२०८३ कार्तिक १०

इङल्याण्डको विश्वकप फुटबल खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । इङल्याण्डको फिफा विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ ।

प्रशिक्षक थोमस तुचेलले कोल पाल्मर, फिल फोडेन, ह्यारी म्यागुरे, ट्रेन्ट अलेजान्डर आर्नोल्ड जस्ता खेलाडीलाई बाहिर राख्दै २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

इङल्याण्डको विश्वकप टिम:  

गोलरक्षकः जोर्डन पिकफोर्ड (एभर्टन), डीन हेन्डरसन (क्रिस्टल प्यालेस) र जेम्स ट्राफोर्ड (म्यानचेस्टर सिटी) ।

डिफेन्डर: रीच जेम्स (चेल्सी), टिनो लिभरामेन्टो (न्यु क्यासल), मार्क गुएही (म्यानचेस्टर सिटी), एज्री कोन्सा (एस्टन भिल्ला), जोन स्टोन्स (म्यानचेस्टर सिटी), जारेल क्वान्सा (बायर लेभरकुसेन), निको ओ’राइली (म्यानचेस्टर सिटी), ड्यान बर्न (न्यु क्यासल) र  जेड स्पेन्स (टोटनह्याम) ।

मिडफिल्डर: डेक्लान राइस (आर्सनल), इलियट एन्डरसन (नोटिङ्घम फरेस्ट), जुड बेलिङ्घम (रियल मड्रिड), जोर्डन हेन्डरसन (ब्रेन्टफोर्ड), मोर्गन रोजर्स (एस्टन भिल्ला), कोबी मेनु (म्यानचेस्टर युनाइटेड) र एबेरेची एजे (आर्सनल) ।

फरवार्ड: ह्यारी केन (बायर्न म्युनिख), इभान टोनी (अल अहली), ओली वाटकिन्स (एस्टन भिल्ला), बुकायो साका (आर्सनल), नोनी मादुके (आर्सनल), मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेड) र एन्थोनी गोर्डन (न्यु क्यासल) ।

विश्वकपमा इङल्याण्ड समुह एल मा क्रोसिया, घाना र पानामासँग रहेको छ । विश्वकपमा इङल्याण्डले पहिलो खेल जुन १७ मा क्रोसियासँग, जुन २३ मा घानासँग र जुन २७ मा पानामासँग खेल्ने तालिका रहेको छ ।

Read More

नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

काठमाडौँ । नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको हो ।

यो टियु क्रिकेट मैदानमा नेपालले अहिलेसम्म बनाएको सर्बाधिक ठुलो रन हो ।

नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाएका थिए । उनको यस सिरिजमा लगातार दोस्रो अर्धशतक हो । तेस्रो एकदिवसीय खेल खेलिरहेका इशानले दुई अर्धशतक बनाएर नेपालको मिडल अर्डरलाई बलियो बनाएका छन् ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ४६, आसिफ सेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५, सोमपाल कामीले ५ र आरिफ सेखले अविजित १८ रन बनाएका थिए ।

त्यसैगरी अमेरिकाका बलर शुभम रन्जानेले ३ विकेट लिएका थिए भने रुशील उग्राकर र मिलिन्द कुमारले एक एक विकेट लिएका थिए ।

Read More

नेपाली महिला क्रिकेट टिमको मलेसियाविरुद्ध लगातार दोस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० खेल पनि जितेको छ । शुक्रबार सम्पन्न दोस्रो टी- २० मा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ८३ रनको लक्ष्य पछाएको नेपालले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १९ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । 

यसअघि बुधबार सम्पन्न पहिलो खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।

नेपालले अब मे २५ देखि एशियन गेम्स क्वालिफायर्स अन्तर्गतका खेल खेल्दैछ भने जुन ३ देखि एसीसी वुमन्स प्रिमियर कप खेल्दैछ ।

Read More

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले आज खेलाडीमा कुनै परिवर्तन गरेको छैन ।  आज रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र सोमपाल कामी रहेका छन् ।

यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २२ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ । 

त्यस्तै अमेरिका भने अहिलेसम्म २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

Read More

नर्वेको विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौँ । नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुने विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् ।

नर्वे सन् १९९८ मा फ्रान्समा भएको विश्वकपपछि पहिलो पटक पुनः विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा फर्किएको हो । समूह ‘आई’ मा रहेको नर्वेले फ्रान्स, इराक र सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ ।

