२०८३ कार्तिक १०

प्रिमियर लिगमा उक्लियो हल सिटी

काठमाडौँ । हल सिटी इंग्लिस प्रिमियर लिगमा उक्लिएको छ। शनिबार वेम्ब्ली रंगशालामा भएको च्याम्पियनसिप प्लेअफको फाइनलमा मिडल्सब्रोलाई १–० ले हराउँदै हल सिटी शीर्ष डिभिजनमा पुगेको हो।

खेलको इन्जुरी समयमा ओली म्याकबर्नीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। उनले थपिएको समयको पाँचौं मिनेटमा गरेको गोल नै खेलको एकमात्र गोल बन्यो। यससँगै हल सिटीले कभेन्ट्री सिटी र इप्सविच टाउनसँगै आगामी सिजन प्रिमियर लिगमा खेल्ने पक्का गरेको छ।

प्लेअफअघि इंग्लिस फुटबलमा जासुसी विवादले ठूलो चर्चा पाएको थियो। सेमिफाइनल जितेको साउथह्याम्पटनलाई प्रतिद्वन्द्वीमाथि अवैध निगरानी गरेको आरोपमा फाइनलबाट हटाइएको थियो । त्यसपछि हल सिटीले मिडल्सब्रोसँग उपाधि भिडन्त खेलेको हो । च्याम्पियनसिपमा छैटौं स्थानमा रहेर प्लेअफ जित्दै प्रिमियर लिग पुग्ने हल सिटी सन् २०१० पछि पहिलो टोली बनेको छ। टोलीले प्लेअफभर कुनै गोल पनि खाएन ।

जितपछि प्रशिक्षक सर्गेई याकिरोभिचले टोलीको संघर्ष र धैर्यका कारण सफलता सम्भव भएको बताए। निर्णायक गोलकर्ता म्याकबर्नीले टोलीले एउटा अवसर पाउने विश्वास राखेको र त्यही अवसरलाई गोलमा परिणत गरेको प्रतिक्रिया दिए ।

हल सिटी २०१६-१७ सिजनपछि प्रिमियर लिगमा फर्किएको छ । त्यस्तै यस सिजनमा कोभेन्ट्री सिटी र आईपीस्विच टाउन प्रिमियर लिगमा प्रमोट भएका छन् ।  

त्यस्ता यससिजनमा वोल्भ्स र बर्नली प्रिमियर लिगबाट रेलिगेट भइसकेको छ भने रेलिगेट हुने तेस्रो टिमको टुंगो आज राति हुने लिगको अन्तिम खेलबाट लाग्ने छ ।

Read More

इयू टी-२० बेल्जियममा गुलशन र इशान खेल्ने

काठमाडौँ । आगामी जुन ६ देखि १४ सम्म बेल्जियममा हुने इयू टी-२० बेल्जियममा नेपालका गुलशन झा र इशान पाण्डे खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार झा र पाण्डेजेबी बर्गेजबाट प्रतियोगितामा सहभागी हुने भएका छन् ।

यस प्रतियोगितामा नेपालका आसिफ सेख, लोकेस बम, रोहित पौडेल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, सन्दीप लामिछाने पनि छनौट भएको भए पनि नेपालले सिंगापुरमा जुन ९ सम्म एशियन गेम्स क्वालिफायर्स खेल्नुपर्ने भएपछि नेपालबाट झा र पाण्डेले सहभागिता जनाउने भएका छन् ।

Read More

सिंगापुरमा हुने एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्रको कप्तानीमा टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरेको छ ।

क्यानले दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् ।

प्रतियोगितामा नेपालले ३१ मे मा चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।

टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Read More

आइपिएलको यस सिजनका लिग चरणका अन्तिम दुई खेल आज हुदै

काठमाडौँ । जारी आइपिएल आज लिग चरणका अन्तिम दुई खेल हुदैछन् ।

आज पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच मुम्बईको वानखडे स्टेडियममा हुदैछ । दिउसो ३: ४५ बजेदेखि हुने यस खेलमा राजस्थान जित्नै पर्ने अवस्थामा छ भने मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

राजस्थानले यस खेलमा जित हासिल गरेमा प्लेअफमा पुग्ने चौथो टिम बन्ने छ । तर राजस्थानले हार बेहोरेमा भने हाल चौथो स्थानमा रहेको पञ्जाव किंग्स र आजै हुने अर्को खेलमा कोलकोताले जित हसिल गरेर प्लेअफमा जाने अवसर बन्ने छ ।

