२०८३ कार्तिक १०

गुजरातलाई हराउदै रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रो पटक आइपिएलको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न पहिलो क्वालिफायरमा बैंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

बैंगलुरुले दिएको विशाल २५५ रनको लक्ष्य पछाएको गुजरातले १९.३ ओभरमा अल आउट हुदै १६२ रन मात्र बनाएको थियो । गुजरातका लागि राहुल तेवातियाले सर्बाधिक ६८ रन बनाए भने जोस बटलरले २९ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर ज्याकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पाण्डेयले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरूले २० ओभरमा ५ विकेट गुमाउदै २५४ रन बनाएको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले अविजित ९३ रन बनाएका थिए भने विराट कोहली र क्रुनाल पाण्डेयले ४३-४३ रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले ३०, वेंकटेस अय्यरले १९ र जितेश शर्माले १५ रन बनाएका थिए । गुजरातका बलर कागीसो रबाडा र जासन होल्डरले २-२ विकेट लिएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा पुगेको छ भने गुजरातले अब दोस्रो क्वालिफायरखेल्न पाउने छ । गुजरातले अब दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच आज हुने इलिमिनेटरको विजेतासँग खेल्ने छ ।

दोस्रो क्वालिफायर खेल शुक्रबार हुने छ भने यस सिजनको फाइनल खेल आइतबार हुने तालिका छ ।

Read More

कोलम्बियाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा

काठमाडौं । कोलम्बियाको विश्वकप फुटबल खेल्ने २६ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ । 

कोलम्बिया समूह के मा रहेको छ । समूह चरणमा उसले मेक्सिको सिटीमा उज्बेकिस्तान, ग्वादालाहारामा कङ्गो लोकतान्त्रिक गणतन्त्र र मियामीमा पोर्चुगलसँग खेल्नेछ ।

कोलम्बियाले दक्षिण अमेरिकी छनोटमा १८ खेलबाट २८ अंक जोड्दै तेस्रो स्थान हासिल गर्दै विश्वकपमा स्थान बनाएको हो । छनोट चरणमा जेम्स रोड्रिगेज र लुइस डियाजले महत्वपूर्ण भूमिका खेलेका थिए । गोल अन्तरका आधारमा कोलम्बिया उरुग्वे र ब्राजिलभन्दा माथि रहँदै सफल भएको हो । 

कोलम्बियाको टिम: 

गोलरक्षक: क्यामिलो भार्गास, डेभिड ओस्पिना र अल्भारो मोन्टेरो ।

डिफेन्डर: जोहान मोहिका, डेइभर माचाडो, ड्यानियल मुन्योस, सान्तियागो आरियास, डेविन्सन सान्चेज, जोन लुकुमी, येरी मीना र विल्लेर डिटा ।

मिडफिल्डर: जेफर्सन लेर्मा, रिचार्ड रियोस, केभिन कास्टान्यो, होर्गे कारास्काल, जेम्स रोड्रिगेज, हुआन फर्नान्डो क्विन्तेरो, गुस्ताभो पुर्ता, हुआन क्यामिलो पोर्तिल्ला, जोन आरियास र हामिल्टन काम्पाज

फरवार्ड: कार्लोस आन्द्रेस गोमेज, लुइस स्वारेज, जोन कोर्डोबा, हुआन क्यामिलो हेर्नान्देज र लुइस डियाज ।

Read More

साफ महिला च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध भारतको ११ गोल

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिपमा भारतले माल्दिभ्सविरुद्ध गोलको बर्षा गरेको छ ।

भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा गएराती सम्पन्न खेलमा भारतले माल्दिभ्सविरुद्ध ११ गोल गर्दै ११-० ले जितेको हो ।

भारत समुह बी मा रहेको छ । यसअघि सोमबार नै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको छ । खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

Read More

स्पेनको विश्वकप खेल्ने टिमको घोषणा, रियल म्याड्रिडका कुनै खेलाडी परेनन्

काठमाडौँ । स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले आगामी विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा युवा खेलाडी लामिन यमल समावेश हुँदा रियल म्याड्रिडका कुनै पनि खेलाडीले स्थान पाएका छैनन् ।

सन् २०२२ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्पेनले त्यसपछि युरोपियन च्याम्पियनसिप २०२४ जित्दै पुनः बलियो टोलीका रूपमा आफूलाई स्थापित गरेको थियो । यसपटकको विश्वकप जित्ने दाबेदार टोलीमध्ये स्पेनलाई पनि एक मानिएको छ । स्पेनले जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । समूह चरणमा उसले साउदी अरेबिया र उरुग्वेको पनि सामना गर्नेछ ।

