२०८३ कार्तिक १०

एशियन गेम्स क्वालिफायर्समा आज नेपाली महिला क्रिकेट टिम इन्डोनेसियासँग खेल्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्स क्वालिफायर्स अन्तर्गत इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगितामा नेपालको पहिलो खेलमा चीनलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने इन्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो । नेपालले आजको खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।  

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

Read More

काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दै

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दैछ ।

यो खेल साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हालमा हुदैछ । यसअघि आजै दिउसो साढे २ बजेदेखि पहिलो सेमिफाइनल खेल भारत र काजकिस्तानबीच हुदैछ ।

समुह चरणमा पुल ए मा रहेको नेपालले २ खेल जितेर ७ अंकसहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो भने इरानले पुल बी मा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो । 

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको थिए ।

यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्

Read More

सनराइजर्सलाई हराउदै राजस्थान रोयल्स आइपिएलको दोस्रो क्वालिफायरमा

काठमाडौँ । राजस्थान रोयल्स जारी आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो ।

राजस्थान रोयल्सले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.२ ओभरमा अल आउट हुदै १९६ रन बनाएको थियो ।

सनराइजर्सका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ र इशान किशनले ३३ र शिभांग कुमारले २७ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिएका थिए भने नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले २९ बलमा ९७ रन बनाएका थिए । उनले आफ्नो इनिंगमा १२ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै ध्रुव जुरेलले २१ बलमा ५० रन बनाएका थिए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका थिए ।

अब राजस्थानले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ । यस खेलको विजेताले आइतबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्ने छ ।

Read More

नेदरल्याण्ड्सको विश्वकप फुटबल खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । नेदरल्याण्ड्सले विश्वकप फुटबलका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी अनुभवी रक्षक भर्जिल भान डाइकले गर्ने भएका छन् ।

मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले पछिल्लो समय चोटको समस्यामा रहेका केही महत्वपूर्ण खेलाडीलाई पनि टोलीमा समावेश गरेका छन् । ह्यामस्ट्रिङ समस्याबाट पुनरागमन गरेका मेम्फिस डिपे टोलीमा अटाएका छन् भने फिटनेसबारे आशंका रहे पनि जुरियन टिम्बरले पनि स्थान बनाएका छन् ।

यद्यपि अप्रिलमा घुँडाको गम्भीर चोट बोकेका जाभी सिमोन्स टोलीमा परेनन् । त्यस्तै लिभरपुलका डिफेन्डर जेरेमी फ्रिम्पोङलाई टोलीबाहिर राखिएको निर्णयलाई आश्चर्यका रूपमा हेरिएको छ । नेदरल्याण्ड्सको टोलीमा फ्रेन्की डे योङ, कोडी गाक्पो, रायन ग्राभेनबेर्ख र टिजानी राइन्डर्सजस्ता स्टार खेलाडी समावेश छन् ।

नेदरल्याण्ड्सले समूह ‘एफ’ अन्तर्गत जुन १४ मा जापानविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि टोलीले स्विडेन र ट्युनिसियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

नेदरल्याण्ड्सको टोली :

गोलकिपर: मार्क फ्लेकेन, रोबिन रोफ्स र बार्ट भेर्ब्रुगेन ।

डिफेन्डर: नाथन आके, डेन्जेल डुम्फ्रिस, जोरेल हातो, जुरियन टिम्बर, मिकी भान डे भेन, भर्जिल भान डाइक, जान पाउल भान हेके र माट्स विफर ।

मिडफिल्डर: फ्रेन्की डे योङ, मार्टेन डे रुन, रायन ग्राभेनबेर्ख, जस्टिन क्लुइभर्ट, ट्युन कुपमाइनर्स, टिजानी राइन्डर्स, गुस टिल र क्विन्टेन टिम्बर ।

फरवार्ड: ब्रायन ब्रोबे, मेम्फिस डिपे, कोडी गाक्पो, नोआ ल्याङ, डोनियल मालेन, क्राइसेन्सियो समरभिल र  वाउट वेघोर्स्ट ।

Read More

मोरक्कोको विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद वाहबीले सन् २०२६ को फिफा विश्वकप फुटबलका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा पेरिस सेन्ट जर्मेनका स्टार डिफेन्डर अचराफ हाकिमी र रियल मड्रिडका ब्राहिम डियाज प्रमुख आकर्षण बनेका छन् ।

तर २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको टोलीका महत्वपूर्ण स्ट्राइकर युसेफ एन नेसिरी भने यसपटक टोलीमा परेका छैनन् । त्यस्तै हाकिम जियाच, सोफियान बुफाल, जवाद एल यामिक र अचराफ दारी पनि बाहिरिएका छन् ।

