२०८३ कार्तिक ८

एशियन गेम्स क्वालिफायर्स र एसीसी प्रिमियर कप खेल्ने महिला क्रिकेट टिमको बिदाई

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको बिदाई गरेको छ ।

क्यानले दुवै प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया जानु अघि आइतबार बिदाई गरेको हो । 

नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

त्यस्तै बैकल्पिक खेलाडीहरुमा सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको छ ।

एशियन गेम्सको क्वालिफायर्स प्रतियोगिता मलेसियामा मे २३ देखि ३१ सम्म हुदै छ भने एसीसी वुमन्स प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा नै हुदैछ ।

Read More

शैक्षिक परामर्श केन्द्रमा गरिएको धरपकडप्रति इक्यानको आपत्ति

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले कानुनी प्रक्रियागत निष्पक्षतालाई कडाइका साथ समर्थन गर्दै कुनै पनि अनुसन्धान वा कारबाहीमा यसको पूर्ण पालना अनिवार्य हुनुपर्ने जनाएको छ ।

हालै प्रहरीले विभिन्न शैक्षिक परामर्श केन्द्रमा छापा मारेर संचालकलाई गरेको पक्राउप्रति संघले आफ्नो आधिकारिक धारणा सार्बजनिक गर्दै केही व्यक्तिगत घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधसँग जोड्ने प्रवृत्ति गलत भएको बताएको हो ।

संघले दोष व्यक्तिगत रूपमा मात्र निर्धारण हुनुपर्ने र समग्र क्षेत्रलाई बदनाम गर्न नहुनेमा जोड दिइएको छ । यस्ता गतिविधिले वैधानिक संस्थाको प्रतिष्ठा, लगानीको सुरक्षा र उद्यमशीलताको अधिकारमा असर पार्ने चेतावनी पनि दिइएको छ ।

संघले प्रशासनिक गल्ती र गम्भीर आपराधिक ठगीबीच स्पष्ट छुट्याउनुपर्ने माग गर्दै तीन तहको वर्गीकरण लागू गर्न सुझाव दिएको छ । ठगी, नक्कली कागजात वा आर्थिक हिनामिनालाई कडा कानुनी कारबाही गर्नुपर्ने, जबकि नवीकरण ढिलाइ वा कागजी कमजोरी जस्ता विषयमा जरिवाना र सुधारको समय दिनुपर्ने उसको भनाइ छ । यस्तै कानुनी अस्पष्टताबाट उत्पन्न विवादमा संवाद र स्पष्टता आवश्यक हुने उल्लेख गरिएको छ ।

अभियोग प्रमाणित नहुँदै नाम सार्वजनिक गर्ने अभ्यासले निर्दोष मानिने अधिकारको उल्लङ्घन हुने भन्दै संघले यस्ता कार्य रोक्न आग्रह गरेको छ । साथै, अस्थिर नियामकीय वातावरणले लगानी, रोजगारी र उद्यमशीलतामा त्रास बढाएको चेतावनी दिइएको छ ।

संघले यो क्षेत्र नेपालका हजारौँ रोजगारी, ठूलो मात्रामा वैदेशिक मुद्रा आर्जन र मानव पूँजी विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताएको छ । वार्षिक ठूलो संख्यामा विद्यार्थी विदेश अध्ययनका लागि जाने र त्यसबाट अर्बौँ रुपैयाँको आर्थिक योगदान हुने उल्लेख गरिएको छ ।

त्यसैगरी, डिजिटल शिक्षा परामर्श र अनलाइन भर्ना प्रणालीहरू स्पष्ट कानुनी दायरामा नआउँदा असन्तुलन बढेको संघको भनाइ छ । भौतिक रूपमा दर्ता भएका संस्था कडा अनुगमनमा हुँदा अनलाइन तथा विदेशी प्लेटफर्म भने नियमनबाहिर रहेको, जसले कर, पारदर्शिता र डेटा सुरक्षामा समस्या ल्याएको उल्लेख गरिएको छ ।

संघले शिक्षा परामर्श क्षेत्रलाई स्पष्ट कानुनी संरचनाभित्र ल्याउन सरकारसँग निरन्तर समन्वय र नीतिगत सुधारको आवश्यकता औँल्याएको छ ।

Read More

चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच मंगलबार सिनेमाको वितरणलाई लिएर कागजी सम्झौता भएको छ ।

चलचित्र ‘बाः एक योद्धा’ र सिने डिस्ट्रिब्युसनका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामीबीच सम्झौता भएको हो । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका हुन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । चलचित्रमा अभिनेत्री झरना थापा, सुहाना थापा, अभिनेता दिव्यदेव पन्तलगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा ‘बाः एक योद्धा’को मुख्य कथानक हो ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् ।

Read More

पार्टी एकता मजबुत बनाउन प्रयास गरिरहेको छु- सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता मजबुत बनाउन आफू निरन्तर प्रयासरत रहेको बताएका छन्।

प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझ के गर्नुपर्ने हो स्पष्ट रूपमा बताउन आग्रह गरेका हुन् ।

उनले भने- ‘सबैलाई सँगै लिएर जाने भनेर खुलेरै भनिरहेको छु, बन्द कोठामा पनि यही कुरा दोहोर्‍याएको छु । अझ निहुरिएर र हात जोडेर पनि आग्रह गरेको छु । अब के गर्दा प्रयास मानिने हो ?’