टोलीमा म्यानचेस्टर सिटीका स्टार फरवार्ड इर्लिङ हालान्ड र आर्सनलका कप्तान तथा मिडफिल्डर मार्टिन ओडेगार्ड मुख्य आकर्षण बनेका छन् । हालान्डसँगै आक्रमण पङ्क्तिमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर अलेक्जेन्डर सोरलोथ पनि रहेका छन् ।

त्यस्तै, विङ्गर एन्टोनियो नुसा र लगातार अवसर सिर्जना गर्ने जुलियन रियर्सनको उपस्थितिले नर्वेको आक्रमण थप बलियो बनेको छ । प्रशिक्षक सोलबाकेनले फ्रान्स, इराक र सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्न सक्ने सन्तुलित टोली तयार पारेका छन् ।

विश्वकप टोलीमा स्थान बनाउन नसक्ने खेलाडीमध्ये २१ वर्षीय बोलोनियाका रक्षक एइभिन्ड हेलान्ड र टुलुजका मिडफिल्डर आरोन डोनम रहेका छन् । यी दुवैले युरोपेली छनोट चरणमा नर्वेको सफल यात्रामा योगदान दिएका थिए ।

नर्वेको विश्वकप टोली

गोलरक्षक : ओर्जान हास्कयोल्ड न्यालान्ड, एगिल सेल्भिक र सान्डर ताङ्भिक ।

डिफेन्डर: क्रिस्टोफर भासबाक आजेर, फ्रेड्रिक ब्योर्कान, हेनरिक फाल्चेनर, सोन्ड्रे लाङ्गास, टोर्ब्योर्न हेग्गेम, मार्कस होल्मग्रेन पेडर्सेन, जुलियन रियर्सन, डेभिड मोलर वोल्फे र लियो ओस्टिगार्ड ।

मिडफिल्डर: थेलोनियस आसगार्ड, फ्रेड्रिक आउर्सनेस, प्याट्रिक बेर्ग, सान्डर बेर्गे, ओस्कार बोब, येन्स पेट्टर हाउगे, एन्टोनियो नुसा, आन्द्रेयास स्केल्डेरुप, मोर्टेन थोर्स्बी, क्रिस्टियन थोर्स्टभेट र मार्टिन ओडेगार्ड ।

फरवार्ड : इर्लिङ हालान्ड, योर्गेन स्ट्रान्ड लार्सेन र अलेक्जेन्डर सोरलोथ ।

Read More

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतको सामना गर्दै

काठमाडौँ । आजदेखि काठमाडौँमा काभा महिला भलिबल च्याम्पियनसिप शुरु हुदैछ । 

जेठ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

नेपालले पहिलो खेल आज भारतसँग खेल्दैछ भने दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्दैछ । आज नेपालले भारतसँग दिउसो ३: ३० बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजेदेखि हुने तालिका छन् ।

यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

Read More

आइपिएलमा चेन्नईमाथि गुजरातको फराकिलो जित

काठमाडौँ ।  गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ८९ रनले पराजित गरेको हो ।   

गुजरातले दिएको २३० रनको लक्ष्य पछाएको चेन्नईले १३.४ ओभरमा अल आउट हुदै १४० रन मात्र बनाएको थियो । चेन्नईका लागि शिभम दुवेले सर्बाधिक ४७ रन बनाए भने माथ्यु शर्टले २४ र कार्तिक शर्माले १९ रन बनाए ।  त्यस्तै गुजरातका बलर मोहमद सिराज, कागीसो रबाडा र रशिद खानले ३-३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २२९ रन बनाएको थियो । 

गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ८४ रन बनाए भने कप्तान शुभमन गिलले ६४ र जोस बटलरले ५७ रन बनाएका थिए । 

यो जितपछि गुजरातले लिग चरणका सबै खेल खेल्दै १४ खेलमा १८ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ ।  गुजरात प्लेअफका लागि छनौट भएको छ र कुन स्थानमा हुन्छ भन्ने अन्य खेलको नतिजापछि तय हुने छ । 

त्यस्तै चेन्नईको यस सिजनको यात्रा भने समाप्त भएको छ ।  चेन्नईले १४ खेलमा ६ जित र ८ हारसहित १२ अंक हासिल गरेर यो सिजन समाप्त गरेको छ । 

