२०८३ कार्तिक १०

म्यानचेस्टर सिटीमा १० बर्षको यात्रा टुंगाउदै ग्वार्डिओला

काठमाडौँ । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भयेक्ला छन् । आइतबार हुने एस्टन भिल्लाविरुद्धको खेलपछि उनले क्लब छोड्ने भएका हुन् ।

क्लबभित्र भने उनको बिदाइको तयारी सुरु भइसकेको बताइएको छ । खेलाडी र कर्मचारीहरू पनि उनी जाने सम्भावनालाई लिएर मानसिक रूपमा तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

पूर्व चेल्सी प्रशिक्षक एनजो मारेस्का ग्वार्डिओलाको स्थान लिन अग्रपंक्तिमा रहेको नामका रूपमा हेरिएका छन् । उनी यसअघि सिटीमै ग्वार्डिओलाको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।

५५ वर्षका ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई १० वर्षमा २० ठूला उपाधि दिलाएका छन् । यसमा छ पटक इंग्लिस प्रिमियर लिग, एक पटक च्याम्पियन्स लिग, तीन पटक एफए कप र पाँच पटक लिग कप समावेश छन् । यस सिजन पनि उनले एफए कप र काराबाओ कप जिताइसकेका छन् ।

सन् २०१६ मा म्यानचेस्टर सिटी आएका ग्वार्डिओलाले क्लबलाई अंग्रेजी फुटबलको शक्तिशाली टोली बनाएका हुन् । उनले सन् २०१७–१८ मा एक सिजनमै १०० अंकसहित लिग जित्दै कीर्तिमान बनाएका थिए ।

सन् २०२२–२३ मा सिटीले लिग, एफए कप र च्याम्पियन्स लिग जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । त्यसपछि लगातार चार सिजन लिग जित्ने पहिलो क्लब बन्ने कीर्तिमान पनि सिटीकै नाममा छ ।

ग्वार्डिओलाले प्रशिक्षक यात्रा बार्सिलोनाबाट सुरु गरेका थिए, जहाँ उनले लगातार तीन लिग उपाधि र दुई पटक युरोपेली उपाधि जिताएका थिए । त्यसपछि उनले बायर्न म्युनिखमा तीन सिजन लगातार लिग उपाधि जिताएर सन् २०१६ मा सिटी सम्हालेका थिए ।

Read More

प्रिमियर लिगको उपाधि जित नजिक आर्सनल

काठमाडौँ ।  आर्सनल इङलिश प्रिमियर लिगको उपाधि जितको नजिक पुगेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितको नजिक पुगेको हो । 

आर्सनलको जितमा खेलको ३६औं मिनेटमा काइ हाभर्टले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । 

यो जितपछि आर्सनलको ३७ खेलमा ८२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ ।  दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ खेलमा ७७ अंक रहेको छ ।  अब आर्सनलले अन्तिम खेल मे २४ मा क्रिस्टल प्यालेससँग खेल्ने तालिका रहेको छ । 

त्यस्तै म्यानचेस्टर सिटी आज राति हुने बोर्नमाउथसँगको खेलमा पराजित भएमा वा बराबरीमा रोकिएमा भने आर्सनलले लिगको उपाधि जित्ने छ ।  सिटीले यो खेल जितेमा भने लिग उपाधिको निर्णय अन्तिम खेलबाटै हुने छ ।  म्यानचेस्टर सिटीको अन्तिम खेल भने मे २४ मा एस्टन भिल्लासँग रहेको छ ।

Read More

चेन्नई पराजित भएसँगै सनराइजर्स र गुजरात आइपिएलको प्लेअफमा

काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ५ विकेटले पराजित गरेको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछाएको सनराइजर्सले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

सनराइजर्सको जितमा इशान किशनले ७० रन बनाएका थिए भने हेइनरिच क्लासेनले ४७ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले डेवाल्ड ब्रेभिसको ४४, कार्तिक शर्माको ३२, संजु सामसनको २७ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

