२०८३ कार्तिक ८

विश्वकपको पहिलो खेलमा आजराति मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२६ को विश्वकप आज रातिदेखि सुरु हुँदैछ ।

उद्घाटन दिन आज राति पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटी रंगशालामा हुनेछ । यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीच हालसम्म चार खेल भएका छन् । तीमध्ये मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ ।

एक खेल बराबरीमा सकिएको थियो । विश्वकप इतिहासमा यी दुई टोली एकपटक मात्र आमनेसामने भएका थिए। सन् २०१० को विश्वकपको उद्घाटन खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । विश्व वरीयताका आधारमा मेक्सिको बलियो अवस्थामा छ । मेक्सिको हाल विश्व वरीयताको १५औँ स्थानमा रहेको छ भने दक्षिण अफ्रिका ६०औँ स्थानमा छ ।

मेक्सिकोले कप्तान एडसन अल्भारेज र अनुभवी अग्रपंक्तिका खेलाडी राउल हिमेनेजबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । यता दक्षिण अफ्रिकाले कप्तान रोनवेन विलियम्ससँगै लाइल फोस्टर र ओसविन अपोलिसको जोडीबाट राम्रो प्रदर्शनको आशा राखेको छ ।

सम्भावित सुरुआती टोली:

मेक्सिकोको सम्भावित सुरुआती टोली :

राउल रान्गेल; हेसुस गालार्दो, जोहान भास्केज, सेसर मोन्टेस, इस्राएल रेयेस; ब्रायन गुटिएरेज, एरिक लिरा, अल्भारो फिदाल्गो; जुलियन किन्योनेस, रोबर्टो अल्भारादो र राउल हिमेनेज ।

दक्षिण अफ्रिकाको सम्भावित सुरुआती टोली: 

रोनवेन विलियम्स; खुलिसो मुदाउ, इमे ओकोन, म्बेकेजेली म्बोकाजी, औब्रे मोडिबा; तेबोहो मोकोएना, स्फेफेलो सिथोले, थालेंटे म्बाथा; त्सेपाङ मोरेमी, लाइल फोस्टर र ओस्विन अपोलिस ।

Read More

फिफा विश्वकप फुटबल आजदेखि, पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । यस बर्षको फिफा विश्वकप फुटबल आजरातीदेखि शुरु हुदैछ । यस विश्वकपमा अहिलेसम्मकै धेरै ४८ देश सहभागी हुदैछन् । 

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुन लागेको यो संस्करण अहिलेसम्मकै ठूलो मानिएको छ । यसपटक ४८ टोली सहभागी हुँदैछन्, जसले गर्दा पहिलो पटक धेरै नयाँ र चर्चित खेलाडीहरू विश्व मञ्चमा देखिन लागेका छन् ।

बोस्निया हर्ज गोभिना, डिआर कंगो, स्विडेन, टर्की, चेक रिपब्लिक  विश्वकपमा छनौट भएका छन् । त्यस्तै इटालीसहित जमैका, डेनमार्क र पोल्याण्ड जस्ता देश विश्वकपबाट बाहिरिएका छन् । आजराती देखि शुरु भएर विश्वकपको फाइनल खेल जुलाई १९ मा हुनेछ ।

आज राति नेपाली समय अनुसार १२: ४५ बजे विश्वकपको पहिलो खेलमा एक आयोजक रहेको मेक्सिको र दक्षिण अफ्रिका खेल्ने तालिका छ । यो खेल मेक्सिको सिटीको मेक्सिको सिटी स्टेडियममा हुदैछ ।

यस विश्वकपमा समुह ए मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक रहेका छन् भने समुह बी मा क्यानडा, कतार, स्वीजरल्याण्ड र बोसिनिया हर्जगोभिना रहेका छन् । त्यस्तै समुह सी मा ब्राजिल, मोरक्को, हैटी र स्कटल्याण्ड रहेका छन् भने समुह डी मा अमेरिका, पराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन् ।

