२०८३ श्रावण १४

माओत्से गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘पेन्सन पट्टा’ को छायांकन सुरु

काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा बन्न लागेको ‘पेन्सन पट्टा’ को छायांकन सुरु गरिएको छ । 

बिहीबार कास्की जिल्लाको ताङतिङ गाउँमा शुभ मुहूर्त गरेपछि फिल्मका मुख्य दुई कलाकार पशुपति राई र गौमाया गुरुङले पहिलो सट दिएर छायांकनको शुरु गरिएको हो ।

 फिल्मको सोही गाउँमा ३५ दिनसम्म छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । 

निर्देशक गुरुङ स्वयंको लेखन रहेको यस फिल्ममा पशुपति र गौमायासहित दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, यासिली राई लगायतको अभिनय रहनेछ ।  माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (बेलायत) र सपना गुरुङ निर्मातामा छन् । 

Read More

बक्स अफिसमा रोकिएन बलिवुड फिल्म धुरन्धर, दुई सातामा कति कमायो ?

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको दुई सातामा पनि घरेलु बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको दुई सातामा ४७९.५० करोड कमाई गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो सातामा २६१.५० करोड कमाई गरेको छ । फिल्मले विहिबार मात्र २५.३० करोड कमाई गरेको थियो । 

फिल्मले पहिलो साताको पहिलो तीन दिन भन्दा दोस्रो साताको पहिलो तीन दिनमा बढी कमाई गरेको छ । फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ ।       

त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा १२० करोड भन्दा बढी भारु कमाएको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

ओस्कर अवार्ड २०२९ देखि युट्युबमा प्रत्यक्ष प्रशारण हुने

काठमाडौँ । मनोरञ्जन जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार समारोह, ओस्करको लागि एउटा ठूलो परिवर्तन हुन लागेको छ ।

२०२९ देखि ओस्कर अब युट्युबमा विशेष रूपमा प्रत्यक्ष प्रसारण हुने भएको हो । यो आधिकारिक रूपमा ओस्कर प्रदान गर्ने संस्था एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले घोषणा गरेको छ ।

ओस्करको २०२८ सम्मको प्रशारण अधिकार एबीसी च्यानलसँग रहेको छ । ओस्कर यसको १००औं वार्षिकोत्सव (२०२८) सम्म एबीसी टिभी च्यानलमा प्रसारण जारी रहनेछ । २०२९ मा, एबीसी र ओस्कर बीचको लामो समयदेखिको साझेदारी समाप्त हुनेछ र कार्यक्रम पूर्ण रूपमा युट्युबमा सर्ने भएको हो ।

युट्युबले मुख्य ओस्कार कार्यक्रम मात्र नभई धेरै अन्य कार्यक्रमहरू पनि प्रस्तुत गर्नेछ, जस्तै: गभर्नर पुरस्कार, ओस्कार मनोनयन घोषणा, ओस्कार मनोनयन लन्च, विद्यार्थी एकेडेमी पुरस्कार, वैज्ञानिक र प्राविधिक पुरस्कार, फिल्म निर्माता अन्तर्वार्ता, पोडकास्ट, र फिल्म-सम्बन्धित शैक्षिक भिडियोहरूलगायत यसका साथै, एकेडेमीका विगतका कलाकृतिहरू र अभिलेखहरू गुगल कला र संस्कृति मार्फत डिजिटल रूपमा अनलाइन उपलब्ध गराइनेछ ।

एकेडेमीका सीईओ बिल क्रेमर र अध्यक्ष लिनेट होवेल टेलरले युट्युबसँगको यो साझेदारीले हामीलाई विश्वव्यापी दर्शकहरूसम्म पुग्न मद्दत गर्ने बताए ।

टिभीमा अवार्ड कार्यक्रमहरूको दर्शक संख्या घटिरहेको समयमा एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले यस्तो कदम चालेको बुझिएको छ । टिभीका दर्शक घटिरहेकै कारणविश्वका प्रमुख अवार्ड कार्यक्रमहरू स्ट्रिमिङ प्लेटफर्महरूमा सरिरहेका छन् । यसअघि पहिले, नेटफ्लिक्सले २०२३ मा साग अवार्डहरूको अधिकार प्राप्त गरेको थियो, जुन ओस्कारको अग्रदूत मानिन्छ ।

Read More

बलिवुड फिल्म धुरन्धर १२ दिनमा चार सय करोड क्लबमा

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको १२ दिनमा चार सय करोडको आँकडा पार गरेको छ ।

पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो सातामा कीर्तिमानी कमाई गरिरहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दोस्रो शुक्रबार ३४ करोड ७० लाख कमाएको थियो भने दोस्रो शनिबार ५३ करोड ७० लाख कमाएको छ । त्यस्तै फिल्मले आइतबार मात्र ५८ करोड २० लाख, सोमबार ३१ करोड ८० लाख र मंलगबार ३२ करोड १० लाख कमाई गरेको छ । फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा ४२८ करोड ५० लाख भारु कमाएको छ ।

