२०८३ कार्तिक १०

एस्टन भिल्ल्लाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौँ । एस्टन भिल्ल्लाले युइएफए युरोपा लिगको उपाधि जितेको छ । गएराती टर्कीको टुप्रास स्टेडियममा सम्पन्न फाइनल खेलमा एस्टन भिल्लाले जर्मनी क्लब एससी फ्रेइबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा योउरी टिएलेमान्स, एमिलिआनो बुएन्डिया र मोर्गन रोजर्सले एक एक गोल गरेका थिए ।

एस्टन भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । अहिलेसम्म युरोपा लिगको उपाधि सबै भन्दा बढी पटक जित्ने क्लब भने सेभिया रहेको छ । सेभियाले ७ पटक उपाधि जितेको छ ।

Read More

आइपिएलमा मुम्बईको अर्को हार, कोलकोताको प्लेअफको आशा जिवितै

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १४८ रनको लक्ष्य पछाएको कोलकोताले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा मनिष पाण्डेले सर्बाधिक ४५ र रोभमन पावेलले ४० रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर कोर्बिन बोचले ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । मुम्बईका लागि कोर्बिन बोचले सर्बाधिक ३२ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले २६ र तिलक बर्माले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर सौरभ दुवे, क्यामरुन ग्रीन र कार्तिक त्यागीले २-२ विकेट लिएका थिए ।

कोलकोताको यो जितपछि प्लेअफको आशा जीवित राखेको छ । कोलकोताको १३ खेलमा १३ अंक भएको छ र हाल छैठौं स्थानमा रहेको छ । अब आफ्नो अन्तिम खेलमा कोलकोताले  सँग खेल्ने छ । त्यस्तै प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको मुम्बईको यो यस सिजनमा नवौं हार हो । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ र नवौं स्थानमा रहेको छ ।    

Read More

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशको क्लीन स्वीप

काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । बंगलादेशले बुधबार सम्पन्न दोस्रो टेस्ट खेलमा पाकिस्तानलाई ७८ रनले पराजित गरेको हो । 

बंगलादेशले दिएको ४३७ रनको लक्ष्य पछाएको पाकिस्तान ३५८ रन बनाएर अल आउट भएपछि बंगलादेशले खेल ७८ रनले खेल जितेको हो ।

यस खेलमा बंगलादेशले पहिलो इनिंगमा २७८ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा २३२ रन बनाएको थियो ।  त्यस्तै बंगलादेशले दोस्रो इनिंगमा ३९० रन बनाएर पाकिस्तानलाई ४३७ रनको लक्ष्य दिएको थियो ।

यस खेलमा पहिलो इनिंगमा १२६ रनको शतकीय पारी र दोस्रो इनिंगमा ६९ रन बनाएका लिटन दास प्लेयर अफ द म्याच बनेका छन् भने सिरीजमा सर्बाधिक २५३ रन बनाएका बंगलादेशका मुशफिकुर रहिम प्लेयर अफ द सिरिज बनेका छन् ।  

यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध २०२४ मा खेलेको दुवै टेस्ट जितेको थियो भने त्यसपछि खेलेको दुवै टेस्ट पनि जितेको छ ।  

Read More

मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टिम २ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको पहिलो टी-२० जितेको छ ।

बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा अल आउट हुदै ६७ रन बनाएको थियो ।

एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने मलेसिया पुगेको नेपाली टिमले मलेसियासँग दुई टी-२० खेलिरहेको छ  । अब दोस्रो खेल शुक्रबार हुने क्यानले जानकारी दिएको छ ।

Read More

चोटका कारण अल्काराज विम्बल्डनबाट बाहिरिए

काठमाडौँ । दुई पटकका विम्बल्डन विजेता कार्लोस अल्काराज चोटका कारण यस वर्षको विम्बल्डन प्रतियोगिताबाट बाहिरिएका छन् । दाहिने हातको नाडीमा समस्या देखिएपछि उनले प्रतियोगिता नखेल्ने निर्णय गरेका हुन् ।

विश्व वरीयताको दोस्रो स्थानमा रहेका अल्कारेजले गत महिना बार्सिलोना प्रतियोगिताको पहिलो चरण खेल्ने क्रममा चोटिल भएका थिए । त्यसपछि उनले फ्रान्स खुला प्रतियोगिताबाट पनि नाम फिर्ता लिएका थिए । उनी उक्त प्रतियोगिताका लगातार दुई संस्करणका साविक विजेता थिए ।

२३ वर्षीय अल्कारेजले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमा सुधार भइरहेको भए पनि अझै प्रतिस्पर्धाका लागि तयार नभएको बताएका छन् । उनले क्वीन्स प्रतियोगिता र विम्बल्डन आफूका लागि विशेष रहेको उल्लेख गर्दै ती प्रतियोगिता गुमाउँदा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

गत वर्षको विम्बल्डनको उपाधि भिडन्तमा अल्कारेज इटालीका जन्निकसिन्नेरसँग पराजित भएका थिए । यस वर्ष उनले अस्ट्रेलियन खुला जित्दै चारवटै प्रमुख उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी बन्ने कीर्तिमान बनाएका थिए ।

