२०८३ जेष्ठ २३

युद्धविराम कार्यान्वयन गर्ने सहमतिपछि लेबनानमा इजरायलको आक्रमण

काठमाडौँ । अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्धविराममा सहमति भएको केही घण्टामै दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमण भएको छ ।

आक्रमणमा केही व्यक्ति घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली ड्रोनले दक्षिणी लेबनानको जेफ्ता–कफरवा सडकमा गुडिरहेको एक सवारीसाधनलाई निशाना बनाएको थियो । आक्रमणमा घाइते भएकाहरूको संख्या र स्वास्थ्य अवस्थाबारे भने तत्काल जानकारी सार्वजनिक गरिएको छैन ।

यसैबीच, दक्षिणी लेबनानको नबातियेह जिल्लामा पनि इजरायली ड्रोनले अर्को आक्रमण गरेको बताइएको छ । कफर रेमान र हब्बुश नगरबीचको सडक क्षेत्रमा आक्रमण भएको हो ।

अल जजिरा अरबीका अनुसार ड्रोनले कफर रेमान र हब्बुशलाई जोड्ने सडकलाई लक्षित गरेको थियो । आक्रमणमा कुनै सवारीसाधनलाई निशाना बनाइएको थियो वा थिएन भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

घटनाबाट भएको क्षति तथा सम्भावित मानवीय हताहतबारे थप विवरण आउन बाँकी रहेको छ । युद्धविराम सहमतिपछि भएको यो आक्रमणले क्षेत्रीय तनाव पुनः बढ्ने आशंका उत्पन्न गरेको छ ।

Read More

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले नयाँ कलाकार सार्बजनिक गरेको छ । छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो ।  

सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले आज सार्वजनिक गरेको छ । छायांकन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी कलाकारलाई निर्माण टिमले गोप्य राखेको थियो ।

‘बाः एक योद्धा’मा यी बाहेक मुख्य भूमिकामा अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त छन् । यी कलाकारको नाम भने यसअघि नै सार्वजनिक भइसकेको थियो । कलाकारको यो लाइनअपले सिनेमा बलियो बनेको अनुमान गर्न सकिन्छ । सागर खनाल चलचित्र ‘११ः५५ तथा शिशिर सिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट तारिफ बटुलेका अभिनेता हुन् । 

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । सिनेमाको कथासँग रिलिज डेट म्याच गराउँदै यो सिनेमा कुशे औंसीमा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

Read More

मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेल अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपाल र मलेसिया दुवै एशियन गेम्समा छनौट भएका छन् भने यस खेलको नतिजाबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

आजको खेलमा  दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी खेल्दै छन् ।

Read More

माउन्ट एभरेस्ट पावरको सर्वसाधारणका लागि आइपिओ असार ३ गतेदेखि

काठमाडौँ । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले साधारण सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार ३ गतेदेखि १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यो आईपीओको प्रारम्भिक बन्द मिति असार ८ गते तोकिएको छ । तर पूर्ण आवेदन नपरेमा यो अवधि असार १७ गतेसम्म बढाइनेछ ।

कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।

यसअन्तर्गत १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि वितरण भइसकेको छ । बाँकी २० प्रतिशतमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

त्यस्तै, कुल निष्कासनको २ प्रतिशत अर्थात ३४ हजार ४ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । अब बाँकी १४ लाख २७ हजार ६ सय कित्ता सेयर सामान्य सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो ।

यस आईपीओका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन तथा बैंक सुविधालाई ‘सीएआरई एनपी बीबी प्लस’ र अल्पकालीन बैंक सुविधालाई ‘सीएआरई एनपी ए फोर प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ ।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड सन् २०१४ नोभेम्बर १६ मा स्थापना भएको सार्वजनिक लिमिटेड कम्पनी हो । यसले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना सन् २०२४ जुलाई ३१ देखि सञ्चालन गर्दै आएको छ ।

Read More

इजरायल र लेबनान युद्धविरामलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत

काठमाडौँ । अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि इजरायल र लेबनान युद्धविरामलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत भएका छन् । सम्झौताअनुसार दक्षिणी लेबनानबाट हिजबुल्लाहको उपस्थिति हटाउने र त्यहाँको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विषयमा सहमति भएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार दुवै पक्षले यसअघि लागू गरिएको युद्धविरामको सम्मान गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सहमतिअनुसार हिजबुल्लाहले दक्षिणी लेबनानस्थित लितानी नदी क्षेत्रबाट आफ्नो उपस्थिति हटाउनुपर्नेछ भने त्यस क्षेत्रबाट हुने सबै प्रकारका आक्रमण तथा गोलीबारी पूर्ण रूपमा बन्द गर्नुपर्नेछ ।

