२०८३ कार्तिक १०

आइपिएलमा राजस्थानमाथि दिल्ली ५ विकेटले विजयी

काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा केएल राहुलले सर्बाधिक ५८ रन बनाए भने अभिषेक पोरेलले ५१, कप्तान अक्सर पटेलले ३४ र आशुतोष शर्माले १८ रन बनाएका थिए ।त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चर र बृजेश शर्माले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १९३ रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले ५३ रन बनाए भने कप्तान रियान परागले ५१ तथा वैभव सुर्यबंशीले ४६ रन बनाएका थिए ।

त्यस्तै दिल्लीका बलर मिचेल स्ट्राकले ४ विकेट लिए भने लुंगी एंगीडी र माधव तिवारीले २-२ विकेट लिएका थिए ।

दिल्लीको यो जितपछि प्लेअफको समीकरण रोचक हुने देखिएको छ । अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा पुगिसकेको छ भने लखनउ र मुम्बई प्लेअफको दौडबाट बाहिर रहेका छन् । अन्य तिन स्थानको लागि सात टिमको प्रतिष्पर्धा रहेको छ । 

यो जितपछि दिल्लीको १३ खेलमा १२ अंक भएको छ र हाल सातौं स्थानमा रहेको छ । दिल्लीले अब अन्तिम खेल आगामी आइतबार कोलकोतासँग खेल्ने छ । त्यस्तै राजस्थानको भने १२ खेलमा १२ अंक रहेको छ र हाल छैटौं स्थानमा छ । राजस्थानले अब आफ्ना बाँकी दुई खेल आगामी मंगलबार लखनउसँग र आगामी आइतबार मुम्बईसँग खेल्ने छ ।

Read More

पञ्जावलाई हराउदै रोयल च्यालेंजन्स बैंगलुरु आइपिएलको प्लेअफमा

काठमाडौँ । रोयल च्यालेंजन्स बैंगलुरुले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई २३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

बैंगलुरुले दिएको २२३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ५६ रन बनाए भने कूपर कोन्नोलीले ३७, मार्कस स्टोइनिसले ३७ र सुर्यांश शेडजेले ३५ रन बनाएका थिए ।

त्यस्तै बैंगलुरुका बलर रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले वेंकटेस अय्यरको अविजित ७३, विराट कोहलीको ५८ र देवदत्त पाडिकलको ४५ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पञ्जावको भने १३ खेलमा १३ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

Read More

एशियन गेम्स क्वालिफायर्स र एसीसी प्रिमियर कप खेल्ने महिला क्रिकेट टिमको बिदाई

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको बिदाई गरेको छ ।

क्यानले दुवै प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया जानु अघि आइतबार बिदाई गरेको हो । 

नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

त्यस्तै बैकल्पिक खेलाडीहरुमा सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको छ ।

एशियन गेम्सको क्वालिफायर्स प्रतियोगिता मलेसियामा मे २३ देखि ३१ सम्म हुदै छ भने एसीसी वुमन्स प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा नै हुदैछ ।

Read More

चेल्सीको मुख्य प्रशिक्षक बन्दै जाबी अलोन्सो

काठमाडौँ । जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक बन्ने भएका छन्  । गत जनवरीमा रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका अलोन्सोले चेल्सीमा चार बर्षको सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख छ  । 

उनले चेल्सीमा २०३० को जुनसम्मका लागि सम्झौता गरेका छन् र चेल्सीले छिट्टै यस बारेमा आधिकारीक घोषणा गर्ने बताइएको छ । उनको सम्झौता जुलाई १ देखि शुरु हुने भएपनि उनले खेलाडी ट्रान्सफर लगायतका विषयमा तत्कालदेखि काम शुरु गर्ने भएका छन्  । 

अलोन्सोले यसअघि रियल म्याड्रिड र बायर लिभरकुसनको प्रशिक्षक बनेका थिए । रियल म्याड्रिडमा उनको कार्यकाल सफल नभए पनि लिभरकुसनमा भने उनले टिमलाई जर्मन लिग, डिएफबी पोकाल र डिएफएल सुपर कपको उपाधि जिताएका थिए  । 

४४ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सोले आफ्नो खेल जीवनको ६ बर्ष लिभरपुल र ६ बर्ष रियल म्याड्रिडमा बिताएका थिए । उनले ३ बर्ष बायर्न म्युनिखमा खेलेपछि सन्यास लिदै प्रशिक्षणतर्फ लागेका थिए । खेलाडीको रुपमा उनले स्पेनको राष्ट्रिय टिमबाट भने २००३ देखि २०१४ सम्म ११४ खेल खेलेका थिए । उनी स्पेनले २०१० को विश्व्कप तथा २००८ र २०१२ को युरोकप जित्दा टिमको महत्वपूर्ण सदस्य थिए  । 

