२०८३ असार ११

ओपेक प्लस देशहरूले तेल उत्पादनको स्तर तय गर्दै

काठमाडौँ । तेल उत्पादक देशहरूको समूह ओपेक प्लसका सदस्य देशहरू आज तेल उत्पादनको स्तर तय गर्न बैठकमा जुटेका छन् ।

यो बैठक संयुक्त अरब इमिरेट्स सहभागी नभएको पहिलो बैठक हो । अल जजिराका अनुसार बैठकमा दैनिक १ लाख ८८ हजार ब्यारेलसम्म उत्पादन बढाउने विषयमा सहमति बन्न सक्ने सम्भावना रहेको छ ।

ओपेक प्लसमा सहभागी देशहरूमा साउदी अरेबिया, इरान, इराक, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, अल्जेरिया, लिबिया, नाइजेरिया, भेनेजुएला, ग्याबोन, इक्वेटोरियल गिनी, कङ्गो, अङ्गोला लगायतका ओपेक सदस्य देशहरू रहेका छन् ।

त्यस्तै, ओपेक बाहिरबाट रूस, काजाखस्तान, अजरबैजान, मलेसिया, मेक्सिको, ओमान, बहरेन, दक्षिण सुडान, ब्रुनेई र सुडान जस्ता देशहरू पनि ओपेक प्लसमा सहभागी छन् ।

युएईले हालै आफुलाई ओपेक र ओपेक प्लस देशहरुको समुहबाट बाहिर राखेको छ ।  शुक्रबार विश्वका प्रमुख तेल उत्पादक देशमध्ये एक संयुक्त अरब इमिरेट्सले ओपेक र ओपेक प्लसबाट औपचारिक रूपमा अलग हुने घोषणा गरेको थियो।

रिपोर्टका अनुसार उत्पादन सीमाप्रति असन्तुष्टि जनाउँदै उक्त देशले यस्तो निर्णय लिएको हो।

Read More

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्न लागेको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरु तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरित शुल्कबारे देखिएको अन्यौलता,वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको हो । विद्यार्थी भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधिलगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिधिलाई एकै ठाउँमा बोलाईएको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका सङ्घका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासङ्का अध्यक्ष सहभागी हुनुहुनेछ भने गृहमन्त्राल र शिक्षा मन्त्रालयका उच्चअधिकारीको उपस्थिति रहनेछ । 

केही संस्थागत विद्यालयहरुले कानुन विपरित शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि गैरकानुनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयले हालै निर्देशन दिएको थियो ।

सङ्घीय सरकारले विद्यालयहरुलाई वैशाख १५ बाट विद्यालय भर्ना थाल्न र वैशाख २१ गतेबाट पठनपाठन सुरु गराउन निर्देशन दिएको थियो । तर काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले वैशाख ११ गतेदेखि नयाँ भर्ना अभियान सुरु गर्न र वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गराउन निर्देशन दिएका थिए ।

Read More

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ ।

आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो । सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ  ।

भोजपुरको कटुञ्जेका इन्द्र चाम्लिङको सो घर भत्काउने भएपछि सामान निकाल्न प्रहरीहरूले सहयोग गरिरहेका छन् भने ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेर डोजरले घर भत्काउन समेत शुरु गरेको छ ।

Read More

शंकर पोखरेलको प्रश्न- के यी तथ्यलाई बालेन सरकारले हेरेको छ ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको पछिल्लो भूमिसम्बन्धी कदमबारे प्रश्न उठाएका छन् ।

के यी तथ्यलाई वालेन सरकारले हेरेको छ ? भन्दै महासचिव पोखरेलले काठमाडौँ महानगरपालिकासहित देशभर भूमिसम्बन्धी समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै भूमि आयोगमा परेका निवेदनअनुसार देशभर ९८ हजार ५०२ दलित भूमिहीन सुकुम्बासी, १ लाख ८० हजार २९३ भूमिहीन सुकुम्बासी तथा ९ लाख ३० हजार ७९० अव्यवस्थित बसोबासी गरी जम्मा १२ लाख ९ हजार ५८५ जनाले निवेदन दिएको उल्लेख गरेका छन् । 

यसबाहेक केही हजार वास्तविक भूमिहीन अझै सूचीबाहिर हुन सक्ने अनुमान गरिएको उल्लेख गर्दै उनले केवल काठमाडौँ उपत्यकामा मात्रै करिब एक लाख सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको अनुमान रहेको बताएका छन् ।

पोखरेलले संसदले यसअघि नै यी समस्याको समाधानका लागि कानुनी व्यवस्था गरिसकेको उल्लेख गर्दै ९ लाखभन्दा बढी अव्यवस्थित बसोबासीले बनाएका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति हुने चेतावनी दिएका छन् । उनका अनुसार यो केवल संरचना भत्काउने विषय मात्र नभई पहाडबाट शहरतर्फ बसाइँ सरेका नागरिकहरूको जीवन, रोजगारी र अस्तित्वसँग जोडिएको जटिल सामाजिक–आर्थिक प्रश्न भएको उनको जिकिर छ ।