नेता पूर्णबहादुर खड्काले हालै पार्टी फुटको जोखिमबारे दिएको अभिव्यक्तिप्रति संकेत गर्दै थापाले नेताहरूसँग निरन्तर संवाद भइरहेको बताए । उनले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैलाई अवसर नदिने नीति नहुने स्पष्ट पारेका थिए । पार्टीका कुनै पनि तहमा त्यस आधारमा निर्णय नहुने उनको भनाइ थियो ।

क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी विवादबारे पनि उनले टिप्पणी गर्दै नयाँ सदस्यता र युवा सहभागितालाई अवरोध गर्न नहुने बताए ।

उनले पुराना नेताहरूलाई समेत समेटेर अघि बढ्ने र सबैलाई सम्मानजनक स्थान दिँदै काम गर्न चाहेको धारणा राख्दै आगामी महाधिवेशनका लागि निष्पक्ष संरचना बनाउन सबै पक्षसँग नाम सुझाव मागिएको बताए ।

उनले विशेष महाधिवेशनमा सहभागी नभएका पक्षलाई पनि समेटेर अघि बढ्न आफूले काम गरिरहेको बताउदै सार्वजनिक मञ्चदेखि नेताहरूको घरदैलोमा पुगेर समेत एकता कायम गर्न प्रयास गरे पनि केही नेताहरूले त्यस्तो प्रयास नभएको भनेर टिप्पणी गर्ने गरेको गुनासो गरेका थिए ।

Read More

बुटवलमा भूमिहीनको प्रदर्शन

बुटवल । सरकारले सार्वजनिक जग्गा संरक्षणको नाममा वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको आरोप लगाउँदै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आज बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा ठूलो संख्यामा सहभागीहरू सडकमा उत्रिएका थिए ।

प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको थियो । त्यहाँबाट मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेपछि कार्यक्रम सभामा परिणत गरिएको समितिले जनाएको छ ।

प्रदर्शनमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको उल्लेख्य उपस्थिति रहेका २२ भन्दा बढी जिल्लाबाट आएका मानिसहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिएका थिए । प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

आयोजकहरूले सरकारले लामो समयदेखि बसोबास गर्दै आएका बस्तीलाई वैकल्पिक व्यवस्था बिना हटाउने प्रयास गरेको भन्दै तत्काल समाधान खोज्न माग गरेका छन् ।

Read More

विजय मुख्यमन्त्री बनेपछि रजनीकान्तको टिप्पणी- मलाई कुनै ईर्ष्या छैन

काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् ।

उनले विजयले कम उमेरमै पूर्व अभिनेता तथा राजनीतिज्ञ एनटीआरभन्दा पनि धेरै उपलब्धि हासिल गरेको बताउदै उनले भने-  ‘मानिसलाई विजयबाट धेरै आशा छ । मलाई विश्वास छ उनले त्यो आशा पुरा गर्ने छन् । तर उनलाई पहिलो दुई बर्ष कुनै किसिमको विरोध नगरी काम गर्न दिनुपर्छ । उनका समर्थकले यो कुरा ध्यान दिनुपर्छकी उनको सम्मानमा कुनै नोक्सान नपुगोस ।’

आइतबार आयोजित पत्रकार सम्मेलनमा रजनीकान्तले सञ्चारकर्मीले अचानक विजयबारे प्रश्न सोध्दा आफू आश्चर्यचकित भएको बताएका थिए। उनले विजयप्रति आफू खुसी रहेको र कुनै ईर्ष्या नभएको स्पष्ट पारेका थिए । उनले विजयका समर्थकलाई पनि मुख्यमन्त्रीको सम्मानमा आँच पुग्ने कुनै गतिविधि नगर्न सचेत गराएका छन् ।

रजनीकान्तले सिनेमा र सामाजिक सञ्जालले ६० वर्ष पुरानो द्रविड राजनीतिमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको पनि बताएका छन् । 

तमिलगा वेत्री कडगमका अध्यक्ष सी जोसेफ विजयले गत मे १० मा तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका थिए ।

Read More

रुसमाथि युक्रेनको भीषण ड्रोन हमला, ४ जनाको मृत्यु

काठमाडौँ । रसियामा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ। रुसले यसलाई पछिल्लो एक वर्षयताकै सबैभन्दा ठूलो ड्रोन हमला भएको दाबी गरेको छ।

