काठमाडौं । ऐन महर ले प्रतिनिधि सभाको नयाँ बैठक कक्षको डिजाइनप्रति आपत्ति जनाएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नयाँ संसद् हललाई फिल्म हलजस्तो बनाइएको र टेबलहरू कक्षाकोठाको जस्तो राखिएको भन्दै टिप्पणी गरे।
महरले उक्त संरचना संसदीय मर्यादाअनुसार नभएको दाबी गर्दै यसलाई प्रतिनिधि सभाको गरिमाअनुसार परिमार्जन गर्नुपर्ने माग गरेका छन्।