Read More

दक्षिण कोरियाको फुटबल विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । दक्षिण कोरियाले फिफा विश्वकप फुटबलका लागि आफ्नो टोली घोषणा गरेको छ । टोलीको कप्तान तथा पूर्व टोटनह्याम हटस्पर फरवार्ड सन ह्युङ मिन लगातार चौथोपटक विश्वकप टोलीमा परेका छन् ।

३३ वर्षीय सनले गत वर्ष टोटनह्याम छाडेका थिए र हाल अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस फुटबल क्लबबाट खेलिरहेका छन् । प्रशिक्षक हङ म्युङ बोले घोषणा गरेको टोलीमा अनुभवी खेलाडीहरूको बाहुल्यता रहेको छ । टोलीमा वुल्भ्सका फरवार्ड ह्वाङ ही चान, स्टोक सिटीका बे जुन हो, बर्मिङ्घमका पैक सुङ हो, सेल्टिकका याङ ह्युन जुन तथा स्वान्सीका इओम जी सुङ पनि समावेश छन्।

यस्तै पिएसजीका ली काङ इन, बायर्न म्युनिखका रक्षक किम मिन जे र बोरुसिया मोनचेनग्लाडबाखका जेन्स कास्ट्रोपलाई पनि टोलीमा स्थान दिइएको छ । जर्मन पिता र कोरियन आमाबाट जन्मिएका कास्ट्रोप दक्षिण कोरियाको विश्वकप टोलीमा पर्ने दोहोरो नागरिकता भएका पहिलो खेलाडी बनेका छन् । उनले यसअघि जर्मनीको उमेर समूह टोलीबाट खेलेका थिए । तर गत वर्षबाट दक्षिण कोरियाबाट खेल्न थालेपछि उनले पाँच अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

दक्षिण कोरियाले जुन १२ मा चेक गणतन्त्रविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि जुन १९ मा सह आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै खेल ग्वाडालाजारामा हुनेछन् । समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकाविरुद्ध जुन २५ मा मोन्टेरेमा हुनेछ ।

दक्षिण कोरियाको विश्वकप टोली

गोलरक्षक:
जो ह्योन उ, किम सुङ ग्यु, सङ बुम क्युन

डिफेन्डर: 
किम मुन ह्वान, किम मिन जे, किम ते ह्योन, पार्क जिन सोब, सोल योङ उ, जेन्स कास्ट्रोप, ली कि ह्युक, ली ते सोक, ली हान बोम, चो यु मिन

मिडफिल्डर:
किम जिन ग्यु, बे जुन हो, पैक सुङ हो, याङ ह्युन जुन, इओम जी सुङ, ली काङ इन, ली दोङ ग्युङ, ली जे सुङ, ह्वाङ इन बोम, ह्वाङ ही चान

फरवार्ड:
सन ह्युङ मिन, ओ ह्योन ग्यु, चो ग्यु सुङ

Read More

म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौँ । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ७१औं मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो म्यानचेस्टर सिटीले जितेको आठौ एफए कप उपाधि हो । एफए कपको उपाधि सबै भन्दा बढी पटक जित्ने किर्तिमान भने आर्सनलको नाममा रहेको छ । आर्सनलले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडले १३ पटक एफए कपको उपाधि जितेको छ ।

त्यस्तै चेल्सीले पनि आठ पटक यो उपाधि जितेको छ । पछिल्लो पटक चेल्सीले २०१८ मा यो उपाधि जितेको थियो ।

Read More

काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली भलिबल टिमको घोषणा

काठमाडौँ । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल, किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्दैछ भने दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्दैछ ।

Read More

आइपिएलमा गुजरातमाथि कोलकोता २९ रनले विजयी

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले गुजरातलाई २९ रनले पराजित गरेको हो ।

कोलकताले दिएको २४८ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ८५ रन बनाएका थिए भने जोस बटलरले ५७ र साइ सुदर्शनले ५३ रन बनाएका थिए ।

यस अघिटस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकोताका लागि फिन एलेनले सर्बाधिक ९३ रन बनाए भने अंगकृश रघुबंशीले ८२, क्यामरुन ग्रीनले ५२ रन बनाएका थिए ।

यो जितपछि कोलकोताको १२ खेलमा ११ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै गुजरातको भने १३ खेलमा १६ अंक रहेको छ ।र दोस्रो स्थानमा रहेको छ ।

जारि आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र रोयल च्यालेंजर्स बैंगलुरु तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदैछ ।

