहार गरेर यो रेकर्ड बनाएका थिए ।

त्यस्तै, आइपिएलको एक इनिङमा १० वा सोभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमानमा पनि सूर्यवंशीले गेलको बराबरी गरेका छन् । अब दुवैले चार–चार पटक एकै इनिङमा १० भन्दा बढी छक्का प्रहार गरेका छन् ।

यस सिजनमा सुर्यबंशीले १५ खेलमा ६८० रन बनाएर सर्बाधिक रन बनाउने सुचिमा शिर्ष स्थानमा छन् ।

Read More

सुर्यबंशीले तोडे आइपिएलमा क्रिस गेलको किर्तिमान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दा सबैको ध्यान १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि केन्द्रित रह्यो । बिहारका विस्फोटक ब्याटर सूर्यवंशीले यस खेलमा कीर्तिमानी प्रदर्शन गर्दै टी–२० क्रिकेटका महान् ब्याटर क्रिस गेलको ऐतिहासिक कीर्तिमान तोडेका छन् ।

हैदराबादविरुद्ध आक्रामक ब्याटिङ गरेका सूर्यवंशी एकै संस्करणमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यसअघि क्रिस गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए । सूर्यवंशीले त्यस कीर्तिमानलाई पछि पार्दै नयाँ इतिहास रचे । उनले यस खेलमा १२ छक्का प्रहार गर्दै कुल ६५ छक्का प्रहार गरेर नयाँ किर्तिमान बनाएका छन् ।

त्यस्तै २०१९ सिजनमा आन्द्रे रसेलले ५२ छक्का प्रहार गरेका थिए भने क्रिस गेलले नै २०१३ मा ५१ छक्का प्रहार गरेका थिए । त्यसैगरी जोस बटलरले २०२२ मा ४५ छक्का प्रहार गरेका थिए ।

त्यसैगरी सुर्यबंशीले यस खेलमा १६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । यससँगै सूर्यवंशी इन्डियन प्रिमियर लिगमा २० बलभन्दा कममा सर्वाधिक पटक अर्धशतक बनाउने संयुक्त दोस्रो ब्याटर बनेका छन् । उनले निकोलस पुरनको बराबरी गरेका हुन् । दुवैले पाँच–पाँच पटक २० बलभन्दा कममा अर्धशतक पूरा गरेका छन् । यस सूचीको शीर्ष स्थानमा हैदराबादका ओपनर अभिषेक शर्मा छन्, जसले छ पटक यस्तो उपलब्धि हासिल गरेका छन् ।

१५ वर्षीय सूर्यवंशी पावरप्लेभित्र सर्वाधिक पटक ५० भन्दा बढी रन बनाउने दोस्रो ब्याटर पनि बने । उनले पाँचौँ पटक पहिलो ६ ओभरभित्र ५० भन्दा बढी रन बनाएका हुन् । यस क्रममा उनले ट्राभिस हेडलाई पछि पारे, जसले चार पटक यस्तो प्रदर्शन गरेका थिए । यस सूचीको शीर्ष स्थानमा डेविड वार्नर रहेका छन् । उनले छ पटक पावरप्लेमा ५० भन्दा बढी रन बनाएका छन् ।

सनराइजर्स हैदराबादविरुद्धको इलिमिनेटर खेलमा सूर्यवंशी ऐतिहासिक उपलब्धिबाट भने एक बलले चुके । उनले क्रिस गेलको सबैभन्दा छिटो शतकको कीर्तिमान तोड्ने अवसर गुमाए । प्रफुल्ल हिंगेको बलमा क्याच आउट भएपछि उनी शतक बनाउन असफल भए ।

आइपिएलमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान क्रिस गेलकै नाममा छ । उनले ३० बलमा शतक पूरा गरेका थिए । सूर्यवंशी त्यस कीर्तिमान तोड्न निकै नजिक पुगेका थिए । तर, २९ बलमा पाँच चौका र १२ छक्काको सहयोगमा ९७ रन बनाएर उनी पेभेलियन फर्किए । उनको स्ट्राइक रेट ३३४.४८ रहेको थियो ।

यस खेलमा सूर्यवंशीले अर्को ठूलो उपलब्धिसमेत हासिल गरे । उनी इन्डियन प्रिमियर लिगको नकआउट वा प्लेअफ खेलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने संयुक्त पहिलो ब्याटर बने । उनले सुरेश रैनाको बराबरी गरेका हुन् । दुवैले १६ बलमा अर्धशतक पूरा गरेका छन् ।

Read More