Read More

अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले दमाकलाई ४–१ ले हराउँदै साउदी प्रो लिगको उपाधि जितेको छ । सन् २०२३ को जनवरीमा साउदी अरब पुगेपछि रोनाल्डोको यो पहिलो लिग उपाधि हो ।

अल नासरले क्लब इतिहासको ११औँ लिग उपाधि जित्दा रोनाल्डो आबद्ध भएयताको पहिलो सफलता पनि हात पारेको हो । अन्तिम खेलअघिसम्म उपाधि होडमा रहेको अल हिलालभन्दा अल नासर दुई अङ्कले अघि रहँदै च्याम्पियन बनेको हो ।

गत साता अल हिलालसँग १–१ को बराबरी खेल्दा ब्राजिली गोलरक्षक बेन्तोको इन्जुरी समयमा भएको गल्तीका कारण अल नासरले उपाधि पक्का गर्ने अवसर गुमाएको थियो । त्यसपछि टोलीले एसियाली च्याम्पियन्स प्रतियोगिताको फाइनलमा जापानी क्लब गाम्बा ओसाकासँग घरेलु मैदानमै अप्रत्याशित हार बेहोरेको थियो ।

तर प्रशिक्षक होर्जे जिससको टोलीले यसपटक भने दमाकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उपाधि सुनिश्चित गर्‍यो । खेलमा साडियो मानेले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि किङ्स्ले कोमानले दोस्रो हाफ सुरु भएलगत्तै अर्को गोल थपे । रोनाल्डोले थप दुई गोल गर्दै टोलीको जित र उपाधि दुवै पक्का गरे ।

यो सिजन रोनाल्डोको लिगमा २७औँ र २८औँ गोल थियो । उनले साउदी अरबमा तीन सिजन बिताउने क्रममा अल नासरका लागि एक सयभन्दा बढी गोल गरिसकेका छन् ।

खेलको अन्त्यतिर भावुक देखिएका रोनाल्डोलाई खेल सकिन तीन मिनेट बाँकी हुँदा मैदानबाट बाहिर निकालिँदा समर्थकले उभिएर सम्मान गरेका थिए । पाँच पटकका बालोन डिओर विजेता रोनाल्डोले अब पोर्चुगल, इङ्ग्ल्यान्ड, स्पेन, इटाली र साउदी अरबमा घरेलु लिग उपाधि जित्ने कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले अब सन् २०२६ को विश्वकपमा पोर्चुगलका लागि खेल्नेछन् । यो उनको विश्वकपमा छैटौँ सहभागिता हुनेछ । अल नासरबाट उनले यसअघि जितेको अर्को उपाधि सन् २०२३ को अरब क्लब च्याम्पियन्स कप हो । तर उक्त प्रतियोगिता विश्व फुटबल महासङ्घबाट मान्यता प्राप्त उपाधि भने होइन ।

Read More

विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

 जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २२ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ । 

त्यस्तै अमेरिका भने अहिलेसम्म २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ । 

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै अमेरिकी टिममा मोनांक पटेल (कप्तान), जसदीप सिंह (उपकप्तान), आरोन जोन्स, जुआनोइ ड्राइसडाल, आन्द्रिज गोउस (विकेटकिपर), हरमित सिंह, नोसथुस केनजिगे, संजय कृष्णमुर्थी, मिलिन्द कुमार, साइतेजा मुक्कामल्ल्ला, सौरभ नेत्राभल्कर, स्मित पटेल, शयान जहानगिर, शाडलीभान स्कालविक र यासिर मोहमद रहेका छन् ।

Read More

आइपिएलका लिग चरणका अन्तिम खेल आजदेखि, रोचक बन्यो प्लेअफको दौड

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को लिग चरण अन्तिम चरणमा पुगेसँगै प्लेअफको दौड थप रोमाञ्चक बनेको छ ।

अब लिग चरणका केवल ६ खेल बाँकी रहँदा तीन टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु, गुजरात र हैदराबादले प्लेअफ यात्रा तय गरेका हुन् । यता मुम्बई र लखनउ भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब बाँकी रहेको एक स्थानका लागि पाँच टोलीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

एक स्थानका लागि मुख्य रुपमा राजस्थान रोयल्स, पञ्जाव किंग्स, कोलकोता नाइट राइडर्स प्रतिष्पर्धामा रहेका छन् भने प्राविधिक रुपमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स पनि प्लेअफको दौडमा रहेका छन् ।