प्रशिक्षक वाहबीले पहिलोपटक फ्रान्स यू–२१ बाट खेलिसकेका तर मोरक्कोका लागि नयाँ खेलाडी आयुब बुआदीलाई टोलीमा समावेश गरेका छन् । लिल क्लबका ६ फिट १ इन्चका मिडफिल्डर बुआदीलाई पछिल्लो समय उत्कृष्ट प्रदर्शनपछि अवसर दिइएको हो ।

बुआदीका कारण इम्रान लाउजा, उसामा तर्गालिन र मोहम्मद राबिए हरिमात जस्ता खेलाडी टोली बाहिर परेका छन् ।

युसेफ एन नेसिरी र हाकिम जियाच दुवै मोरक्कोको सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष खेलाडीमध्ये पर्छन् । एन नेसिरीले यस सिजनको अफ्रिका कप अफ नेसन्सका सबै खेल खेलेका थिए र २०२२ विश्वकपमा पोर्चुगलविरुद्धको सेमिफाइनलमा निर्णायक गोल गरेका थिए । तर यसपटक उनी टोलीबाट बाहिरिएका छन् । 

मोरक्कोले समूह चरणमा जुन १३ मा ब्राजिलसँग खेल्दै अभियान सुरु गर्नेछ । त्यसपछि जुन १९ मा स्कटल्यान्डसँग र जुन २४ मा हैटीसँग खेल्ने तालिका छ ।

मोरक्को विश्वकप खेल्ने टिम: 

गोलकिपर: यासिन बोनो (अल हिलाल), मुनिर एल काजुई (बेरकान), अहमद रिडा ताग्नौती (असफार)

डिफेन्डर: नायफ अगेर्ड (मार्से), युसेफ बेलामारी (अल अहली), इस्सा डिओप (फुलहाम), जकारिया एल वाहदी (गेन्क), अचराफ हाकिमी (पेरिस सेन्ट जर्मेन), रेडोअन हलहल (केभी मेखेलेन), नुसैर मजराउई (म्यानचेस्टर युनाइटेड), चादी रियाद (क्रिस्टल प्यालेस), अनास सलाह–एद्दिन (पीएसभी, रोमाबाट लोनमा)

मिडफिल्डर: सोफियान अम्राबात (रियल बेटिस), आयुब बुआदी (लिल), नील एल अयनाउई (रोमा), बिलाल एल खान्नुस (स्टुटगार्ट), समिर एल मोराबेत (स्ट्रासबुर्ग), अज्जेदिन उनाही (जिरोना), इस्माइल साबिरी (पीएसभी)

फरवार्ड: आयुब अमाइमौनी (आइनट्राख्ट फ्रान्कफुर्ट), ब्राहिम डियाज (रियल मड्रिड), आयुब एल काबी (ओलम्पियाकोस), अब्दे एज्जाल्जुली (रियल बेटिस), यासिन गेसीम (स्ट्रासबुर्ग), सौफियान रहिमी (अल ऐन), चेम्सदिन ताल्बी (सन्डरल्यान्ड)

Read More

एशियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमको विजयी शुरुवात

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एशियन गेम्स क्वालिफायर्समा विजयी शुरुवात गरेको छ ।

बुधबार सम्पन्न खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

नेपालले दिएको १२६ रनको लक्ष्य पछाएको चीनले २० ओभरमा ५ विकेट गुमाउदै १०६ रन बनाएको थियो । यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो । 

यस प्रतियोगितामा नेपालको पहिलो खेल हो र जितसँगै शुरुवात गरेको छ । चीनले भने पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी शुरुवात गरेकोमा दोस्रो खेलमा हार बेहोरेको छ ।

अब नेपालले अर्को खेल विहिबार इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।

Read More

एशियन गेम्स क्वालिफायर्स: नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एशियन गेम्स क्वालिफायर्स अन्तर्गतको खेलमा चीनलाई १२६ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको हो । नेपालका लागि पुजा महतोले सर्बाधिक ६३ रन बनाएकी थिइन् भने सोनी पाख्रिनले १८ र रुबी पोदारले २५ रन बनाएकी थिइन् ।

त्यसैगरी चिनियाँ बलर मा रुइकेले २ विकेट लिएकी थिइन् भने वांग हुइइंग र लि जियापिंगले एक एक विकेट लिएका थिए ।

यस प्रतियोगितामा नेपालको पहिलो खेल हो भने चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ ।

Read More

विश्वकप फुटबल खेल्ने आयोजक अमेरिकाको टिम घोषणा

काठमाडौँ । फिफा फुटबल विश्वकपको आयोजक समेत रहेको अमेरिकाको विश्वकप टिमको घोषणा गरिएको छ ।