प्रशिक्षक दे ला फुएन्तेले लामिन यमल, निको विलियम्स र मिकेल मेरिनोको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित नरहेको बताएका छन् । उनले यी तीनै खेलाडी प्रतियोगिताको पहिलो खेलका लागि तयार हुनेमा आफू विश्वस्त रहेको बताए ।

म्याड्रिडमा आयोजित कार्यक्रममा उनले गोलरक्षकतर्फ एथलेटिक क्लबका उनाइ सिमोन, आर्सनलका डाभिड राय र बार्सिलोनाका जोआन गार्सियालाई टोलीमा समावेश गरेका छन्  ।

रक्षापङ्क्तिमा मार्क कुकुरेला, आलेहान्द्रो ग्रिमाल्दो, पाउ कुबार्सी, आयमेरिक लापोर्ते, मार्क पुबिल, एरिक गार्सिया, मार्कोस योरेन्ते र पेड्रो पोरोले स्थान पाए ।

त्यस्तै मिडफिल्डरमा पेड्री, फाबियान रुइज, मार्टिन जुबिमेन्डी, गाभी, रोड्री, आलेक्स बाएना र मिकेल मेरिनोलाई समेटिएको छ ।

त्यसैगरी फरवार्डमा मिकेल ओयारजाबाल, डानी ओल्मो, निको विलियम्स, येरेमी पिनो, फेरान टोरेस, बोर्जा इग्लेसियास, भिक्टर मुनोज र लामिन यमललाई टोलीमा राखिएको छ ।

डिन हुइसेन र डानी कार्भाजालसँगै एट्लेटिको म्याड्रिडका रोबिन ले नोर्मान्ड पनि टोलीमा अटाउन सकेनन् । बार्सिलोनाका फेर्मिन लोपेज खुट्टाको हड्डी भाँचिएपछि टोलीबाट बाहिरिएका हुन् ।

खेलाडी छनोटबारे प्रशिक्षक दे ला फुएन्तेले टोलीको आवश्यकता र विपक्षीको शैलीलाई ध्यानमा राखेर अन्तिम टोली चयन गरिएको बताए । उनले खेलाडी कुन क्लबबाट खेल्छ भन्ने आधारमा नभई टोलीको आवश्यकता अनुसार छनोट गरिएको स्पष्ट पारेका छन् ।

स्पेनले विश्वकपअघि जुन ४ मा आफ्नै मैदान आ कोरुनामा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जुन ८ मा मेक्सिकोको पुएब्लामा पेरुसँग अर्को अभ्यास खेल खेल्ने तालिका छ ।

Read More

आइपिएलको पहिलो क्वालिफायरमा आज बैंगलुरु र गुजरात आमने सामने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच आज फाइनल प्रवेशका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ र दोस्रो उपाधितर्फको यात्रा नजिक बनाउनेछ ।

रोयल च्यालेन्जर्स बेंगलुरु गत सिजनको उपाधिपछि लगातार राम्रो लयमा देखिएको छ । उसले लगातार दोस्रो उपाधि जित्ने तीन क्लबमध्ये एक बन्ने अवसर पाएको छ । उता गुजरात टाइटन्स भने छोटो समयमै लगातार उत्कृष्ट प्रदर्शन गर्दै चौथो सिजनमै अर्को उपाधि जित्ने लक्ष्यमा छ ।

दुवै टोलीबीच यस सिजन भएका भेटमा बराबरी प्रतिस्पर्धा देखिएको छ । एक खेलमा बेंगलुरुले जित निकालेको थियो भने अर्को खेलमा गुजरातले उत्कृष्ट रनचेज गर्दै जवाफ फर्काएको थियो । दुवै टोलीले आ–आफ्नो घरेलु मैदानमा जित निकालेकाले धर्मशालामा हुने यो तटस्थ खेलमा कुनै स्पष्ट फाइदा छैन ।

धर्मशालास्थित एचपीसीए मैदान ब्याटिङमैत्री मानिन्छ । यहाँ उच्च स्कोरको सम्भावना रहने भएकाले गुजरातले आफ्नो बलियो शीर्षक्रमको ब्याटिङमा भरोसा गर्नेछ भने बेंगलुरुले आफ्नो अनुशासित बलिङमार्फत खेल नियन्त्रण गर्ने योजना बनाएको छ ।

बेंगलुरुका लागि विराट कोहलीले यस सिजनमा ५५७ रनसहित प्रमुख आधार बनेका छन् । देवदत्त पडिक्कल आक्रामक लयमा छन् भने बलिङमा भुवनेश्वर कुमारले २४ विकेटसहित राम्रो प्रदर्शन गरेका छन् ।