फिल्मले पहिलो साताको पहिलो तीन दिन भन्दा दोस्रो साताको पहिलो तीन दिनमा बढी कमाई गरेको छ । फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ ।       

त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा १२० करोड भन्दा बढी भारु कमाएको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

फिल्म ‘मिरमिरे’ को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर

काठमाडौं । चलचित्र ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ । टिजर दर्शकले मन पराइरहेका छन् ।

बुवा र छोरीको इमोस्नल सम्बन्ध रहेको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो । प्रोमोस्नल कन्टेन बाहिर ल्याउन थालेको निर्माण टिमले केही दन पछाडि गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।

सिनेमाको गीत बेनुका राईको स्वर रहेको निर्माण टिमले बताएको छ । बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती हुन् । बेनुका गायिका हुन् । तर, उनी विवाह र दयाहाङ राई अभिनयमा व्यस्त भएपछि गायन त्यति धेरै सक्रिय छैनन् । सिनेमाको कथा भन्ने गीत बेनुकाले गाएको बताइएको छ । बेनुकाको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ । 

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

सिनेमामा लेखन तथा निर्देशन यम शेर्पाको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

Read More

फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत सार्वजनिक

काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ‘सृष्टिकै पहिलो नाम’ बोलको गीत सार्बजनिक गरेको हो । रवि ओडको स्वर र बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतले आमाको माया, समर्पण र छोराप्रतिको लगावलाई प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा विपना थापा, प्रदीप रावत (गजनी भिलेन) र पल शाहलाई केन्द्रमा राखिएको छ । गीतबाट नै फिल्मको कथा आमा-छोराको सम्बन्धमा केन्द्रित रहेको बुझ्न सकिन्छ । 

निर्देशक पन्त स्वयंको कथा र पटकथा लेखन रहेको फिल्ममा विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायतको पनि अभिनय रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।

शहीद दिवसको सार्वजनिक विदा पारेर आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा अमर न्यौपाने, अभिमन्यु निरवी र निर्देशक पन्तको संवाद लेखन, नवराज उप्रेतीको डिओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत तथा गम्भीर विष्ट र दीलिप उखेडाको कोरियोग्राफी रहेको छ ।

Read More

रणवीर सिंहको ‘धुरन्धर’ बक्स अफिसमा आक्रामक, नौ दिनमा तीन सय करोड क्लबमा

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको नवौं दिनमा ३०० करोडभन्दा बढी कमाएको छ ।

पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो शुक्रबार र शनिबार शानदार कमाई गरेको हो । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दोस्रो शुक्रबार ३४ करोड ७० लाख कमाएको थियो भने दोस्रो शनिबार ५३ करोड ७० लाख कमाएको छ । फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा ३०६.४० करोड कमाएको छ ।

त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा ७०.६० करोड भारु कमाएको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

दोस्रो सातामा फिल्म ‘अभिमन्युः च्याप्टर १’, शो घटेकोप्रति असन्तुष्टि

काठमाडौं । विदेशमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्युः च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो ।

दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले ठाउँठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, शो छैन, शो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन् ।

पब्लिक रिभ्यू र समीक्षक दुवैको रिभ्यु राम्रो आएपछि सिनेमा दर्शकले हेर्न खोजिरहेको तर नपाएपछि सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् । निर्माणपक्षले रिभ्यु राम्रो आउँदा र चलचित्र राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षा अनुसार शो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम र चुनौती किन मोल्ने भन्ने प्रश्न उब्जाएको बताएको छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘अभिमन्यु: च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् । शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

Read More

बक्स अफिस रिपोर्ट: परानको कमाई करिब १७ करोड

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर २० गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोड कमाई गरेको छ । परानले अहिलेसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ५ लाख ९८ हजार ३०९ टिकट बेचेको छ ।

त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २६ लाख ६ हजार २४० ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बेचेको छ ।

त्यसैगरी जारी-२ ले अहिलेसम्म ६ करोड २३ लाख ६९ हजार २०० ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल २ लाख ७ हजार ७१४ टिकट बिक्रि भएको छ ।

त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ७९ लाख २ हजार ८७९ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख ४५ हजार ५९ टिकट बिक्रि गरेको छ ।

त्यस्तै यस साता रिलिज भएको फिल्म हर्षले २८ लाख २ हजार ३४६ कमाई गरेको छ भने यस अवधिमा हर्षका ८ हजार ४३६ टिकट बिक्री भएका छन् ।

Read More

तीन दिनमा सय करोड क्लबमा रणवीर सिंहको ‘धुरन्धर’

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ ले घरेलु बक्स अफिसमा तुफान ल्याएको छ ।

धुरन्धरले तीन दिनमा सय करोड कमाई गरेको छ । फिल्मले शुक्रबार २८ करोड भारु कमाई गरेको थियो भने दोस्रो दिन शनिबार ३२ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले तेस्रो दिन आइतबार ४० करोड कमाई गरेको छ । 

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More