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेट्टीनोले विश्वकप फुटबल खेल्ने अमेरिकाको २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।  सार्वजनिक गरिएको टिममा क्रिस्टियन पुलिसिक, टायलर एडम्स र वेस्टन म्याकेनी मुख्य खेलाडीका रूपमा रहेका छन् ।

घोषित टोलीमा सन् २०२२ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको अमेरिकी टोलीका १३ खेलाडी समावेश छन् भने बाँकी १३ खेलाडीले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन् । पहिलोपटक विश्वकप टोलीमा परेका खेलाडीमध्ये रिकार्डो पेपी, क्रिस रिचर्ड्स र माइल्स रोबिन्सन प्रमुख छन् । पेपी सन् २०२२ को टोलीमा अन्तिम समयमा परेका थिएनन् भने रिचर्ड्स र रोबिन्सन चोटका कारण टोली बाहिर रहेका थिए । टोली घोषणा गरेपछि पोचेट्टीनले केही निर्णय निकै कठिन र पीडादायी रहेको बताएका छन् ।

अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर सन् १९९४ पछि पहिलोपटक विश्वकपको सहआयोजना गर्दैछ । समूह डी मा रहेको अमेरिकाले पहिलो खेलमा जुन १२ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जुन १९ मा  अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ । समूह चरणको अन्तिम खेल जुन २५ मा टर्किविरुद्ध हुनेछ । विश्वकपअघि अमेरिकाले अभ्यास खेलमा सेनेगल र जर्मनीसँग खेल्नेछ ।

अमेरिकी टोली: 

गोलकिपर: क्रिस ब्रेडी, म्याट फ्रिज र म्याट टर्नर ।

डिफेन्डर: म्याक्स आर्फ्स्टेन, सर्जिन्यो डेस्ट, एलेक्स फ्रिम्यान, मार्क म्याकेन्जी, टिम रिम, क्रिस रिचर्ड्स, एन्टोनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्काली र अस्टन ट्रष्टी ।

मिडफिल्डर: टायलर एडम्स, सेबास्टियन बेरहाल्टर, वेस्टन म्याकेनी, क्रिस्टियन रोल्डन, ब्रेन्डन आरोनसन, क्रिस्टियन पुलिसिक, जियो रेना, मालिक टिलम्यान, टिम वेआ र एलेजान्द्रो जेन्डेजास ।

फरवार्ड : फोलारिन बालोगुन, रिकार्डो पेपी र हाजी राइट ।

Read More

आइपिएलको इलिमिनेटरमा आज सनराइजर्स र राजस्थान भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ ।

इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल चण्डीगढस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुल्लानपुरमा हुनेछ ।

प्याट कमिन्सको कप्तानीमा सनराइजर्स हैदराबादले उत्कृष्ट प्रदर्शन गर्दै लिग चरण तेस्रो स्थानमा समाप्त गरेको थियो । प्रतियोगिताभर टोलीले आक्रामक ब्याटिङमार्फत विपक्षी बलिङ आक्रमणमाथि लगातार दबाब बनाएको थियो ।

यता राजस्थान रोयल्सले अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै चौथो स्थान सुरक्षित गरेको थियो । मध्य सिजनमा कमजोर अवस्थामा पुगे पनि टोलीले पुनरागमन गर्दै समयमै लय समातेको मानिएको छ ।

यस सिजन लिग चरणमा यी दुई टोलीबीच दुई खेल भएका थिए र दुवैमा सनराइजर्स हैदराबाद विजयी भएको थियो ।

अप्रिल १३ मा हैदराबादमा भएको पहिलो खेलमा सनराइजर्सले राजस्थानलाई ५७ रनले पराजित गरेको थियो । त्यस खेलमा प्रफुल हिङ्गेको अनुशासित बलिङले राजस्थानलाई लक्ष्य पछ्याउने क्रममा दबाबमा राखेको थियो । त्यस्तै अप्रिल २५ मा जयपुरस्थित सवाई मानसिंह रंगशालामा भएको दोस्रो खेल भने प्रतिस्पर्धात्मक बनेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले किशोर खेलाडी वैभव सूर्यवंशीको शानदार शतकको मद्दतमा प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । उनले १०३ रन बनाएका थिए । तर सनराइजर्सले उक्त लक्ष्य पाँच विकेट बाँकी रहँदै सहज रूपमा पूरा गर्दै राजस्थानमाथि लगातार दोस्रो जित निकालेको थियो ।

आजको विजेताले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाइटन्ससँग खेल्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । त्यस्तै यस सिजनको फाइनल खेल आगामी आइतबार हुदैछ ।

Read More

एशियन गेम्स क्वालिफायर्समा आज नेपाली महिला क्रिकेट टिमले चीनसँग खेल्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्स क्वालिफायर्स अन्तर्गत चीनसँग खेल्ने तालिका रहेको छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगितामा नेपालको पहिलो खेल हो भने चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

Read More