२०८३ कार्तिक १३

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले  (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने रुसका राष्ट्रपति भ्लादमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्यसहित पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी रहेका छन् । 

Read More

राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित भएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकले निजामती विधेयक सर्वसम्मतले पारित गरेको हो । 

विधायन व्यवस्थापन समितिले आजै पारित गरेर राष्ट्रिय सभामा पेश गरिएको यस विधेयकले कुलिङ पिरियड समबन्धि प्रतिनिधिसभामा भएको त्रुटिलाई सच्याएको छ ।

प्रतिनिधि सभाबाट पारित भएर आएको यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएका थिए भने १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुसुची थप गरेर समितिले परिमार्जन गरेको थियो । 

Read More

प्रधानमन्त्री ओली र चीनका उपराष्टपति चङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र  चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट आजै बेइजिङ पुगेको थियो । 

प्रधानमन्त्री ओलीले बुधबार बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली बुधबार नै नेपाल फर्किने कार्यतालिका रहेको छ । 

Read More

संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।

मंगलबार बसेको बैठकले समितिकी सभापति तुलसी कुमारी दाहालले समितिले पारित गरेको विधेयकको प्रतिवेदन पेश गरेकी हुन् । प्रतिनिधि सभाबाट साउन ६ गते पारित भएर राष्ट्रिय सभामा आएको यस विधेयकमा रहेको कुलीङ पिरियडमा भएको हेरफेरलाई समितिले सच्याएर २ बर्ष कायम गरेको छ ।

सभापति दाहालले यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएको जानकारी दिएकी छन् । १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुशुची थप गरेर परिमार्जन गरेको सभापति दाहालले जानकारी दिएकी छन् ।

Read More

अर्थमन्त्री पौडेल र विश्‍व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबीच भेटवार्ता भेटघाट भएको छ । 

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए । 

उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।  

अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताए । उनले विधेयकको  लक्ष्य अनुसार अघि बढ्न विश्व  बैंकबाट सहयोगको अपेक्षा गरे । 

विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताए । उनले विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीय प्रदुषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे । 

उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरु  सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताए  । उनले वैकल्पिक विकास वित्त परिचानन सम्बन्धी कानून बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरु पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताए । उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिएका थिए ।

Read More

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज दिउसो २ बजेदेखि बस्ने  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिको हालसम्मको कामको समिक्षाको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफलको कार्यसूची रहेको छ । 

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजे राष्ट्रिय सभाको ४३औं बैठक बस्दैछ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभामा पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

एससीओ शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

शनिबार शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री ओलीले सोमबार सम्मेलनलाई सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यस अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु,  लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथसँग भेटवार्ता गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आजै रुसका राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

Read More

भदौं १३ गतेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २४ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

Read More

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More