असार १ गते सोमबार ज्येष्ठ अधिक कृष्णपक्षको औंसी तिथि बिहान ९:१२ बजेसम्म कायम रहनेछ। हिन्दु परम्परामा औंसीलाई आत्मचिन्तन, पितृस्मरण, दान–पुण्य तथा आध्यात्मिक साधनाका लागि विशेष मानिन्छ। बिहान ९:१२ बजेपछि शुक्लपक्षको प्रतिपदा तिथि प्रारम्भ हुने भएकाले नयाँ चन्द्रचक्रको आरम्भसँगै नयाँ योजना, संकल्प र शुभ कार्यको वातावरण क्रमशः बलियो बन्दै जाने ज्योतिषीय मान्यता रहेको छ। छलफल तथा बौद्धिक गतिविधि सक्रिय बन्न सक्ने ज्योतिषीय संकेत देखिन्छ। महत्त्वपूर्ण बनाएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिहान आत्मविश्वासमा कमी आउन सक्ने भएकाले निर्णयमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ। हतारमा प्रतिबद्धता जनाउँदा समस्या उत्पन्न हुन सक्छ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा असहज परिस्थिति सामना गर्नुपर्न सक्छ। दिउँसोपछि नयाँ योजना र कार्यतर्फ अग्रसर हुने अवसर प्राप्त हुनेछ। व्यापार तथा उद्योग क्षेत्रमा लाभदायक योग देखिएको छ। रोकिएका काम सम्पन्न हुने सम्भावना छ भने नयाँ कामको थालनीका लागि समय अनुकूल रहनेछ। सहयोग, सम्मान तथा उपहार प्राप्त हुने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दिनको प्रारम्भ सकारात्मक रहनेछ। सिर्जनात्मक तथा रचनात्मक कार्यमा सफलता मिल्ने संकेत छ। पारिवारिक भेटघाट र स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। नयाँ अवसर तथा दैनिक जीवनमा सकारात्मक परिवर्तन आउन सक्छ। तर दिउँसोपछि विवाद वा बहसमा तानिने सम्भावना रहेकाले संयम आवश्यक हुनेछ। अनावश्यक खर्च तथा किनमेलबाट आर्थिक भार बढ्न सक्छ। भविष्यका लागि बचतमा ध्यान दिनुपर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको आग्रह वा दबाबमा काम गर्नुपरे पनि आजको परिश्रमले भविष्यमा लाभ दिलाउनेछ। लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ तथा कर्जाको सहारा लिनुपर्ने सम्भावना छ। मध्याह्नपछि सहयोगीहरूको साथ प्राप्त हुनेछ। नयाँ काम वा प्रस्ताव आउन सक्छ। पारिवारिक भेटघाट, मिठो भोजन र सुखद वातावरणले मन प्रसन्न रहनेछ। मिहिनेती व्यक्तिका लागि दिन उपलब्धिमूलक रहने संकेत छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतको उचित प्रतिफल प्राप्त हुने दिन छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् र अड्किएका रकम प्राप्त हुन सक्छन्। तर सँगसँगै खर्चिलो योजना वा काम सुरु हुन सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्नेछ। आवश्यकताका कारण ऋण वा सापटी लिनुपर्ने अवस्था आउन सक्छ। समय व्यवस्थापनमा कमजोरी हुँदा आफ्ना नजिकका व्यक्तिसँग दूरी बढ्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको परिश्रमले भविष्यमा प्रतिष्ठा र पहिचान दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभाव बढ्ने संकेत देखिएको छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत खुल्नेछन् भने विगतका प्रयासबाट पनि लाभ प्राप्त हुनेछ। रोकिएका आर्थिक कारोबार टुंगिन सक्छन्। यद्यपि आयसँगै खर्चको मात्रा पनि बढ्न सक्ने भएकाले आर्थिक अनुशासन आवश्यक हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको प्रभावमा पर्दा व्यक्तिगत गोपनीयता प्रभावित हुन सक्छ। आफ्ना कमजोरी सार्वजनिक नगर्नु बुद्धिमानी हुनेछ। दिउँसोपछि परिस्थितिमा सुधार आउनेछ र प्रभाव तथा वर्चस्व बढ्ने संकेत छ। प्रशंसनीय कार्यबाट ख्याति, सम्मान र आर्थिक लाभ प्राप्त हुन सक्छ। विशेष भेटघाट तथा सहयोगले कार्यक्षेत्रमा उत्साह थप्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज खर्च र चुनौती दुवै बढ्न सक्ने भएकाले सतर्कता आवश्यक छ। सामान्य कार्यका लागि पनि अतिरिक्त प्रयास गर्नुपर्ने देखिन्छ। तत्काल लाभ नदिने काममा समय लगाउनुपर्ने हुन सक्छ। स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनु उचित हुनेछ। निरन्तर प्रयासले अन्ततः लक्ष्य प्राप्त गर्न सहयोग पुर्याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिहानको समय सामान्य रूपमा सुखद रहे पनि दिउँसोतिर स्वास्थ्यसम्बन्धी समस्या वा थकानले काममा प्रभाव पार्न सक्छ। अपेक्षित सहयोग नपाउँदा निराशा हुन सक्छ। गोपनीयता भंग हुने वा आफ्ना कमजोरीको फाइदा अरूले उठाउने सम्भावना छ। आहारविहार र स्वास्थ्यप्रति विशेष ध्यान दिनु आवश्यक देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उपलब्धिमूलक दिन रहने संकेत छ। रोकिएका काम सम्पन्न हुनेछन् र जिम्मेवारी बढ्न सक्छ। दीर्घकालीन महत्वका योजना सुरु हुन सक्छन्। मध्याह्नपछि दिन थप उत्साहजनक बन्नेछ। व्यापार विस्तार, यात्रा तथा भौतिक साधन प्राप्तिका अवसर प्राप्त हुन सक्छन्। ज्ञान र धन दुवै क्षेत्रमा वृद्धि हुने संकेत देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानातिना अवरोध आए पनि मिहिनेती व्यक्तिका लागि दिन सकारात्मक रहनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुने सम्भावना छ। पराक्रम र आत्मविश्वासका कारण आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै प्रतिष्ठा बढाउने समय रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिहान अपेक्षाअनुसार परिणाम नआए पनि दिनक्रमसँगै परिस्थिति सुधार हुँदै जानेछ। धैर्य र लगनशीलताले प्रतिष्ठित कार्य सम्पन्न गर्ने अवसर दिलाउनेछ। छिटो सफलता खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। अफवाह वा हल्लाको पछि लाग्दा निराशा हुन सक्ने भएकाले विवेकपूर्ण निर्णय आवश्यक हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
महत्त्वपूर्ण कार्य प्रारम्भ गर्न बिहानको समय अनुकूल रहनेछ। व्यवसाय तथा आर्थिक क्षेत्रमा लाभ प्राप्त हुने सम्भावना छ। तर दिउँसोपछि एक्लोपनको अनुभूति हुन सक्छ। साझेदारीका केही पुराना समझदारी प्रभावित हुन सक्छन्। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु उचित हुनेछ। तत्काल अपेक्षित सफलता नआए पनि निरन्तर प्रयासले भविष्यमा राम्रो प्रतिफल दिने संकेत छ।
Read More