सम्झौताअन्तर्गत केही परीक्षण क्षेत्र पनि निर्धारण गरिनेछन्, जहाँ केवल लेबनानी सेनाको मात्र तैनाथी रहनेछ । ती क्षेत्रमा कुनै पनि गैरसरकारी सशस्त्र समूहलाई उपस्थित हुन अनुमति दिइने छैन । यो नयाँ युद्धविराम भने होइन । गत मे महिनामा लागू गरिएको युद्धविरामलाई थप ४५ दिनका लागि विस्तार गरिएको थियो । पछिल्लो सहमति सोही व्यवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।

इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयनमा सहमति भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । यसले पश्चिम एसियामा तनाव कम हुने अपेक्षा बढाएको विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ६७ सेन्ट अर्थात् ०.६९ प्रतिशतले घटेर प्रतिव्यारेल ९७.१४ अमेरिकी डलरमा पुगेको छ। यस्तै, अमेरिकी डब्लुटिआई कच्चा तेलको मूल्य ६२ सेन्ट अर्थात् ०.६५ प्रतिशतले घटेर प्रतिव्यारेल ९५.४० अमेरिकी डलरमा कारोबार भएको छ ।

विश्लेषकहरूका अनुसार इजरायल–लेबनान युद्धविराम कार्यान्वयनसम्बन्धी सहमतिले बजारमा सकारात्मक सन्देश दिएको छ । लगानीकर्ताहरूले क्षेत्रीय तनाव घट्दै गएमा अमेरिका, इजरायल र इरानसँग सम्बन्धित ठूला द्वन्द्व समाधानतर्फ अघि बढ्न सक्ने अपेक्षा गरेका छन् ।

Read More

आमिर खानले प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै

काठमाडौँ । बलिउड अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्रैट छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार दुवैले जुलाई ५ मा एक निजी समारोहमा विवाह गर्ने तयारी गरेका छन् ।

विवाह भव्य कार्यक्रम वा ठूलो रिसेप्सनबिना सानो पारिवारिक समारोहमै सीमित रहने बताइएको छ । उनीहरूले सानो हस्ताक्षर समारोहमार्फत आफ्नो सम्बन्धलाई औपचारिक बनाउनेछन् । आमिर खानले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक रूपमा स्वीकार गरेका थिए । यो विवाह आमिर खानको तेस्रो विवाह हुनेछ ।

यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए । सन् २००२ मा सम्बन्धविच्छेद भएपछि उनले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । सन् २०२१ मा आमिर र किरणबीच सम्बन्धविच्छेद भएको थियो ।

मिडिया रिपोर्ट अनुसार आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि लिभ–इन सम्बन्धमा बस्दै आएका छन् । दुवै एकैसाथ सुखी र स्थिर जीवन बिताइरहेका छन् । अब उनीहरूले परिवारको उपस्थितिमा कानुनी रूपमा सम्बन्धलाई अघि बढाउने निर्णय गरेका छन् । विवाह कार्यक्रममा केवल परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।

गौरी स्प्रैट बैंगलोरकी सैलुन व्यवसायी तथा फेसन प्रोफेशनल हुन् । उनी मिश्रित सांस्कृतिक पृष्ठभूमिबाट आएकी हुन् । उनका बुबा तमिल–ब्रिटिस मूलका र आमा पंजाबी–आयरिस मूलकी हुन् । उनी १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनसँग जोडिएका ब्रिटिस कम्युनिस्ट फिलिप स्प्रैटकी नातिनी पनि हुन् । गौरीले लन्डन विश्वविद्यालय अफ द आर्ट्सबाट फेसन र स्टाइलिङ अध्ययन गरेकी हुन् । हाल उनी मुम्बईमा ‘बीब्लन्ट’ सैलुन सञ्चालन गरिरहेकी छिन् । उनी आमिर खान प्रोडक्सनसँग पनि काम गरिरहेकी बताइन्छ ।

आमिर खान र गौरी एकअर्कालाई झण्डै २५ वर्षदेखि चिन्ने साथी हुन् । पछि उनीहरूबीच प्रेम सम्बन्ध विकसित भएको हो । सम्बन्ध सार्वजनिक भएपछि गौरीलाई विभिन्न सार्वजनिक कार्यक्रममा आमिरसँग देखिँदै आएको छ ।

आमिरले एक पुरानो अन्तर्वार्तामा गौरीसँगको सम्बन्धले आफूलाई पूर्ण महसुस गराएको बताएका थिए । यसअघि आमिरले रीना दत्ता र किरण रावसँगको सम्बन्धलाई पनि गहिरो भएको तर समयसँगै अन्त्य भएको स्वीकार गरेका थिए ।

