२०८३ कार्तिक १३

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीचसँग भेटवार्ता

काठमाडौँ  ।  शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ११ बजेदेखि शुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफलको कार्यसूची रहेको छ ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो ३: १५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने र उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रास्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

Read More

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी (फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी भएका हुन् ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँचदिने भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ । सोमबार (भदौ १६गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

Read More

ओली र मोदीबीच तियान्जिनमा स्ट्याण्ड-अप मिटिङ: सम्वादको नयाँ ढोका कि फोटोशूट ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भारतको सम्बन्ध गहिरो रहेको बताएका छन् ।

चीनको तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग उभिएर भएको भलाकुसारीको तस्विर सार्वजनिक गर्दै मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच आज भेट भएको हो । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि चीन पुगेका हुन् । प्रधानमन्त्री ओलीले हिजो शनिबार चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सि जिनपिङ संग भेटवार्ता गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले भने आज तियान्जिनमा विश्वका विभिन्न देशका नेताहरुसँग उभिएर भेटेका तस्विर सार्वजनिक गरेका छन् । सुरुमा नेपालका प्रधानमन्त्री ओलीसँग उभिएर हात समाएर गरेको भेटको तस्विर सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा नेपालसँगको गहिरो सम्बन्ध रहेको लेखेका छन् ।

जहाँ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यले मोदीलाई नमस्कार गरेकी छिन् । लगत्तै, मोदीले एक्समा माल्दिभ्सका राष्ट्रपतिसँग उभिएरै भेटेको तस्विर सार्वजनिक गरे । त्यसपछि इजिप्टका प्रधानमन्त्री, बेलारुसका राष्ट्रपति, ताजिकिस्तानका राष्ट्रपतिसँग पनि उभिएरै भेटेको तस्विर मोदीले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओली र मोदीबीच यही भेटवार्ता नै साइडलाईन भेटवार्ता हो वा होईन भन्ने खुलेको छैन । तर, प्रधानमन्त्री ओलीले भोलि सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कार्यक्रम तय भएको छ । पुटिनपनि चीन ओर्लिएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते काठमाडौं फर्कने कार्यतालिका छ ।

Read More

ऊर्जा सचिव सुरेश आचार्यको बिदाई

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य बिदा भएका छन् ।

आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक बिदाइ गरेका हुन् । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बिदाई कार्यक्रममा ऊर्जा राज्यमन्त्री खामबहादुर गर्बुजा, मन्त्रालयका सचिवहरू, सहसचिवसहित विभिन्न तह–तप्काका कर्मचारीहरूको सहभागिता थियो।

Read More

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौँ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको तियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई पक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Read More

प्रधानमन्त्री ओलीबाट चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गरेका छन् । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री ओलीले आजै जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले  सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेको थियो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

Read More

प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन (तस्विरहरु सहित)

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले  सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

Read More