२०८३ कार्तिक १३

सामाजिक सञ्जालमाथि सरकारको प्रहार: आज साँझदेखि फेसबुक-युट्युब लगायत बन्द गर्ने तयारी

काठमाडौँ । सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जालमाथि कडाइ गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

एक हप्ता अघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाललाई सूचीकरणको लागि दिएको म्याद बुधबार राति सकिएको हो।

अब त्यस अनुसार, आज साँझदेखि नै सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः बन्द गरिने सरकारको योजना छ। मन्त्रालयका अनुसार, आज दिनभरीमा यस विषयमा मन्त्रीस्तरीय तहबाट निर्णय लिइनेछ, र कार्यान्वयन सुरु हुनेछ ।

कसरी बन्द गरिन्छ ?
सरकारले यसअघि नै मन्त्री परिषदबाट सूचीकरण अनिवार्य गर्ने निर्णय गरिसकेको छ। अब कार्यान्वयन चरणमा सूचना तथा प्रविधि मन्त्रालय अगाडि बढ्नेछ। बन्द गर्ने प्रक्रिया प्राविधिक र कानुनी आधारमा अघि बढाइने जनाइएको छ।

सूचीकरणमा आएका र नआएका सञ्जालहरू
अहिलेसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक र ओपोलाइट जस्ता सञ्जालहरू सूचीकरणमा परेका छन्। टेलिग्राम र ग्लोबल लिंक सूचीकरण प्रक्रियामा छन्।

तर, फेसबुक, युट्युब, एक्स (पूर्व ट्विटर) जस्ता सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालहरूले अझैसम्म सूचीकरण प्रक्रिया पुरा गरेका छैनन्, जसले गर्दा यिनै प्लेटफर्महरू बन्दको मुख्य निशानामा छन् ।

पछिल्लो सन्देश के हो?
सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाललाई नेपाली कानुन अनुरूप सञ्चालन गर्न आग्रह गर्दै आएको छ। अब यसको पालना नगर्नेहरूलाई बन्द गरेर मात्रै अघि बढ्ने सरकारको संकेत प्रष्ट देखिएको छ।

Read More

नवनियुक्त महानिरीक्षक खापुङले गरे दर्ज्यानी चिन्ह ग्रहण

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।

गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव गोकर्ण मणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।    

भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो । खापुङ पहिलो वरीयताका एआईजी थिए । महानिरीक्षक दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा गएका थिए ।

Read More

सामाजिक सञ्जाल दर्ताको समय सिमा सकियो

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा सूचीकृत हुन दिएको सात दिनको समयसिमा गएराती सकिएको छ ।

हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो अन्तिम समयसिमा सकिएपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने या नगर्ने बारे आज निर्णय लिने बताइएको छ ।  

सरकार मन्त्रिपरिषद्को बैठकबाटनै समयभित्र दर्ता नगर्ने सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने निर्णय गरिसकेको छ ।  मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन निर्देशन दिएको थियो । सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले सो सूचना जारी गरेको थियो ।

मन्त्रालयले यसअघि ४ पटक सूचना जारी गरेपनि सामाजिक सञ्जाल कम्पनिले दर्ता हुन इच्छा देखाएका थिएनन् । नेपालमा अहिलेसम्म टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भएका छन् भने फेसबुक, एक्स, युट्युब जस्ता ठुला प्लेटफर्म अहिलेसम्म दर्ता भएका छैनन् । त्यसैगरी टेलिग्राम र ग्लोबल लिंकले दर्ता प्रक्रिया शुरु गरेको बताइएको छ ।

Read More

प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको हैसियत बढायो: परराष्ट्र मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचदिने चीन भ्रमणले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि सुरु भएको भ्रमण भदौ १८ गते सम्पन्न भएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणका उपलब्धिहरूबारे जानकारी दिँदै यसले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी, उपराष्ट्रपतिसहित अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य उद्देश्य चीनको थियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भई नेपालको सहभागिता स्तर अभिवृद्धि गर्ने र राष्ट्रिय हित प्रवर्द्धन गर्ने रहेको थियो । उनले सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षीयता सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन र दिगो विकासका विषयमा विचार प्रस्तुत गरे ।

भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपतिसँग द्विपक्षीय सम्बन्धबारे खुला र सकारात्मक छलफल गरेका थिए । उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाको शीघ्र कार्यान्वयन, रासायनिक मल आपूर्ति, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि र जनस्तरको सम्बन्ध सुदृढीकरणमा सहयोगका लागि आग्रह गरेका थिए । साथै, भारत–चीनबीच लिपुलेक नाकामार्ग सम्बन्धी समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न आग्रह गरे ।

यसैबीच, ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न मुलुकका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै व्यापार, लगानी, शिक्षा, संस्कृति, हवाई सम्पर्कलगायत क्षेत्रमा सहकार्यबारे छलफल गरेका थिए । उनले रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए ।

भ्रमण क्रममा ओलीले थियानजिनस्थित धान अनुसन्धान क्षेत्र, चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक संग्रहालयलगायत स्थलको अवलोकन गरे । बेइजिङमा उनले उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गरी नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन छलफल गरे । साथै, उनले चीनको ८०औँ विजयोत्सव र विशेष सैनिक परेडमा पनि सहभागिता जनाए ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, सांसदहरू तथा उच्चपदस्थ कर्मचारीहरू समेत भ्रमणमा सहभागी थिए । परराष्ट्र मन्त्रालयले भ्रमणलाई नेपालको राष्ट्रिय हित, कूटनीतिक प्रभावकारिता र अन्तर्राष्ट्रिय प्रतिष्ठामा अभिवृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

Read More

विश्व नेतासँग कूटनीतिक वार्ता सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे ।

प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए ।

त्यसक्रममा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित ८०औँ वार्षिकोत्सव तथ विशेष सैनिक परेड कार्यक्रममा सहभागिता जनाएका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते चीनको तियाञ्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

त्यस्तै उनले भ्रमणका दौरान चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

त्यस्तै अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका थिए ।

Read More

प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले  (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने रुसका राष्ट्रपति भ्लादमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ भेटवार्ता गरेका थिए ।

Read More

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लागेका महानिरीक्षक दिपक थापाको बिदाई

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाइ गरेका छन् । 

उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको सेवाको लागि थप महत्वपूर्ण योगदान गर्ने शुभकामना समेत दिए ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था, अमन चयन कायम गर्ने जस्तो महत्वपूर्ण र मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत दिए । 

सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरूदण्डको रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवम् सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताए । आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरू पूर्ण इमानदार रहँदै पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै उक्त अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

Read More

मालपोत कार्यालय धुलिखेलका खरिदार दुई लाख घुससहित नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई २ लाख घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले काभ्रेको दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राही २ लाख घुस र मोबाइलसहित मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकको कार्यालय परिसरबाट बुधबार बिहान नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

आज दिनको १ बजे बस्ने समितिको बैठकमा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल हुने कार्य सूची रहेको छ । 

Read More

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको छैटौं अधिवेशनको  ६०औं बैठक दिनको १ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ( दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More