अधिकारीहरूका अनुसार मस्को क्षेत्रमै तीन जनाको ज्यान गएको छ भने बेल्गोरोड क्षेत्रमा एक जनाको मृत्यु भएको हो। मस्को नजिकको खिम्की क्षेत्रमा ड्रोन खस्दा एक महिलाको मृत्यु भएको र पोगोरेल्की गाउँमा थप दुई पुरुष मारिएको जानकारी दिइएको छ।

सेर्गेई सब्यानिनका अनुसार रातिदेखि मस्कोतर्फ आएका ८१ वटा ड्रोन नष्ट गरिएको छ। आक्रमणका क्रममा करिब एक दर्जन व्यक्ति घाइते भएका छन्। केही आवासीय भवन र पूर्वाधारमा क्षति पुगेको बताइएको छ।

रुसको रक्षा मन्त्रालयले भने रातभर देशका विभिन्न क्षेत्रमा कुल ५५६ वटा ड्रोन खसालिएको दाबी गरेको छ। मस्कोको शेरेमेत्येभो विमानस्थल क्षेत्रमा पनि ड्रोनका टुक्रा फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ।

पछिल्ला महिनाहरूमा रुस–युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र बन्दै गएका छन्। राजधानी मस्कोलाई नै लक्षित गर्दै लगातार हमलाहरू हुन थालेपछि रुसभित्र सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको विश्लेषण गरिएको छ।

Read More

संविधान सुधारका नाममा राजनीतिक खेल नगर्न कांग्रेस नेता केसीको चेतावनी

काठमाडौँ । अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा अनुभवी संविधानविद्को नेतृत्वमा छुट्टै सुझाव आयोग गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

प्रजातान्त्रिक विचार समाजले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले संविधान संशोधनलाई कुनै एक दलको इच्छाअनुसार अघि बढाउन नहुने बताएका हुन्।

उनले संसदभित्र र बाहिर रहेका सबै राजनीतिक शक्ति, विज्ञ र सरोकारवालालाई समेटेर राष्ट्रिय बहस आवश्यक रहेको धारणा राखे। “संविधानले कुनै पार्टीको मात्रै अभिमत प्रतिनिधित्व गर्नु हुँदैन, व्यवहारमा देखिएका कमजोरीलाई आधार बनाएर सुधारको बहस हुनुपर्छ,” केसीले भने।

उनका अनुसार आयोगले संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या, अस्पष्टता र सुधार गर्नुपर्ने पक्षबारे सुझाव दिनेछ।

केसीले यस विषयमा आफूले नेपाली कांग्रेसका सभापति र महामन्त्रीलाई समेत सुझाव दिइसकेको जानकारी दिए।

Read More

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने

काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् ।

आइतबार भएको महानगरको ४९औं कार्यपालिका बैठकमा डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरिएको थियो ।

डंगोलले काठमाडौँ महानगरले आयोजना गर्ने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाको लागि आफु त्यसतर्फ जान लागेको बताएकी छन् ।

फ्रान्सको कान्समा जारी फिल्म फेस्टिभल मे १२ देखि शुरु भएको छ भने मे २३ सम्म चल्ने छ । 

Read More

सरकारमाथि महरको आरोप: ‘चयनात्मक कारबाहीको संकेत देखियो’

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत गएको आरोप लगाएका छन्।

स्कुल अफ डेमोक्रेसीले काठमाडौँमा आयोजना गरेको ‘लोकतन्त्रमा विधिको शासन’ विषयक कार्यक्रममा बोल्दै महरले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक देखिएको टिप्पणी गरे।

उनले आयोगलाई निष्पक्ष अनुसन्धानका लागि नभई सरकारसँग असहमत हुने व्यक्ति र राजनीतिक शक्तिलाई लक्षित गर्ने माध्यम बनाउने प्रयास भइरहेको आशंका व्यक्त गरे। “राज्य संयन्त्र प्रतिशोध साँध्ने उपकरण बन्न थाल्यो भने त्यो विधिको शासन होइन, व्यक्तिको शासनतर्फको संकेत हो,” महरले भने।

महरले भ्रष्टाचार नियन्त्रणका नाममा हुने हरेक कारबाही निष्पक्ष र समान हुनुपर्ने उल्लेख गर्दै सम्पत्ति छानबिन सत्ता, प्रतिपक्ष, कर्मचारीतन्त्र र सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिमा समान रूपमा लागू हुनुपर्ने धारणा राखे।

उनले लोकतन्त्रमा कसैलाई जोगाउने र कसैलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने भन्दै राज्यका निर्णय राजनीतिक पूर्वाग्रहबाट प्रभावित भए जनविश्वास कमजोर बन्ने चेतावनी दिए।

महरले २०१७ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने माग आफूहरूले निरन्तर उठाउँदै आएको पनि बताए।

Read More