सनराइजर्सको यो जितले प्लेअफमा तीन टिमको टुंगो लागेको छ । जसमा रोयल च्यालेन्जर्स बैंगलुरु यसअघि नै प्लेअफमा पुगेको थियो भने गुजरात टाइटन्स र सनराइजर्स प्लेअफमा पुगेका हुन् ।

यो हारले चेन्नईको प्लेअफको यात्रा मुश्किल देखिएको छ । चेन्नईको १३ खेलमा १२ अंक रहेको छ र अब अन्तिम खेल विहिबार गुजरात टाइटन्ससँग खेल्ने तालिका छ ।

जारी आइपिएलमा आज भने राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ ।

Read More

जोसे मोरिन्हो पुन: रियल म्याड्रिडको मुख्य प्रशिक्षक बन्दै

काठमाडौँ । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो पुनः स्पेनिस क्लब रियल म्याड्रिडको मुख्य प्रशिक्षक बन्ने भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोरिन्हो र रियल मड्रिडबीच मौखिक सहमति भइसकेको छ ।

रियल म्याड्रिडले लगातार दोस्रो वर्ष प्रशिक्षक परिवर्तन गर्न लागेको हो । जनवरीमा जावी आलोन्सोको स्थानमा आएका आल्भारो अर्बेलोआलाई क्लबले निरन्तरता नदिने निर्णय गरेपछि मोरिन्होलाई नयाँ प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाइएको हो ।

रिपोर्टअनुसार क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गत महिनादेखि नै मोरिन्होलाई प्राथमिक रोजाइमा राखेका थिए । पछिल्ला केही दिनयता दुवै पक्षबीच औपचारिक छलफल तीव्र बनेको थियो । मोरिन्होले पनि १३ वर्षपछि पुनः रियल म्याड्रिड फर्कने इच्छा स्पष्ट रूपमा व्यक्त गरेका थिए । उनले आगामी साता एथलेटिक क्लबविरुद्धको सिजनको अन्तिम खेलपछि म्याड्रिड पुगेर दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ । उनले रियल म्याड्रिडमा शुरुमा दुई बर्षको सम्झौता गर्न लागेको बताइएको छ । 

सन् २०२४ मा च्याम्पियन्स लिग जितेपछि रियल म्याड्रिडले कुनै ठूलो उपाधि जित्न सकेको छैन । कार्लो एन्सेलोटी, जाभी आलोन्सो र आल्भारो अर्बेलोआ गरी तीन प्रशिक्षक परिवर्तन भए पनि क्लबले अपेक्षित सफलता हासिल गर्न सकेन ।

यसबीच क्लबभित्र आन्तरिक तनाव पनि बढ्दै गएको बताइएको छ । केही साताअघि औरेलियन चुआमेनी र फेडे भाल्भेर्डेबीच विवाद भएपछि टोलीभित्रको अवस्था थप तनावपूर्ण बनेको थियो ।

रियल म्याड्रिड व्यवस्थापनले मोरिन्हो टोलीलाई पुनः एकताबद्ध गर्दै सफलताको बाटोमा फर्काउन सक्षम प्रशिक्षक हुने विश्वास गरेको छ ।

मोरिन्हो हाल पोर्चुगलको क्लब बेनिफिकाको प्रशिक्षक रहेका छन् । उनी यसअघि २०१० देखि २०१३ सम्म रियल म्याड्रिडको प्रशिक्षक थिए । उनी त्यति बेला प्रशिक्षक हुदा २०११-१२ को ला लिगाको उयाधिसहित एक कोपा डेल रे र स्पेनको सुपर कोपाको उपाधि जितेका थिए ।

Read More

स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

काठमाडौँ । नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । 

स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पाएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।  नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७४ रन बनाएका थिए भने इशान पाण्डेले ५५ रन बनाएका थिए ।  त्यस्तै आसिफ सेखले २९ र कुशल भुर्तेलले २८ रन बनाएका थिए । 

त्यसैगरी स्कटल्याण्डका बलर मार्क वाटले २ विकेट लिए भने ब्राण्डन म्याकुलेनले एक विकेट लिएका थिए । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनाएका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए । 