Read More

एनपीएल विवाद फेरि चर्चामा, क्यानलाई कारबाही गर्ने सरकारको निर्णय रोकियो

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) विरुद्ध कारबाही अगाडि बढाउने सरकारी प्रक्रिया फेरि अन्योलमा परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले क्यानसँग अन्तिम स्पष्टीकरण सोधेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिए पनि राखेपले उक्त पत्र पुनः मन्त्रालयमै फर्काएको हो ।

मन्त्रालयले नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी छानबिनमा क्यानले आवश्यक सहयोग नगरेको निष्कर्ष निकाल्दै वैशाख १४ गते कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । तर राखेपले मन्त्रालयको निर्देशन स्पष्ट नभएको भन्दै थप खुलाउन आग्रहसहित पत्र फिर्ता पठाएको जनाएको छ ।

राखेपका अनुसार मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन आफूसँग नआएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको उजुरीसम्बन्धी विषयमा समेत अन्योल देखिएकाले स्पष्ट निर्देशन मागिएको हो । राखेप सदस्यसचिव रामचरित्र मेहताले “प्राविधिक कारण” ले पत्र फिर्ता गरिएको बताएका छन् ।

एनपीएलको पहिलो संस्करण आयोजना गर्दा पारदर्शिता, खरिद प्रक्रिया र विदेशी कम्पनीसँगको सम्झौतामा कानुनी प्रक्रिया पालना नभएको भन्दै क्यानविरुद्ध विभिन्न उजुरी परेका थिए । त्यसपछि मन्त्रालय र राखेप दुवैले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिहरूले क्यानले आवश्यक कागजात उपलब्ध नगराएको र जवाफमा पनि अस्पष्टता देखिएको निष्कर्ष निकालेका थिए । मन्त्रालयले खेलकुद विकास ऐनको दफा उल्लंघन भएको ठहर गर्दै आवश्यक परे क्यानलाई निलम्बनसम्म गर्न सकिने संकेत गरेको छ ।

यदि कारबाही प्रक्रिया अगाडि बढेमा नेपाली क्रिकेटमाथि गम्भीर असर पर्न सक्ने चर्चा सुरु भएको छ । क्यान निलम्बनमा परे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) बाट समेत प्रतिबन्धको जोखिम बढ्न सक्ने जानकारहरूको भनाइ छ ।

पहिलो संस्करणको एनपीएल सम्पन्न भएको लामो समय बितिसक्दा पनि विवादको छानबिन निष्कर्षमा नपुग्नुले नेपाली क्रिकेट प्रशासनमाथि प्रश्न उठेको छ ।

Read More

ऋषव पन्तमाथि १२ लाख जरिवाना

काठमाडौँ । आइपिएल टिम लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध भएको खेलमा निर्धारित समयमा ओभर पूरा गर्न नसकेपछि उनीमाथि कारबाही गरिएको हो ।

यो खेल लखनउस्थित अटल बिहारी वाजपेयी इकाना क्रिकेट रंगशालामा भएको थियो । चालु सिजनमा लखनउ टोलीबाट स्लो ओभर रेटको यो पहिलो गल्ती भएकाले नियमअनुसार पन्तलाई आर्थिक जरिवाना मात्रै गरिएको हो ।

इन्डियन प्रिमियर लिगको ओभर रेटसम्बन्धी नियमअनुसार टोलीले तोकिएको समयमा २० ओभर बलिङ पूरा गर्नुपर्छ । त्यसो नगरेमा दोषी ठहरिए कप्तानलाई १२ लाख रुपैयाँ जरिवाना गरिने व्यवस्था छ ।

यदि लखनउले यही सिजन फेरि स्लो ओभर रेटको गल्ती दोहोर्‍याए कप्तान पन्तमाथिको जरिवाना २४ लाख रुपैयाँ पुग्नेछ । साथै प्लेइङ–११ मा रहेका अन्य खेलाडीलाई पनि म्याच शुल्कको २५ प्रतिशत वा ६ लाख रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति जरिवाना लाग्नेछ ।

तेस्रोपटक पनि यस्तै गल्ती दोहोरिए कप्तानमाथि ३० लाख रुपैयाँ जरिवाना र एक खेल प्रतिबन्धको कारबाही हुन सक्ने नियममा उल्लेख छ ।

यता खेलको नतिजाले भने आइपिएलको अंक तालिकालाई थप रोचक बनाएको छ । प्लेअफ दौडबाट बाहिरिइसकेको लखनउले आफ्नै मैदानमा चेन्नईलाई हराउँदै उसको समीकरण बिगारेको हो । यो हारपछि चेन्नईको सिधै प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ ।

Read More