गुजराततर्फ कप्तान शुभमन गिल र साई सुदर्शनले ओपनिङमा बलियो साझेदारी बनाइरहेका छन् । जोस बटलर तेस्रो नम्बरमा भरपर्दा देखिएका छन् भने जेसन होल्डरले अलराउन्डरका रूपमा टोलीलाई सन्तुलन दिएका छन् ।

धर्मशालाको मैदान करिब १ हजार ५ सय मिटर उचाइमा रहेकाले यहाँ बल छिटो बाउन्ड्री बाहिर जाने र ब्याटिङ सहज हुने गर्छ । साँघुरा बाउन्ड्री र हल्का हावाका कारण ठूला स्कोर बन्ने सम्भावना बढी हुन्छ । सुरुवातमा बलरले केही स्विङ पाउन सक्छन् भने पछि ड्युका कारण बल नियन्त्रण गर्न कठिन हुने गर्छ।

यी दुई टोलीबीचको इतिहास पनि निकै रोचक छ। अहिलेसम्मका ८ भेटमा दुवैले ४–४ खेल जितेका छन्। उच्चतम स्कोर पनि लगभग बराबरी छ—बेंगलुरुले २०६ र गुजरातले २०५ रन बनाएको छ, जसले प्रतिस्पर्धा कति नजिक छ भन्ने देखाउँछ ।

यस खेलमा बेंगलुरुको सम्भावित टोलीमा विराट कोहली, फिल साल्ट, देवदत्त पडिक्कल, राजत पाटीदार (कप्तान), जितेश शर्मा (विकेटकिपर), क्रुनाल पाण्ड्या, रोमारियो शेफर्ड, भुवनेश्वर कुमार, जोश हेजलवुड र सुयश शर्मा रहन सक्ने छन् । त्यस्तै इम्प्याक्ट खेलाडीका रूपमा वेंकटेश ऐयर वा रासिख सलाम दार प्रयोग हुन सक्छन् ।

गुजरात टाइटन्सको सम्भावित टोलीमा साई सुदर्शन, शुभमन गिल (कप्तान), जोस बटलर (विकेटकिपर), वासिङ्टन सुन्दर, जेसन होल्डर, राहुल तेवातिया, राशिद खान, कागिसो रबाडा, अर्शद खान, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा रहनेछन् । त्यस्तै इम्प्याक्ट खेलाडीका रूपमा निशान्त सान्डु वा शाहरुख खान प्रयोग हुन सक्नेछ ।  

Read More

इन्टर मियामीको खेलमा मेसी घाइते भएका हुन् ?

काठमाडौँ । इन्टर मायामीको खेलमा खेलको ७२औं मिनेटमा लियोनेल मेसीले मैदान छोडेपछि उनी घाइते भएको अनुमान गरिएको छ ।

अमेरिकन लिग सकर अन्तर्गत फिलाडेल्फिया युनियनविरुद्ध सोमबार बिहान सम्पन्न खेलमा मेसीले ७२औं मिनेटमा मैदान छोडेका थिए । त्यति बेला इन्टर मियामी ४-४ को बराबरीमा रहेको थियो । यो खेल पछि इन्टर मियामीले लुइस स्वरेजको ह्याट्रिकमा ६-४ ले जित्यो । 

खेलका क्रममा मेसीले अचानक मैदान छोडेपछि समर्थकहरू चिन्तित बनेका थिए । खेलको ७२औँ मिनेटमा मेसीले देब्रे खुट्टाको पछाडिको भाग समातेका थिए । त्यसपछि उनले परिवर्तन माग्दै सिधै विश्राम कक्षतर्फ लागेका थिए । सन् २०२६ विश्वकप नजिकिँदै गर्दा उनको अवस्था लिएर चिन्ता बढेको थियो ।

तर खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक होयोसले मेसीलाई चोट नलागेको स्पष्ट पारे । उनका अनुसार उनी केवल अत्यधिक थकाइका कारण बाहिरिएका हुन् । उनले भने- ‘हामीसँग कुनै चोटको जानकारी छैन । उनी साँच्चै थकित थिए, त्यो केवल थकाइ मात्र हो ।’

मांसपेशीमा समस्या भएको हो कि भन्ने प्रश्नमा पनि होयोसले खेलको शारीरिक दबाबका कारण सावधानी अपनाइएको बताए । उनले मैदानको अवस्था पनि कठिन रहेको उल्लेख गर्दै जोखिम नलिइएको स्पष्ट पारे ।

योखेल पछि अब मेसी अर्जेन्टिना राष्ट्रिय टोलीसँग विश्वकप तयारीमा जोडिनेछन् । अर्जेन्टिना आगामी जुन १६ मा अल्जेरियाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्ने तालिकामा छ । यसै कारण कप्तान मेसीको स्वास्थ्य अवस्थालाई प्रशिक्षक टोली र समर्थकहरूले नजिकबाट निगरानी गरिरहेका छन् । प्रशिक्षकको स्पष्टीकरणपछि अहिले समर्थकहरूलाई भने केही राहत भएको छ ।