त्यस्तै आज दोस्रो खेलमा कोलकोता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । राती ७: ४५ बजेदेखि शुरु हुने यो खेल दिल्लीका लागि प्लेअफको दौडबाट बाहिरिएकाले औपचारिकता मात्र हुने छ ।

यस सिजनमा रोयल च्यालेन्जर्स बैंगलुरु शिर्ष स्थानमा र गुजरात टाइटन्स दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेका छन् र दुवै पहिलो क्वालिफायर्स खेल्ने निश्चित भएको छ । दुवै मंगलबार पहिलो क्वालिफायर्समा आमने सामने हुने छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको सनराइजर्स हैदरावाद प्लेअफमा पुग्ने चौथो टिमसँग इलिमिनेटर खेल्ने छ ।

Read More

एम्बाप्पेको स्पेनिस ला लिगामा लगातार दोस्रो बर्ष धेरै गोल, जिते पिचिची ट्रफी

काठमाडौँ । रियल म्याड्रिडका किलीयन एम्बाप्पेले स्पेनिस ला लिगाको लगातार दोस्रो सिजन लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । योसंगै एम्बाप्पेले प्रतिष्ठित पिचिची ट्रफी जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

फ्रेन्च फरवार्ड एमबाप्पेले यस सिजन ३१ खेलमा २५ गोल गरेका छन् । उनले सर्वाधिक गोलकर्ताको सूचीमा मुरिकीको २३ तथा बुडिमिरको १७ गोललाई पछि पारेका हुन् ।

रियल म्याड्रिडबाट दुई सिजन खेलिसकेका एमबाप्पेले ला लिगामा ६५ खेल खेल्दै ५६ गोल गरिसकेका छन् । लगातार दुई वर्ष पिचिची ट्रफी जित्ने उपलब्धि हासिल गर्ने उनी रियल म्याड्रिडका महान खेलाडीहरूको सूचीमा समावेश भएका छन् ।

यसअघि अल्फ्रेडो डी स्टेफानो, फेरेन्स पुस्कास, अमान्सियो, हुगो साञ्चेज र क्रिस्टियानो रोनाल्डोले मात्रै रियल म्याड्रिडबाट लगातार दुई पटक पिचिची ट्रफी जितेका थिए । 

Read More

लखनउलाई हराउदै पञ्जावको आइपिएल प्लेअफको सम्भावना कायमै

काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको पञ्जावले १८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले १०१ रनको शतकीय पारी खेलेका थिए भने प्रभसिमरन सिंहले ६९ रन बनाएका थिए । त्यस्तै लखनउका बलर मोहमद शामीले २ र अर्जुन तेन्दुलकरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।

 लखनउका लागि जोश इङलिशले सर्बाधिक ७२ रन बनाए भने आयुष बदानीले ४३, अब्दुल समादले ३७ र कप्तान ऋषव पन्तले २६ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर युजवेन्द्र चहल र मार्को जानसेनले २-२ विकेट लिएका थिए ।

यो जितपछि पञ्जावको प्लेअफको सम्भावना कायम रहेको छ । पञ्जाको १४ खेलमा १५ अंक भएको छ र चौथो स्थानमा रहेको छ । अब पञ्जावको प्लेअफको तय आज हुने खेलको नतिजाबाट हुने छ ।

त्यस्तै यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको लखनउले भने यस सिजनका १४ खेलमा १० खेलमा हार बेहोरेको छ ।

Read More

काभा भलिबलमा आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुदैछन् ।

आज पहिलो खेल अपराहन्न १२ बजे पुल बी का इरान र श्रीलंकाबीच खेल हुदै छ । त्यस्तै दोस्रो खेल पुल बी का बंगलादेश र काजकिस्तानबीच दिउसो साढे २ बजेदेखि खेल हुदैछ ।

त्यस्तै तेस्रो खेल पुल ए का नेपाल र माल्दिभ्सबीच साँझ ५ बजेदेखि खेल हुने तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा किर्गिस्तानमाथि जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्सले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । माल्दिभ्सले किर्गिस्तान र भारत दुवैसँग सोझो सेटमा पराजय बेहोरेको थियो । नेपाल सेमिफाइनलमा पुग्न आज माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने भएको छ ।

जेठ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

Read More

रोनाल्डोलाई पछि पार्दै फेलिक्स बने साउदी प्रो लिगको उत्कृष्ट खेलाडी

काठमाडौँ । साउदी प्रो लिगको यस सिजनको उत्कृष्ट खेलाडीको अवार्ड जोआओ फेलिक्सले जितेका छन् । उनले आफ्नै क्लब अल नासरका स्टार तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् ।

अवार्ड घोषणा हुनुभन्दा एक दिनअघि मात्रै फेलिक्स र रोनाल्डो दुवैले अल नासरलाई साउदी प्रो लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

