२०८३ असार ५

विश्वकप फुटबल : दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो चेक रिपब्लिक

काठमाडौं फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको एटलान्टा स्टेडियममा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा चेक रिपब्लिकले प्रारम्भिक अग्रता जोगाउन नसक्दा दक्षिण अफ्रिकासँग बराबरीमा चित्त बुझाउनुपरेको हो।

खेलको छैटौँ मिनेटमै मिचल सादिलेकले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। पहिलो हाफदेखि नै अग्रता कायम राखेको चेक टोली जितनजिक पुगेको अवस्थामा अन्तिम समयमा पेनाल्टी गोल बेहोर्न पुगेको थियो।

खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका एक खेलाडीले हातले बल छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै तेबोहो मोकोनाले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा समाप्त भयो। बराबरीसँगै दुवै टोलीले समूह चरणमा एक–एक अंक जोड्न सफल भएका छन्।

समूह ‘ए’ अन्तर्गत आजै हुने अर्को खेलमा मेक्सिको र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने तालिका रहेको छ।

Read More

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको असर

काठमाडौं नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली क्षेत्र तथा कोशी प्रदेशका तराईका भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशका पहाडी क्षेत्र र मधेस प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा कतिपय स्थानमा हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।

त्यसैगरी, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको प्रभाव रहने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा गर्मी बढेर ‘तातो दिन’को अवस्था सिर्जना हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्र तथा कोशी प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Read More

२०८३ असार ५ गते (१९ जुन २०२६), शुक्रबार : आजको राशिफल

आज ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि रहेको छ। दिनको प्रारम्भ अश्लेषा नक्षत्रको प्रभावमा रहनेछ भने अपराह्न ३:४१ बजेपछि मघा नक्षत्र प्रारम्भ हुनेछ। चन्द्रमा दिनभर कर्कट राशिमा सञ्चार गरी अपराह्नपछि सिंह राशिमा प्रवेश गर्ने भएकाले भावनात्मक निर्णय, पारिवारिक सम्बन्ध, आत्मविश्वास तथा नेतृत्व क्षमतामा उल्लेखनीय प्रभाव पर्ने देखिन्छ। ग्रह–नक्षत्रको वर्तमान अवस्थाले केही राशिलाई आर्थिक उपलब्धि, प्रतिष्ठा र नयाँ अवसरको संकेत गरेको छ भने केही राशिले खर्च, स्वास्थ्य तथा सम्बन्ध व्यवस्थापनमा विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ। दिनको पूर्वार्ध र उत्तरार्धमा फरक–फरक प्रभाव देखिन सक्ने भएकाले परिस्थिति अनुसार निर्णय लिनु लाभदायक रहनेछ। धैर्य, विवेक र निरन्तर प्रयासले चुनौतीलाई अवसरमा परिणत गर्न सकिने दिन रहनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज शुभचिन्तक तथा अनुभवी व्यक्तिहरूको सुझावलाई बेवास्ता गर्दा अनावश्यक समस्या निम्तिन सक्छ। परिस्थितिले केही कठिन मोड लिन सक्ने भएकाले धैर्यपूर्वक अघि बढ्नु उपयुक्त हुनेछ। रोकिएका वा अधुरा काम पूरा गर्न दोहोर्याएर प्रयास गर्नुपर्ने अवस्था आउन सक्छ।

साझेदार, परिवारजन तथा निकट सम्बन्धीहरू आवश्यक पर्दा सहयोगीका रूपमा अघि आउनेछन्। दिनको पूर्वार्धमा चुनौतीहरू बढी देखिए पनि साँझपछि परिस्थिति सुधार हुँदै जाने संकेत छ। विद्यार्थीहरूका लागि अध्ययन तथा अनुसन्धानमा प्रगतिको समय रहेको छ। निरन्तर मेहनत र लगनशीलताले सम्मान तथा प्रतिष्ठा प्राप्त गराउने सम्भावना देखिन्छ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

आज सहयोगी तथा शुभचिन्तकहरूको साथले महत्त्वपूर्ण काम सहज रूपमा सम्पन्न गर्न सकिनेछ। आवश्यक भौतिक साधन तथा स्रोत जुट्ने भएकाले दीर्घकालीन योजना कार्यान्वयन गर्ने अवसर प्राप्त हुन सक्छ। व्यापार तथा व्यवसायमा उल्लेखनीय लाभ प्राप्त हुने संकेत देखिन्छ।