त्यसैगरी समुह  समुह इ मा जर्मनी, कुराकाओ, आभारी कोष्ट र इक्वेडर रहेका छन् भने समुह एफमा नेदरल्याण्डस, जापान, ट्युनिसिया र स्विडेन रहेका छन् । त्यस्तै समुह जी मा बेल्जियम, इजिप्ट, इरान र न्यूजील्याण्ड रहेका छन् भने समुह एच मा स्पेन, केप भेर्डे, साउदी अरेबिया र उरुग्वे रहेका छन् ।त्यसैगरी समुह आई फ्रान्स, सेनेगल, नर्वे र इराक रहेका छन् भने समुह जे मा अर्जेन्टिन, अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन् ।

त्यस्तै समुह के मा पोर्चुगल, उज्बेकिस्तान, कोलोम्बिया र डिआर कंगो रहेका छन्  भने समुह एलमा इङल्याण्ड, क्रोसिया, घाना र पानामा रहेका छन् ।

उद्घाटन समारोह:

फिफा विश्वकप फुटबल २०२६ को पहिलो भव्य ओपनिङ सेरेमनी म्याक्सिको सिटीमा आज राति हुदैछ । यो ऐतिहासिक उद्घाटन समारोह म्याक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल सुरु हुनभन्दा करिब ९० मिनेट अगाडि सुरु हुने तालिका रहेको छ । 

नेपाली समय अनुसार आज राती ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । फिफाले सार्वजनिक गरे अनुसार म्याक्सिको सिटी स्टेडियममा आयोजना हुने यो उद्घाटन समारोह करिब १६ मिनेट चल्नेछ र त्यसलगत्तै विश्वकपको पहिलो खेल सुरु हुनेछ । 

यसपटकको उद्घाटन समारोहको सबैभन्दा ठूलो आकर्षण विश्वप्रसिद्ध पप स्टार शकिरा हुनेछिन् भने उनीसँगै संसारभरका स्थापित कलाकारहरू एउटै मञ्चमा देखिनेछन् । शकिराबाहेक बर्ना बोइ, जे बाल्भिन, डेनी ओसन, बेलिन्डा, लिला डाउन्स, लस एन्जलस अजुलेस र माना जस्ता चर्चित अन्तर्राष्ट्रिय सङ्गीतकर्मीहरूले फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमका गीतहरूमा प्रत्यक्ष लाइभ प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाउनेछन् । समारोहको सबैभन्दा भावनात्मक क्षणका रूपमा म्याक्सिकोका प्रसिद्ध गायक एलेजान्ड्रो फर्नान्डेजले म्याक्सिकोको राष्ट्रिय गान र प्रख्यात गायिका तायलाले दक्षिण अफ्रिकाको राष्ट्रिय गान प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

यस वैश्विक उत्सवमा हलिउड अभिनेत्री तथा फिफा विश्वकप २०२६ की एम्बेसेडर सलमा हायेक पनि विशेष अतिथिको रूपमा सहभागी हुँदैछिन् । उनले समारोहमा विश्वभरका फुटबल प्रशंसकहरूलाई स्वागत गर्दै फुटबलको माध्यमबाट विश्वमा एकता र भाइचाराको सन्देश फैलाउनेछिन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई पूरा विश्वले सँगै मिलेर मनाउने एक अद्भुत अवसरको रूपमा व्याख्या गरेका छन् । उनले म्याक्सिको सिटीबाट सुरु भएर टोरन्टो र लस एन्जलससम्म पुग्ने यी समारोहहरूले सङ्गीत, संस्कृति र फुटबललाई एकै ठाउँमा जोड्दै एउटा शानदार वैश्विक उत्सवको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् ।

समग्रमा फिफा विश्वकप २०२६ खेलाडी र टोलीहरूको प्रतिस्पर्धा मात्र नभई आयोजक राष्ट्रहरूको संस्कृति, सङ्गीत र विविधताको एउटा ठूलो महाकुम्भ बन्ने देखिएको छ । शकिरा र जे बाल्भिन जस्ता दिग्गज सेलिब्रेटीहरूको उपस्थिति, सलमा हायेकको स्वागत सन्देश र म्याक्सिको सिटीको ऐतिहासिक मञ्चका कारण यस पटकको ओपनिङ सेरेमनी विश्वकप इतिहासकै सबैभन्दा बढी चर्चामा रहने र भव्य हुने निश्चित छ, जसले विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवको सुन्दर सुरुवात गर्नेछ ।