उनले लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरिए करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताउदै यसले राज्यको अर्थतन्त्र र सामाजिक स्थायित्वमा गम्भीर असर पार्न सक्ने र यस्तो कदम संसदले बनाएको कानुनको मर्मविपरीत हुन सक्ने उनको दाबी छ ।

काठमाडौँ महानगरपालिका र भूमि आयोगबीच सहकार्य गर्ने सहमति भए पनि हालसम्म पूर्ण तथ्यांक उपलब्ध नभएकाले समस्या थप जटिल बनेको पोखरेलको भनाइ छ । उनले यस्तो संवेदनशील विषयमा नीतिगत निर्णय लिनुअघि विद्यमान कानुन, तथ्यांक र जनजीवनको वास्तविक अवस्थाको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

Read More

माइतिघरमा विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा ऐक्यवद्धता र्याली

काठमाडौँ ।  आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । यसै अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता र्याली निकालेको छ ।

र्यालीमा महासंघका पदाधिकारीसहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।  महासंघले ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन’ भन्ने नारा सहितको ऐक्यवद्धता र्याली गरेको हो । र्यालीमा सहभागिहरुले विभिन्न नारा लेखिएका पम्पलेट बोकेका थिए ।

Read More

तुइन खोला नजिक पहिरो हटाइयो, सडक दुइतर्फी सुचारु

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै पहिरो जादा  एकतर्फी भएको सडक अहिले दुवैतर्फ सुचारु भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माथिबाट ढुंगाहरू झर्दा सडक एकतर्फी संचालनमा रहेको र मेशिन परिचालन गरेर पहिरो पन्छाएपछि अहिले सडक दुई तर्फी सूचार भएको छ ।

Read More

आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५०१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

Read More

‘बालेनको साथीको घर’ भन्दै भाइरल भएपछी यस्तो छ सांसद केपी खनालको स्पष्टीकरण

काठमाडौँ । केपी खनालको तीनतले घरलाई लिएर सामाजिक सञ्जालमा बहस चुलिएको छ। ‘बालेनको साथीको घर’ भन्दै तस्बिर भाइरल भएपछि उनले घरको स्रोत र जग्गाबारे स्पष्टीकरण दिएका हुन्।

खनालका अनुसार उक्त घर उनको व्यक्तिगत आम्दानीले नभई आमा–बुवाको वर्षौँको मेहनतबाट बनेको हो। ऐलानी जग्गामा घर बनेको आरोपबारे उनले सुदूरपश्चिम तराई क्षेत्रमा धेरैजसो बस्ती यस्तै जग्गामा रहेको उल्लेख गर्दै यो सार्वजनिक वा सरकारी जमिन नभएको स्पष्ट पारे।

उनले दशकौँदेखि बसोबास गर्दै आएको तर लालपुर्जा नभएको जग्गामा घर निर्माण गरिएको बताए। साथै, आफ्नो परिवारले भारतमा लामो समयसम्म काम गरेर कमाएको आम्दानीबाट घर बनेको दाबी गरे।

परिवारको दुःख–मिहिनेतबाट बनेको सम्पत्तिमाथि प्रश्न उठाइएकोप्रति दुःख व्यक्त गर्दै खनालले आफू भने देशमै बसेर केही गर्ने सोचका साथ अघि बढिरहेको बताएका छन्।

Read More

भदौ २३-२४ घटनाको प्रतिवेदन चाँडै सरकारलाई बुझाउँछौँ: मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र र मानव अधिकारको परिकल्पना सम्भव नहुने बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा प्रेस स्वतन्त्रतालाई केवल उत्सव होइन, अधिकार रक्षाको आन्दोलनका रूपमा मनाउनुपर्ने अवस्था रहेको उल्लेख गरे।

उनका अनुसार अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको मुख्य आधार हो तर पछिल्लो समय सरकारका केही कदमले यसमा असर पर्ने संकेत देखिएको छ। प्रविधिसँगै पत्रकारिताको स्वरूप बदलिए पनि कानुनी संरचना अद्यावधिक नहुँदा समस्या बढेको उनले बताए। विशेषगरी ‘विद्युतीय कारोबार ऐन, २०६३’ लाई पत्रकारमाथि चयनात्मक रूपमा प्रयोग गरिएको भन्दै उनले आपत्ति जनाए।

भदौ २३ र २४ का घटनाको सन्दर्भ उठाउँदै दुवाडीले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहारको संज्ञा दिए। कानुनी आधारबिना प्रशासनिक निर्णयबाट अधिकार कुण्ठित गर्नु निरंकुश प्रवृत्ति भएको उनको टिप्पणी छ। सो घटनाबारे आयोगले तयार पारेको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाइने उनले जानकारी दिए।

आयोगका सिफारिस कार्यान्वयनमा सरकार उदासीन देखिएको भन्दै उनले मानव अधिकारमैत्री वातावरण निर्माणका लागि नेपाल बार एशोसिएशन, पत्रकार र अधिकारकर्मीबीच एकता आवश्यक रहेकोमा जोड दिए। साथै प्रेस स्वतन्त्रताको पक्षमा आयोग सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

Read More

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-४ विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय दिलीप तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More