यद्यपि दिनको उत्तरार्धमा पारिवारिक असमझदारी वा भावनात्मक विषयले काममा केही अवरोध सिर्जना गर्न सक्छ। आफन्त वा साथीभाइसँगको सम्बन्धमा अनावश्यक दूरी बढ्न नदिन संयमित व्यवहार आवश्यक हुनेछ। अरूका लागि समय, श्रम तथा बुद्धि खर्च गर्नुपर्ने अवस्था आए पनि त्यसले भविष्यमा सकारात्मक परिणाम दिन सक्छ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

आज तपाईंका विचार, प्रस्तुति र अभिव्यक्तिले धेरै व्यक्तिलाई प्रभावित गर्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम सम्पन्न हुने तथा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव विस्तार हुने संकेत देखिन्छ।

मिहिनेतको उचित प्रतिफल प्राप्त हुने र आर्थिक पक्ष बलियो बन्नेछ। व्यापार, सञ्चार, शिक्षा तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय सफलता मिल्न सक्छ। अध्ययनप्रति बढेको लगावले ज्ञानको दायरा विस्तार गर्नेछ। सानो प्रयासबाट ठूलो उपलब्धि प्राप्त हुने भएकाले समयको सदुपयोग गर्नु लाभदायक हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज मेहनत र आत्मविश्वासले नयाँ अवसरको ढोका खोल्नेछ। विगतमा गरेका प्रयासको सकारात्मक परिणाम प्राप्त हुन सक्छ। विरोधी वा ईर्ष्या गर्ने व्यक्तिहरूको प्रभाव कमजोर बन्नेछ र आफ्ना योजना सफलतापूर्वक अघि बढाउन सकिनेछ।

सानो प्रयासबाट ठूलो लाभ प्राप्त हुने तथा दीर्घकालीन फाइदा दिने काम सुरु गर्ने अवसर मिल्न सक्छ। तर साँझपछि विवादास्पद विषय वा अनावश्यक बहसबाट टाढा रहनु उपयुक्त हुनेछ। अध्ययन तथा एकाग्रतामा केही बाधा आउन सक्ने भएकाले ध्यान केन्द्रित गर्न अतिरिक्त प्रयास आवश्यक पर्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आर्थिक व्यवस्थापन तथा आवश्यक कार्यका लागि स्रोत जुटाउनेतर्फ ध्यान केन्द्रित हुन सक्छ। पारिवारिक वा व्यक्तिगत कारणले केही समय घरपरिवारबाट टाढा रहनुपर्ने अवस्था आए पनि दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइ वा शुभचिन्तकसँग पुनः सम्पर्क बढ्न सक्छ।

अवसर प्राप्तिका लागि केही दौडधुप गर्नुपर्ने देखिन्छ। साँझपछि रोकिएका काम पुनः अघि बढाउन सकिनेछ। भौतिक साधन तथा आवश्यक सहयोग प्राप्त हुने संकेत छ। यद्यपि आफ्ना कमजोरीको फाइदा उठाउन खोज्ने व्यक्तिहरू सक्रिय हुन सक्ने भएकाले गोपनीय विषयमा विशेष सावधानी अपनाउनु आवश्यक हुनेछ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

आज मेहनत र लगनशीलताले आम्दानीका नयाँ स्रोत पहिचान गराउनेछ। आवश्यक साधन तथा स्रोत सहज रूपमा जुट्ने भएकाले आर्थिक पक्षमा उत्साहजनक सुधार देखिन सक्छ। व्यापार तथा व्यवसायमा विस्तारको सम्भावना रहेको छ।

दिनको उत्तरार्धमा खर्च बढ्न सक्ने भएकाले आर्थिक अनुशासन आवश्यक हुनेछ। आकस्मिक आवश्यकता वा पारिवारिक जिम्मेवारीका कारण अतिरिक्त खर्च आउन सक्छ। केही योजनामा अवरोध देखिए पनि धैर्य र योजनाबद्ध कार्यशैलीले परिस्थितिलाई नियन्त्रणमा राख्न सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज प्रतिष्ठा बढाउने तथा प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त हुनेछ। विशेष भेटघाट तथा महत्त्वपूर्ण छलफलले भविष्यका लागि लाभदायक आधार तयार गर्न सक्छ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा सकारात्मक पहिचान स्थापित हुने संकेत छ।