Read More

पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ ।

लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिएका छन् । केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उनी अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुगेका छन् । 

यसैबिच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ । नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन् ।

Read More

विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को पहिलो भव्य ओपनिङ सेरेमनी म्याक्सिको सिटीमा आज राति हुदैछ । यो ऐतिहासिक उद्घाटन समारोह म्याक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल सुरु हुनभन्दा करिब ९० मिनेट अगाडि सुरु हुने तालिका रहेको छ । 

नेपाली दर्शकहरूका लागि यो विशेष कार्यक्रम नेपाली समयअनुसार आज राती ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । फिफाले सार्वजनिक गरे अनुसार म्याक्सिको सिटी स्टेडियममा आयोजना हुने यो उद्घाटन समारोह करिब १६ मिनेट चल्नेछ र त्यसलगत्तै विश्वकपको पहिलो खेल सुरु हुनेछ । 

यसपटकको उद्घाटन समारोहको सबैभन्दा ठूलो आकर्षण विश्वप्रसिद्ध पप स्टार शकिरा हुनेछिन् भने उनीसँगै संसारभरका स्थापित कलाकारहरू एउटै मञ्चमा देखिनेछन् । शकिराबाहेक बर्ना बोइ, जे बाल्भिन, डेनी ओसन, बेलिन्डा, लिला डाउन्स, लस एन्जलस अजुलेस र माना जस्ता चर्चित अन्तर्राष्ट्रिय सङ्गीतकर्मीहरूले फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमका गीतहरूमा प्रत्यक्ष लाइभ प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाउनेछन् । समारोहको सबैभन्दा भावनात्मक क्षणका रूपमा म्याक्सिकोका प्रसिद्ध गायक एलेजान्ड्रो फर्नान्डेजले म्याक्सिकोको राष्ट्रिय गान र प्रख्यात गायिका तायलाले दक्षिण अफ्रिकाको राष्ट्रिय गान प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

यस वैश्विक उत्सवमा हलिउड अभिनेत्री तथा फिफा विश्वकप २०२६ की एम्बेसेडर सलमा हायेक पनि विशेष अतिथिको रूपमा सहभागी हुँदैछिन् । उनले समारोहमा विश्वभरका फुटबल प्रशंसकहरूलाई स्वागत गर्दै फुटबलको माध्यमबाट विश्वमा एकता र भाइचाराको सन्देश फैलाउनेछिन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई पूरा विश्वले सँगै मिलेर मनाउने एक अद्भुत अवसरको रूपमा व्याख्या गरेका छन् । उनले म्याक्सिको सिटीबाट सुरु भएर टोरन्टो र लस एन्जलससम्म पुग्ने यी समारोहहरूले सङ्गीत, संस्कृति र फुटबललाई एकै ठाउँमा जोड्दै एउटा शानदार वैश्विक उत्सवको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् ।

समग्रमा फिफा विश्वकप २०२६ खेलाडी र टोलीहरूको प्रतिस्पर्धा मात्र नभई आयोजक राष्ट्रहरूको संस्कृति, सङ्गीत र विविधताको एउटा ठूलो महाकुम्भ बन्ने देखिएको छ । शकिरा र जे बाल्भिन जस्ता दिग्गज सेलिब्रेटीहरूको उपस्थिति, सलमा हायेकको स्वागत सन्देश र म्याक्सिको सिटीको ऐतिहासिक मञ्चका कारण यस पटकको ओपनिङ सेरेमनी विश्वकप इतिहासकै सबैभन्दा बढी चर्चामा रहने र भव्य हुने निश्चित छ, जसले विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवको सुन्दर सुरुवात गर्नेछ ।

Read More

नाइजेरियामाथि पोर्चुगल २-१ ले विजयी

काठमाडौं । पोर्चुगलले मैत्रीपूर्ण खेलमा नाइजेरियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइकाओले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका अकोर एडम्सले एक गोल गरेका थिए ।