रोनाल्डोले डामाकविरुद्ध ४–१ को जितमा दुई गोल गर्दै टोलीलाई उपाधि सुनिश्चित गरेका थिए । यस सिजनमा ४१ वर्षीय रोनाल्डोले कुल २८ गोल गरेका छन् ।

यता जोआओ फेलिक्सले यस सिजनमा २० गोल गर्नुका साथै १३ असिस्ट पनि गरेका थिए, जुन लिगकै सर्वाधिक असिस्ट हो । यही प्रदर्शनका कारण उनी सिजनकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा उनले कोलम्बियाका जुलियन क्विनोनेस र इंग्ल्यान्डका इभान टोनीलाई पछि पारेका थिए ।

चेल्सीबाट करिब ३० मिलियन युरोमा अल नासर आएका फेलिक्सको यो साउदी लिगको पहिलो सिजन हो । उनले दुई वर्षको सम्झौतामा क्लबमा आवद्ध भएका थिए । अवार्डपछि उनले आफूले आफ्नै स्थानमा खेल्न पाउँदा आत्मविश्वास बढेको र प्रशिक्षकको विश्वासले राम्रो प्रदर्शन गर्न सकेको बताएका छन् ।

उता अल नासरका प्रशिक्षक जोर्जे जेसुस पनि यस सिजनको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनले टोलीलाई उपाधिसम्म पुर्‍याएपछि पद छोड्ने घोषणा गरेका छन् । जेसुसले रोनाल्डोका लागि यो उपाधि विशेष रहेको बताएका छन्, किनकि साउदी अरेबियामा आएपछि उनले पहिलो पटक ठूलो उपाधि जितेका हुन् । उनले आफूले रोनाल्डोलाई च्याम्पियन बनाउन मद्दत गर्ने उद्देश्यले मात्रै यो जिम्मेवारी लिएको र अब आफ्नो यात्रा यहीँ समाप्त हुने बताएका छन् ।

Read More

क्यारिक बने म्यानचेस्टर युनाइटेडका स्थायी प्रशिक्षक

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले माइकल क्यारिकलाई स्थायी प्रशिक्षक बनाएको छ । क्लबले औपचारिक रुपमा क्यारिकलाई स्थायी जिम्मेवारी दिएको घोषणा गरेको हो ।

अन्तरिम प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेपछि टोलीलाई च्याम्पियन्स लिगमा पुनः पुर्‍याउन सफल भएका क्यारिकले क्लबको नयाँ नेतृत्वलाई प्रभावित पारेका थिए । यही प्रदर्शनका आधारमा उनलाई दीर्घकालीन परियोजनाको उपयुक्त व्यक्ति मानिएको हो ।

म्यानचेस्टर युनाइटेडले क्यारिकसँग दुई बर्षको सम्झौता गरेको घोषणा गरेको छ । यस अनुसार उनी २०२८ को जुनसम्म क्लबमा रहने छन् ।  

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी समेत रहेका ४४ बर्षिय क्यारिकले गत जनवरी १३ देखि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि १६ खेलमा ११ खेल जिताएर क्लबलाई प्रिमियर लिगमा तेस्रो स्थानमा पुर्याएका थिए ।

उनले आफु २० बर्षअघि क्लबमा आउदादेखि नै म्यानचेस्टर युनाइटेडको जादु आफुले महसुस गरेको र आज क्लबको नेतृत्व गर्ने जिम्मेवारी पाउदा आफुलाई गर्व रहेको बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएसँगै अब क्यारिकले क्लबको आउदो सिजनमा खेलाडी भित्र्याउने रणनीति बनाउन शुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Read More

सनराइजर्ससँग हारका बाबजुत बैंगलुरु आइपिएलको शिर्ष स्थानमै

काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ५५ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २५६ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाउदै २०० रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २५५ रन बनाएको थियो ।

यस खेलको नतिजाले अंक तालिकामा भने कुनै फरक परेको छन् । जितका बाबजुत सनराइजर्स हैदरावाद १४ खेलमा १८ अंकसहित तेस्रो हुदै लिग चरण समाप्त गरेको छ ।

हारपछि पनि बैंगलुरु १४ खेलमा १८ अंकसहित शिर्ष स्थानमा कायम रहदै प्लेअफमा पुगेको छ । त्यस्तै १४ खेलमा १८ अंक नै रहेको गुजरात दोस्रो हुने निश्चित भएको छ ।

अब बैंगलुरु र गुजरातबीच पहिलो क्वालिफायर्स खेल हुने छ ।

Read More