पेशा, व्यवसाय तथा आर्थिक गतिविधिमा उल्लेखनीय लाभ प्राप्त हुने सम्भावना छ। नयाँ आम्दानीका स्रोत फेला पर्न सक्छन्। मेहनत र कर्मयोगले नाम, दाम तथा सम्मान दिलाउने दिन भएकाले अवसरको सही उपयोग गर्नु बुद्धिमानी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज सामाजिक तथा सेवामूलक कार्यमा सक्रियता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुँदा आत्मविश्वास उच्च रहनेछ। धार्मिक, आध्यात्मिक तथा समाजसेवाका कार्यमा रुचि बढ्न सक्छ।

मेहनतले उल्लेखनीय सफलता दिलाउने संकेत छ। साँझपछि नयाँ अवसर तथा आर्थिक लाभका सम्भावना बलियो बन्नेछन्। आफ्नो क्षेत्रमा नेतृत्व स्थापित गर्ने तथा प्रतिष्ठा बढाउने अवसर प्राप्त हुन सक्छ। व्यवसायिक क्षेत्र पनि अनुकूल रहने देखिन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज स्वास्थ्य तथा कार्यक्षमतामा केही कमजोरी महसुस हुन सक्छ। कामको चाप बढ्ने तथा साना–साना समस्याले समय र ऊर्जा खर्च गराउन सक्छन्। आर्थिक पक्षमा अनावश्यक खर्च बढ्न सक्ने भएकाले सतर्कता आवश्यक हुनेछ।

अवसरको खोजीमा बढी सक्रिय हुनुपर्ने अवस्था आउन सक्छ। आफ्नो परिश्रमको प्रतिफल तत्काल प्राप्त नहुँदा निराशा बढ्न सक्छ। यद्यपि साँझपछि परिस्थितिमा सुधार आउने संकेत छ। प्रतीक्षित नतिजा प्राप्त हुने तथा नयाँ उपलब्धिको आधार तयार हुने सम्भावना देखिन्छ।

मकर (भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि)

आज घुमफिर, भेटघाट तथा मनोरञ्जनका गतिविधिमा समय बित्न सक्छ। व्यवसायिक तथा आर्थिक पक्षमा राम्रो लाभ प्राप्त हुने संकेत छ। नयाँ योजना सुरु गर्ने अवसर प्राप्त हुन सक्छ।

तर अनावश्यक वादविवाद वा मतभेदले सम्बन्धमा दूरी ल्याउन सक्ने भएकाले संयम आवश्यक हुनेछ। सामाजिक कार्यक्रम वा निम्तोमा खर्च बढ्न सक्छ। साँझपछि स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले आराम र खानपानमा ध्यान दिनु उचित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज मेहनत, आत्मविश्वास र योजनाबद्ध कार्यशैलीले लक्ष्यमा पुग्न सहज बनाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने तथा रोकिएका काम पूरा हुने संकेत देखिन्छ। आवश्यक भौतिक साधन जुट्ने भएकाले दीर्घकालीन योजना अघि बढाउन सकिनेछ।

साँझतिर सामाजिक जमघट, पारिवारिक भेटघाट वा विशेष समारोहमा सहभागी हुने अवसर मिल्न सक्छ। प्रियजनसँगको सम्बन्ध सुदृढ बन्नेछ। व्यापार तथा पेशागत क्षेत्रमा पनि उल्लेखनीय लाभ प्राप्त हुने सम्भावना देखिन्छ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

विगतका सफलताले आज आत्मविश्वास र उत्साह बढाउनेछ। शिक्षा, अध्ययन तथा बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत देखिन्छ। भविष्यका लागि महत्त्वपूर्ण योजना तयार गर्ने वा नयाँ कामको आधार निर्माण गर्ने अवसर प्राप्त हुन सक्छ।

विभिन्न अवसरले पछ्याउने भएकाले निर्णय क्षमताको सही उपयोग आवश्यक हुनेछ। प्रतीक्षित नतिजा प्राप्त हुँदा मन प्रसन्न रहनेछ। मेहनतले सम्मान, प्रतिष्ठा तथा सामाजिक पहिचान बढाउनेछ। साँझपछि प्रतिस्पर्धीमाथि विजय प्राप्त गर्ने तथा व्यवसायिक लाभ हासिल गर्ने सम्भावना बलियो देखिन्छ।

Read More