पोर्चुगलले विश्वकप अघि खेलेको अघिल्लो मैत्रीपूर्ण खेलमा चिलीलाई पनि २-१ गोल अन्तरले नै पराजित गरेको थियो ।

अब पोर्चुगलले विश्वकप अन्तर्गतको खेलमा जुन १७ मा डिआर कंगोको सामना गर्ने छ भने जुन २३ मा उज्बेकिस्तान र जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका रहेको छ ।

Read More

नेपाल थाइल्याण्डसँग पराजित, महिला एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपालले महिला एशिया कपमा छनौट हुन असफल भएको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टिम एशिया कपमा छनौट हुन असफल भएको हो ।

क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको १३१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाएको हो ।

यसअघि पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १३० रन बनाएको थियो ।    

त्यस्तै सेमिफाइनलमा पुगेसँगै थाइल्याण्ड एशिया कपमा पुगेको छ । त्यस्तै आजै सम्पन्न अर्को खेलमा हङकङले जापानलाई ४१ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र एशिया कपमा छनौट भएको छ ।   

Read More

विश्वकप सुरु हुनुअघि विवादै विवाद: भिसा समस्या, महँगो टिकट र अस्तव्यस्त व्यवस्थापन

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर मैदानमा खेल सुरु हुनुअघि नै यो प्रतियोगिता विभिन्न विवादका कारण चर्चामा आएको छ । खेलाडी र अधिकारीहरूले प्रवेशाज्ञा तथा आगमन प्रक्रियामा समस्या भोगिरहेका छन् भने प्रवेशपत्र बिक्रीलाई लिएर पनि फिफामाथि आलोचना बढेको छ ।

सबैभन्दा ठूलो विवाद सोमालियाका रेफ्री उमर अब्दुलकादिर आर्टनसँग सम्बन्धित रहेको छ । रिपोर्ट अनुसार उनलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश अनुमति नदिइ पुनः इस्तानबुल फर्काइएको छ । यस घटनापछि सोमालियाका प्रधानमन्त्री हसन अली खैरेले कडा असन्तोष व्यक्त गरेका छन् ।

उनले भनेका छन्- ‘अफ्रिकाका उत्कृष्ट र विश्वकै प्रमुख रेफ्रीमध्येका उमर आर्टनले प्रवेशाज्ञा सम्बन्धी समस्याका कारण विश्वकपमा रेफ्रीको भूमिका निभाउन नपाउने खबरले म अत्यन्तै निराश छु । उमरले आफ्नो प्रतिभा, कडा मेहनत, व्यावसायिकता र इमानदारीका आधारमा यो स्थान हासिल गरेका हुन् ।’

यो विवाद केवल रेफ्रीमा मात्र सीमित रहेन । इराकका उपकप्तान तथा प्रमुख स्ट्राइकर अयमान हुसेनलाई पनि अमेरिका पुगेपछि करिब सात घण्टा सोधपुछका लागि रोकिएको थियो । उनी त्यही खेलाडी हुन् जसले इराकलाई विश्वकपमा पुर्‍याउने निर्णायक गोल गरेका थिए ।

उनका साथै टोलीका एक अन्य खेलाडी र एक फोटोग्राफरलाई पनि सोधपुछ गरिएको थियो । पछि अयमान हुसेनलाई प्रवेश अनुमति दिइयो तर फोटोग्राफरलाई भने अमेरिका प्रवेश गर्न दिइएन ।

रिपोर्ट अनुसार अमेरिका र ईरानबीचको राजनीतिक तनावको असर फुटबलमा पनि परेको छ । ईरानी खेलाडीहरूले प्रतियोगिता सुरु हुन १० दिनअघि मात्र प्रवेशाज्ञा पाएका हुन् । ईरानी प्रतिनिधिमण्डलका केही प्रशासनिक सदस्यलाई भने प्रवेश अनुमति दिइएन । ईरानका राजदूत अली पसंदीदेहले ७० सदस्यीय टोलीमध्ये १५ जनालाई अमेरिका प्रवेश नदिइएको दाबी गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईरानी टोलीको सहभागिताबारे टिप्पणी गर्दै सुरक्षा कारण देखाउँदै प्रश्न उठाएका थिए ।