त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।  सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए ।  त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

यो जित पछि नेपालको लिग- २ मा २७ खेलमा २२ अंक भएको छ र नेपाल पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै स्कटल्याण्डको भने ३१ खेलमा ३८ अंक रहेको छ र शिर्ष स्थानमा उक्लिएको छ ।

Read More

ललित र सन्दीप चम्किदा स्कटल्याण्ड १९४ रनमा अलआउट

काठमाडौँ ।  स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको हो । 

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनायेअका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए । 

त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।  सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए ।  त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए । 

Read More

एकदिवसीय खेलमा सन्दीपको नयाँ किर्तिमान, तोडियो मिचेल स्टार्कको रेकर्ड

काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।

सन्दीपले स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँगै एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट लिने नयाँ किर्तिमान बनाएका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गरेका छन् ।

एकदिवसीय क्रिकेटमा यसअघि यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो । स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । त्यस्तै पाकिस्तानका सक्लिन मुस्ताकले ७८ खेलमा, अफगानिस्तानका रशिद खानले ८० खेलमा र न्यूजील्याण्डका ट्रेन्ट बोल्टले ८१ खेलमा १५० विकेट लिएका थिए ।

सन्दीपको नाममा छिटो सय विकेट लिने किर्तिमान समेत रहेको छ । सन्दीपले ४२ खेलमा एकदिवसीय खेलमा सय विकेट लिएका थिए । त्यस्तै रसिद खानले ४४ खेलमा सय विकेट पुरा गरेका थिए ।

Read More

स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो  ।

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २६ खेल खेलेर ९ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २० अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड भने अहिलेसम्म ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ । 

आजको खेलमा नेपालले आफ्नो टिममा कुनै परिवर्तन गरेको छैन । यस खेलमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र सोमपाल कामी खेलिरहेका छन् ।

यस सिरिज अन्तर्गत अब अर्को खेल मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

रियल बेटिसमाथि बार्सिलोनाको सहज जित, क्याम्पनेउमा लेवानडोस्की खेले अन्तिम खेल

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत रियल बेटिसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने जोआओ कान्सेलोले एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एक गोल इस्कोले गरेका थिए ।

ला लिगा जितिसकेको बार्सिलोनाको यो जितपछि ३७ खेलमा ९४ अंक भएको छ । अब बार्सिलोनाले यस सिजनको अन्तिम खेल भलेन्सियासँग मे २४ मा खेल्ने तालिका रहेको छ । त्यस्तै रियल बेटिसको ३७ खेलमा ५७ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । रियल बेटिस यो हारपछि पनि च्याम्पियन्स लिगमा छनौट भएको छ ।

त्यस्तै बार्सिलोनाका फरवार्ड रोबेर्ट लेवानडोस्कीले बार्सिलोनाको घरेलु मैदान क्याम्पनेउमा आफ्नो अन्तिम खेल खेलेका छन् । यस सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका लेवानडोस्कीलाई खेलाडी र दर्शकले भावुक विदाइ गरेका थिए ।

Read More

विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

नेपाल र स्कटल्याण्ड एकदिवसीय क्रिकेटमा यसअघि ११ पटक खेलेका छन्, जसमा नेपालले ५ र स्कटल्याण्डले ५ जित हासिल गरेका छन् भने एक खेल बिना नतिजा सकिएको थियो । 

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २६ खेल खेलेर ९ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २० अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड भने अहिलेसम्म ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ । 

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै स्कटल्यान्ड टोलीमा कप्तान रिची बेरिङ्टनसहित म्याथ्यु क्रस, ब्राड्ली करी, ज्यास्पर डेभिडसन, ओलिभर डेभिडसन, माइकल इङ्लिस, ओवेन गोल्ड, ज्याक जार्भिस, ओली जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफयान शरीफ र मार्क वाट रहेका छन् ।

यस सिरिज अन्तर्गत अब अर्को खेल मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More