अब राजस्थानले मे २४ मा हुने बाहिरी मैदानको खेलमा मुम्बईलाई हराए १६ अंकसहित सिधै प्लेअफमा पुग्नेछ र अन्य टिमको सम्भावना सकिने छ । तर मुम्बईसँग राजस्थान पराजित भएमा भने अन्य टिमको प्लेअफको यात्रा खुला रहने छ । यदि राजस्थान अन्तिम खेलमा पराजित भयो भने उसले १४ अंकमै लिग चरण समाप्त गर्नेछ । त्यस अवस्थामा पञ्जाबले लखनउलाई हराए १५ अंकमा पुग्नेछ भने कोलकाताले बाँकी दुवै खेल जिते १५ अंक बनाउनेछ । राजस्थान १४ अंकमै प्लेअफ पुग्न भने अन्य टोलीका नतिजामा भर पर्नुपर्नेछ । त्यसका लागि पञ्जाबले लखनउसँग हार्नुपर्ने, कोलकाताले मुम्बईलाई हराए पनि दिल्लीसँग पराजित हुनुपर्ने तथा चेन्नईले गुजरातसँग हार्नुपर्ने अवस्था रहेको छ ।

नेट रनरेटमा भने राजस्थानलाई फाइदा रहेको बताइएको छ । चेन्नई र दिल्लीको रनरेट राजस्थानभन्दा कमजोर रहेको छ । पञ्जाबले मे २३ मा लखनउसँग खेल्नेछ । उक्त खेल जिते पञ्जाब १५ अंकमा पुग्नेछ । पञ्जाबलाई प्लेअफ पुग्न राजस्थानले अन्तिम खेल हार्नुपर्ने र कोलकाताले बाँकी दुई खेलमध्ये कम्तीमा एक खेल गुमाउनुपर्नेछ । यदि पञ्जाब र कोलकाता दुवैले सबै खेल जिते निर्णय नेट रनरेटबाट हुनेछ ।

कोलकाताले अब दिल्लीसँग खेल्न बाँकी छ । कोलकाताका लागि सबैभन्दा सहज अवस्था भनेको दिल्लीविरुद्ध जित हासिल गर्नु, पञ्जाब लखनउसँग हार्नु तथा राजस्थान अन्तिम खेलमा पराजित हुनु हो । चेन्नईको अवस्था भने कठिन बनेको छ । उसले गुजरातसँगको अन्तिम खेल जिते १४ अंकमा पुग्नेछ । तर प्लेअफ सम्भावना कायम राख्न राजस्थान र पञ्जाब दुवैले हार्नुपर्ने तथा कोलकाताले कम्तीमा एक खेल गुमाउनुपर्नेछ । साथै चेन्नईले ठूलो अन्तरको जित निकाल्नुपर्ने दबाब पनि रहनेछ । गुजरातसँग हार भए चेन्नई लगातार तेस्रो पटक लिग चरणबाटै बाहिरिनेछ ।

दिल्ली भने गणितीय सम्भावनामै सीमित बनेको छ । उसले कोलकाताविरुद्धको अन्तिम खेल जित्नुपर्नेछ । तर नेट रनरेटमा राजस्थानसँग ठूलो अन्तर रहेकाले दिल्लीको सम्भावना लगभग असम्भवजस्तै देखिएको छ ।

यता शीर्ष स्थानको प्रतिस्पर्धा पनि रोचक बनेको छ । गुजरातले मे २१ मा चेन्नईसँग खेल्नेछ भने हैदराबादले मे २२ मा बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ । यदि बेङ्गलुरु र गुजरात दुवैले अन्तिम खेल जिते पहिलो क्वालिफायरमा यी दुई टोली भिड्नेछन् । बेङ्गलुरु र चेन्नई विजयी भए बेङ्गलुरु २० अंकसहित शीर्ष स्थानमा रहनेछ । हैदराबाद र गुजरात दुवै विजयी भए १८ अंकमा तीन टोलीबीच शीर्ष दुईको प्रतिस्पर्धा हुनेछ । हैदराबाद र चेन्नई विजयी भए बेङ्गलुरु र हैदराबाद शीर्ष दुईमा रहने सम्भावना रहनेछ ।

Single Image

Read More