प्रतियोगिताका प्रवेशपत्रको मूल्यलाई लिएर पनि फिफा आलोचनाको केन्द्रमा परेको छ । युरोपका धेरै समर्थक समूहहरूले महँगो मूल्यको गुनासो गरेका छन् । रिपोर्ट अनुसार समूह चरणको सबैभन्दा सस्तो प्रवेशपत्र करिब १३ हजार रुपैयाँ बराबर १४० अमेरिकी डलरबाट सुरु हुन्छ भने फाइनलको प्रवेशपत्र करिब ८ लाख ३० हजार रुपैयाँ बराबर ८ हजार ६८० डलरसम्म पुगेको छ । माग बढ्दै जाँदा मूल्य स्वतः बढ्ने प्रणालीले समस्या झनै बढाएको आरोप छ ।

स्कटल्यान्डका केही समर्थकहरूले पहिले अनुमति पाए पनि पछि स्थिति परिवर्तन भएको गुनासो गरेका छन् । यसले उनीहरूको यात्रा र होटल खर्च डुबेको बताएका छन् । त्यस्तै केही समर्थकहरूले मैदान नजिकको सिट खरिद गरे पनि पछि थप अस्थायी संरचना बनाइएकाले दृश्य अवरुद्ध भएको आरोप लगाएका छन् ।

१२ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा ४८ टोली सहभागी हुनेछन् र कुल १०४ खेल खेलाइनेछ । तर प्रतियोगिता सुरु हुनुअघि नै देखिएका भिसा समस्या, रेफ्री विवाद, प्रवेशपत्रको महँगो मूल्य र समर्थकका गुनासाले आयोजक तयारीमाथि प्रश्न उठाएको छ ।

विश्व फुटबलको यो महाकुम्भ समयमै सुरु हुने तयारीमा भए पनि, सुरुवातअघि नै देखिएको विवादको लामो सूचीले प्रतियोगिताको चमक केही हदसम्म धमिलो बनाएको देखिन्छ।

Read More

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप सुरु हुन अब केवल तीन दिन बाँकी छ । यसपटकको विश्वकप विगत ९६ वर्षको इतिहासमा सबैभन्दा विशेष र प्रविधिमैत्री संस्करणका रूपमा आयोजना हुँदैछ ।

३९ दिनसम्म चल्ने प्रतियोगिता पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुँदैछ । यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

सुरक्षाका लागि रोबोट कुकुर

विश्वकपका खेलस्थलहरूको सुरक्षालाई थप सुदृढ बनाउन मेक्सिको प्रहरीले विशेष रोबोट कुकुर प्रयोग गर्ने भएको छ । ग्वाडालुपे नगर परिषद्ले करिब एक लाख ४५ हजार अमेरिकी डलर खर्चेर खरिद गरेका यी रोबोट कुकुरले स्टेडियममा कुनै दंगा, झडप वा सुरक्षा चुनौती उत्पन्न भएमा घटनास्थल पुगेर सुरक्षाकर्मीलाई प्रत्यक्ष दृश्य पठाउनेछन् । यसबाट सुरक्षाकर्मीले परिस्थितिको तत्काल मूल्याङ्कन गरी आवश्यक कदम चाल्न सक्नेछन् ।

प्रत्येक क्षणको जानकारी दिने स्मार्ट बल

यसपटकको विश्वकपमा प्रयोग हुने आधिकारिक खेल बलको नाम ‘ट्रायोन्डा’ राखिएको छ । बलभित्र विशेष ‘इनर्सियल मेजरमेन्ट युनिट’ सेन्सर जडान गरिएको छ । यो सेन्सरले प्रति सेकेन्ड ५०० पटक खेलसम्बन्धी तथ्याङ्क भिडियो सहायक रेफ्री प्रणालीमा पठाउनेछ । यसले बलको त्रि–आयामिक गतिविधि र गति रेकर्ड गर्ने भएकाले अफसाइड, ह्यान्डबल तथा अन्य विवादास्पद निर्णयहरूमा बढी शुद्धता आउने विश्वास गरिएको छ ।