चोटका कारण अल्कारेजले घाँसे मैदानको सम्पूर्ण सत्र र अधिकांश माटे मैदानका प्रतियोगिता गुमाउने भएका छन् । विम्बल्डनअघि हुने क्वीन्स प्रतियोगितामा पनि उनी सहभागी हुने तालिकामा थिए ।

अल्कारेज प्रतियोगिताबाट बाहिरिएपछि सिनरको उपाधि सम्भावना थप बलियो बनेको छ । पछिल्ला नौ प्रमुख एकल उपाधिमध्ये अल्कारेज र सिनरले बाँडेर जितेका छन् । त्यसमा अल्कारेजले पाँच उपाधि जितेका छन् ।

नाडीको चोट खेलाडीका लागि निकै संवेदनशील मानिन्छ । समयमै सावधानी नअपनाए खेल जीवनमै असर पर्न सक्ने चिकित्सकहरूको भनाइ छ । अल्कारेजले पनि भविष्यका प्रतियोगितालाई ध्यानमा राख्दै जोखिम नलिने बताएका थिए ।

यसअघि डोमिनिक थिएम र जुआन डेल पोट्रो जस्ता खेलाडीको खेल जीवन पनि नाडीको चोटका कारण प्रभावित भएको थियो । सात पटकका विम्बल्डन विजेता नोभाक जोकोभिचलाई यस पटक उपाधिका बलिया दाबेदारका रूपमा हेरिएको छ ।

Read More

आइपिएलमा लखनउको अर्को हार, राजस्थान ७ विकेटले विजयी

काठमाडौँ । राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।   

लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै यशश्वी जैसवालले ४३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ९६, जोश इङलिशको ६० र कप्तान ऋषव पन्तको ३५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो ।

यो जितपछि राजस्थानको १३ खेलमा १४ अंक भएको छ र प्लेअफको नजिक पुगेको छ । अब राजस्थानले आफ्नो अन्तिम खेल जितेमा प्लेअफमा पुग्ने छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

राजस्थानले अब अर्को खेल आइतबार मुम्बई इण्डियन्सविरुद्ध खेल्दैछ । 

त्यस्तै लखनउको भने यो यस सिजनमा नवौं हार हो । १३ खेलमा केवल ८ अंकसहित लखनउ पुछारमा रहेको छ ।

Read More

विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दै

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजको पहिलो खेलमा स्कटल्याण्डले खेलेका ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले नेपाल र अमेरिकालाई पराजित गरेको थियो भने पछिल्लो खेलमा नेपालसँग पराजित भएको थियो  । त्यस्तै अमेरिकाले भने यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

एकदिवसीय खेलमा अमेरिका र स्कटल्याण्ड अहिलेसम्म ९ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ६ र अमेरिकाले ३ खेल जितेका छन् । 

जारी विश्वकप डिभिजन लिग- २ मा हाल स्कटल्याण्ड ३१ खेलमा ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अमेरिका २६ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस सिरिज अन्तर्गत अब अर्को खेल मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

आर्सनलले २२ वर्षपछि जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौँ । आर्सनलले २२ वर्षपछि पहिलोपटक इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराती म्यानचेस्टर सिटी बर्नमाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले एक खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको हो ।

अघिल्ला आठ सिजनमध्ये छ पटक उपाधि जितेको म्यानचेस्टर सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्‍याउन जित अनिवार्य थियो । तर बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि पेप ग्वार्डिओलाको टोली उपाधि रक्षा गर्न असफल भयो ।

यो आर्सनलको इतिहासमा १४औँ प्रिमियर लिग उपाधि हो । सर्वाधिक २०–२० पटक उपाधि जितेका लिभरपुल र म्यानचेस्टर युनाइटेडपछि आर्सनल तेस्रो स्थानमा छ । यसअघि आर्सनलले सन् २००३–०४ मा अन्तिमपटक उपाधि जितेको थियो । त्यस सिजन प्रशिक्षक आर्सेन भेङ्गरको नेतृत्वमा टोली अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

मिकेल आर्टेटाको टोली यस सिजन युरोपेली च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ । मे ३० मा हुने फाइनलमा आर्सनलले पिएसजीसँग खेल्नेछ । आर्सनल पहिलोपटक युरोपेली च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

सन् २०१९ मा प्रशिक्षक बनेका आर्टेटा प्रिमियर लिग खेलेका पूर्व खेलाडीमध्ये प्रशिक्षकका रूपमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । लगातार तीन सिजन उपविजेतामै सीमित भएपछि यसपटक भने उनले टोलीलाई सफलतामा पुर्‍याएका हुन् ।

सन् २०२३ र २०२४ मा आर्सनलले अग्रता लिए पनि अन्तिम समयमा म्यानचेस्टर सिटीले उपाधि खोसेको थियो । गत वर्ष लिभरपुलपछि दोस्रो स्थानमा सीमित बनेको आर्सनलले यसपटक भने लामो प्रतीक्षा अन्त्य गरेको हो ।