Read More

ह्यारी केनले दोस्रो पटक जिते युरोपेली गोल्डेन बुट

काठमाडौँ । बायर्न म्युनिखका फरवार्ड ह्यारी केनले युरोपेली गोल्डेन बुट जितेका छन् । उनले सन् २०२५-२६ सिजनमा जर्मन लिगमा ३६ गोल गर्दै प्रतिष्ठित पुरस्कार दोस्रो पटक आफ्नो नाममा पारेका हुन् ।

इङ्ग्ल्यान्डका कप्तान समेत रहेका केनले उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पारे छन् । हालाण्डले २७ गोल गरेका थिए भने रियल मड्रिडका एमबाप्पेले २५ गोलमा सिजन टुङ्ग्याएका थिए ।

केनको गोलक्षमताले बायर्नलाई उपाधि होडमा बलियो बनाएको थियो । टोटेनह्याम छाडेर जर्मनी पुगेपछि उनले जर्मन फुटबलमा सहज रूपमा आफूलाई स्थापित गरेका छन् ।

३२ वर्षीय केनको यो सफलतापछि युरोपेली फुटबलका महान् अग्रपङ्क्तिका खेलाडीमध्ये उनको स्थानबारे फेरि चर्चा सुरु भएको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका उनले आफू विश्व फुटबलका भरपर्दा गोलकर्तामध्ये एक रहेको प्रमाण फेरि दिएका छन् ।

Read More

टोटनह्याम बचेसँगै वेस्टह्याम युनाइटेड रेलिगेसनमा

काठमाडौं । वेस्टह्यामसहित तीन क्लब प्रिमियर लिगबाट रेलिगेसनमा परेका छन् ।

प्रिमियर लिगको अन्तिम खेलमा जितेपनि वेस्ट ह्याम यस सिजनमा रेलिगेसनमा परेको हो । वेस्ट ह्यामले आफ्नो अन्तिम खेलमा लिड्स युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । योसँगै रेलिगेसनको संघारमा रहेको टोटनह्याम भने अन्तिम खेलमा एभर्टनलाई १-० ले पराजित गरेर रेलिगेसनबाट बचेको छ । 

यो जितपछि वेस्ट ह्यामको ३८ खेलमा ३९ अंक भएको छ र १८औं स्थानमा रहेर रेलिगेसनमा परेको छ । पछिल्लो पटक वेस्टह्याम २०१२-१३ देखि लगातार प्रिमियर लिग खेलिरहेको थियो ।  

त्यस्तै यस सिजनमा बर्नली र वोल्भ्स यसअघि नै रेलिगेसन हुने निश्चित भएको थियो । त्यस्तै यस सिजनमा हल सिटी, कोभेन्ट्री सिटी र आईपीस्विच टाउन प्रिमियर लिगमा प्रमोट भएका छन् ।    

Read More

आइपिएलमा कोलकोतामाथि दिल्लीको सान्त्वना जित, यस्तो बन्यो प्लेअफको समीकरण

काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दिल्लीले कोलकोतालाई ४० रनले पराजित गरेको हो । दिल्लीले दिएको २०४ रनको लक्ष्य पछाएको कोलकोताले १८.४ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिख्य रहानेले सर्बाधिक ६३ रन बनाए भने रोभमन पावेलले २९म मनिष पाण्डेले २५ र फिन एलेनले २० रन बनाए । त्यस्तै दिल्लीका बलर लुंगी एनगीडी र कुलदीप यादवले ३-३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै २०३ रन बनाएको थियो । दिल्लीका लागि केएल राहुलले सर्बाधिक ६० रन बनाए भने कप्तान अक्सर पटेलले ३९, डेभिड मिलरले २८, सहिल पटेलले २४ र अभिषेक पोरेलले २२ रन बनाएका थिए ।

यो जितपछि दिल्लीले १४ खेलमा १४ अंकसहित छैटौं स्थानमा रहेर यो सिजनको आइपीएल समाप्त गरेको छ । त्यस्तै कोलकोता १४ खेलमा १३ अंक सहित सातौं स्थानमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

योसँगै यस सिजनको आइपिएलका लिग चरणका खेल सकिएका छन् र अब पहिलो क्वालिफायर्स रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच मंगलबार हुदैछ भने इलिमिनेटर खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच बुधबार हुने तालिका रहेको छ ।

Read More

साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको  सञ्चालन हुदैछ ।  यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा  गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् ।  मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।

Read More