उन्नत अफसाइड प्रविधि

यस विश्वकपमा अफसाइड निर्णयका लागि परम्परागत लाइनम्यानको भूमिका निकै सीमित हुनेछ । यसको स्थान उन्नत अर्ध–स्वचालित अफसाइड प्रविधिले लिनेछ । नयाँ प्रणालीले १० सेन्टिमिटरसम्मको सटीकतासहित अफसाइड पहिचान गर्न सक्नेछ । निर्णय भएपछि भिडियो सहायक रेफ्रीमार्फत लामो प्रक्रिया अपनाउनु नपरी रेफ्रीको कानमा रहेको उपकरणमा तत्काल ध्वनि सङ्केत पठाइनेछ । यसले खेलको गति कायम राख्न र निर्णय प्रक्रिया छिटो बनाउन सहयोग गर्नेछ ।

कृत्रिम बुद्धिमत्तायुक्त त्रि–आयामिक खेलाडी प्रतिरूप

फिफाले कृत्रिम बुद्धिमत्तामा आधारित त्रि–आयामिक खेलाडी प्रतिरूप प्रणाली पनि सुरु गरेको छ । यस प्रविधिले प्रत्येक खेलाडीको शरीरको डिजिटल स्क्यान गरी त्रि–आयामिक नमुना तयार पार्नेछ । त्यसको सहायता लिएर खेलाडीको वास्तविक स्थिति, अफसाइड अवस्था तथा विपक्षीलाई अवरोध पुर्‍याएको अवस्थालाई अझ सटीक रूपमा विश्लेषण गर्न सकिनेछ ।

रेफ्रीको शरीरमा क्यामेरा

विश्वकपका सबै १०४ खेलमा रेफ्रीहरूले शरीरमा जडान गरिने विशेष क्यामेरा प्रयोग गर्नेछन् । विश्वका केही प्रमुख फुटबल प्रतियोगितामा परीक्षण भइसकेको यो प्रविधिले दर्शकलाई रेफ्रीकै दृष्टिकोणबाट खेल हेर्ने अवसर दिनेछ । यसबाट मैदानभित्रको वास्तविक अनुभव झन् नजिकबाट महसुस गर्न सकिने आयोजकहरूको विश्वास छ ।

विश्वकप २०२६ मा प्रयोग गरिने यी अत्याधुनिक प्रविधिहरूले खेललाई अझ निष्पक्ष, सुरक्षित र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको विस्तारसँगै प्रविधिको बढ्दो प्रयोगले विश्व फुटबललाई नयाँ युगतर्फ लैजाने विश्वास गरिएको छ ।

Read More

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा आज थाइल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै आज अर्को क्वाटरफाइनल खेलमा हङकङले जापानको सामना गर्दै छ र यो खेल पनि बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।  त्यस्तै युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ ।  यी दुवै खेल विहान ११: ४५ बजेदेखि शुरु हुने छन् ।   १८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुनेछन् ।

Read More

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको समीकरण पुरा, नेपालले थाइल्याण्डसँग खेल्ने

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

आज समुह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देश र क्वाटरफाइनलको समीकरण टुंगो लागेको हो । 

जस अनुसार समुह ए बाट थाइल्याण्ड र जापान, समुह बी बाटयुएई र ओमान, समुह सी बाट इन्डोनेसिया र मलेसिया र समुह डी बाट हङकङ र नेपाल क्वाटरफाइनलमा पुगेका छन् ।

अब क्वाटरफाइनलका खेलहरु बुधबार हुदैछन् ।  जसमा नेपालले थाइल्याण्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ ।  यी दुवै खेल बिहान सवा ७ बजेदेखि शुरु हुने छन् । 

त्यस्तै युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ ।  यी दुवै खेल विहान ११: ४५ बजेदेखि शुरु हुने छन् ।        

१८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् । 

Read More