आर्सनलको सफलताको मुख्य आधार बलियो रक्षापङ्क्ति र निश्चित अवस्थाबाट गरिएको प्रभावकारी प्रदर्शन रह्यो । टोलीले ३७ खेलमा लिगकै कम २६ गोल मात्र व्यहोरेको छ भने १९ खेलमा गोल खानबाट जोगिएको छ । 

सन् २०१७ पछि पहिलोपटक म्यानचेस्टर सिटी वा लिभरपुल बाहेकको टोली च्याम्पियन बनेको हो । खेलपछि ग्वार्डिओलाले आर्सनललाई बधाई दिएका छन् । उनले प्रशिक्षक मिकेल आर्टेटा, टोलीका खेलाडी, प्रशिक्षक समूह र समर्थकलाई उपाधिको शुभकामना दिँदै आर्सनल उपाधिको योग्य टोली रहेको बताएका छन् ।

Read More

पोर्चुगलको विश्वकप खेल्ने टिमको घोषणा, रोनाल्डो छैटौं विश्वकप खेल्ने

काठमाडौँ । पोर्चुगलले फिफा विश्वकप फुटबलका लागि आफ्नो २७ सदस्यीय टिमको घोषणा गरेको छ ।

प्रशिक्षक रोबेर्ट मार्टीनेजले पोर्चुगलका हाल विभिन्न लिगमा खेलिरहेका खेलाडी समेटेर विश्वकप खेल्ने टिम घोषणा गरेका हुन् ।  

जसमा क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने पनि निश्चित भएको छ । रोनाल्डोले यसअघि २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए ।

पोर्चुगलको टिम:     

गोलकिपर: डियोगो कोस्टा, जोसे सा, रुई सिल्भा र रिकार्डो भेल्हो । 

डिफेन्डर: डियोगो डालोट, माथेउस नुनेस, नेल्सन सेमेडो, जाओ क्यान्सेलो, नुनो मेन्डेस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डायस र टोमास अराउजो । 

मिडफिल्डर: रुबेन नेभेस, सामुएल कोस्टा, जाओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र बेर्नार्डो सिल्भा । 

फरवार्ड: जाओ फेलिक्स, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइसाओ, पेड्रो नेटो,  राफाएल लियाओ, गोन्सालो गुएडेस, गोन्सालो रामोस र क्रिस्टियानो रोनाल्डो । 

विश्कपमा पोर्चुगल समुह के मा रहेको छ । यस समुहमा पोर्चुगलसहित डिआर कंगो, उज्बेकिस्तान र कोलोम्बिया रहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुन २३ मा उज्बेकिस्तानसँग र तेस्रो खेल जुन २७ मा कोलोम्बियासँग खेल्ने भएको छ । 

Read More

ब्राजिलको विश्वकप खेल्ने टिमको घोषणा, नेइमार समावेश

काठमाडौँ । ब्राजिलले फिफा विश्वकप फुटबल खेल्ने २६ सदस्यीय टोली सार्वजनिक गरेको छ ।

मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले नेइमारलाई समेट्दै ब्राजिलको विश्वकप खेल्ने टिम सार्बजनिक गरेका हुन् । 

टोलीमा सबैभन्दा ठूलो आकर्षणका रूपमा अनुभवी फरवार्ड नेइमार परेका छन् । चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका उनी पुनः फर्किएका छन् ।

३४ वर्षका नेइमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १२८ खेलमा ७९ गोल गरेका छन् । उनी यसअघि सन् २०१४, २०१८ र २०२२ विश्वकपमा पनि खेलेका थिए, र यो उनको चौथो विश्वकप हुनेछ ।

प्रशिक्षक एन्चेलोटीले टोली घोषणा गर्दै नेइमारको फिटनेस र पछिल्लो प्रदर्शनलाई ध्यानमा राखेर छनोट गरिएको बताएका छन् ।

ब्राजिलको २६ सदस्यीय टोली  यस प्रकार छ ।

गोलरक्षक: अलिसन बेकर, एडरसन र वेभर्टन ।

रक्षक: एलेक्स सान्द्रो, डानिलो, लिओ पेरेइरा, ब्रेमर, इबानेस, वेस्ली, मारक्विन्योस, गाब्रिएल र  डग्लास सान्तोस ।

मिडफिल्डर: ब्रुनो गिमारेइस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो र लुकास पाकेटा ।

फरवार्ड: एन्ड्रिक, गाब्रिएल मार्टिनेली, इगोर थियागो, माटेउस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेइमार र रायन ।

टोलीमा प्रिमियर लिग, ला लिगा र युरोपका विभिन्न क्लबमा खेलिरहेका प्रमुख खेलाडीहरू समावेश छन् ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस विश्वकपमा ब्राजिलले आफ्नो पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेलेर शुरु गर्दैछ । ब्राजिल समुह सी मा मोरक्को, हैटी र स्कटल्यान्डसँग रहेको छ ।

Read More