रीना दत्तासँग उनको पहिलो विवाह १६ वर्ष टिकेको थियो भने किरण रावसँगको दोस्रो विवाह १५ वर्षपछि २०२१ मा टुंगिएको थियो । दुवै सम्बन्धबाट उनका तीन सन्तान छन् ।

Read More

ठमेलका मसाज र स्पा सेन्टरमा महानगरको अनुगमन, बालश्रम र शोषण रोक्न कडाइ गर्ने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालनमा रहेका मसाज सेन्टर र स्पा व्यवसायहरूको अनुगमन गरेको छ।

वडा नम्बर २६ अन्तर्गतको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले अनाहत नेपाल, नेपाल प्रहरी र महानगर प्रहरीको सहकार्यमा बुधबार संयुक्त अनुगमन गरेको हो। अनुगमनको मुख्य उद्देश्य ठमेल क्षेत्रमा हुन सक्ने बाल यौन शोषण तथा बालश्रमजन्य गतिविधि रोकथाम गर्नु रहेको बताइएको छ।

अनुगमनका क्रममा केही मसाज तथा स्पा सेन्टरहरू आचारसंहिता विपरीत सञ्चालन भएको तथा केही व्यवसायहरू आवश्यक दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको समितिले जनाएको छ।

वडामा पछिल्लो समय होटल, लज, गेस्ट हाउस, खाजाघर, मसाज र स्पा जस्ता व्यवसायहरूमा विभिन्न बहानामा १८ वर्षमुनिका बालिकालाई श्रममा लगाउने वा यौन शोषणमा प्रयोग गर्ने गुनासो बढेपछि अनुगमनलाई तीव्र पारिएको समितिका संयोजक शान्ता प्रजापतिले बताए।

उनका अनुसार १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण काम, श्रम वा यौन शोषणमा लगाउनु कानुनविपरीत हो र यस्तो गतिविधि भेटिएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र बालश्रम (निषेध र नियमित गर्ने) ऐनअनुसार कडा कारबाही गरिनेछ।

महानगरपालिकाले ठमेल क्षेत्रमा सञ्चालित मसाज तथा स्पा सेन्टरहरूको नियमित अनुगमन गर्ने जनाएको छ। साथै, व्यवसायहरूले कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य राख्नुपर्ने र सबै व्यवसायिक स्थलमा ‘बालश्रम र यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड राख्नुपर्ने निर्देशन दिइएको छ।

संयोजक प्रजापतिले आफ्नो वडा बालमैत्री र सुरक्षित बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै बालबालिकाको भविष्यसँग खेल्ने जोकोही पनि कानुनी कारबाहीको दायरामा आउने बताए।

Read More

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

काठमाडौँ ।  रोल्पाको माडी गाउँपालिका–०२ घर्तिगाउँस्थित सहिद मार्गको कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

अस्थायी नम्बर प्लेट भएको बोलेरो गाडी सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा दुई पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ भने मृतकहरूको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी उद्धार तथा अनुसन्धानमा खटिएको जनाएको छ ।

Read More

सगरमाथा क्षेत्रमा सात दिनदेखि बेपत्ता दावा शेर्पा जीवितै फेला

काठमाडौँ । सगरमाथाको हिउँमा सात दिनसम्म हराएका दावा शेर्पा आज बिहान जीवितै फेला परेका छन् । उनी खुम्बु आइसफल क्षेत्र नजिक आफैँ घस्रिँदै आधार शिविरतर्फ आउँदै गरेको अवस्थामा उद्धारकर्ताले भेटेका हुन् ।

बिहान गरिएको खोजीका क्रममा उनको शरीर अत्यन्त कमजोर अवस्थामा रहेको र हातका औँलामा चिसोको असर देखिएको बताइएको छ ।

लगातार सात दिनसम्म माइनस तापक्रममा उनी कसरी बाँचे भन्ने विषयलाई चमत्कारका रूपमा लिइएको छ । हिजो गरिएको हेलिकप्टर खोजीमा समेत उनी फेला परेका थिएनन् । यो घटनापछि सगरमाथा क्षेत्रमा सुरक्षा र उद्धार व्यवस्थाबारे पुनः प्रश्न उठेका छन् ।

Read More

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरको छ । विहिबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको भुटानले २० ओभरमा ८ विकेट गुमाउदै ६२ रन मात्र बनाएको थियो । 

यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । नेपालले यसअघि बुधबार कतारलाई पराजित गरेको थियो ।

समुह डी मा रहेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ । 

अब नेपालले अर्को खेल शनिबार हङकङसँग खेल्ने तालिका रहेको छ । 

Read More