काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर दर्ता भएका सवारी साधनको कुल संख्या ६२ लाख ४९ हजार ७४२ पुगेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा मात्रै २ लाख ८१ हजार ९२१ नयाँ सवारी साधन थपिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म दर्ता संख्या ५९ लाख ६७ हजार ८२१ रहेको थियो ।
सवारी साधन संरचनामा मोटरसाइकलको हिस्सा अत्यधिक रहेको छ । त्यसपछि क्रमशः कार, जीप–भ्यान, ट्र्याक्टर–पावर टिलर, ट्याम्पो, ई–रिक्सा, बस, ट्रक–टिपर र माइक्रो बसको उपस्थिति देखिन्छ ।
दर्ता भएका सवारी साधनको विवरण
| सवारी साधनको प्रकार | संख्या |
| मोटरसाइकल | ५०,६४,३६४ |
| कार, जीप तथा भ्यान | ४,००,१२२ |
| ट्र्याक्टर तथा पावर टिलर | १,९८,१८१ |
| ट्याम्पो | १,१८,७५१ |
| ई–रिक्सा | ८८,७९० |
| बस | ७६,०१४ |
| ट्रक तथा टिपर | १,३५,८३२ |
| माइक्रो बस | १३,८७३ |
सर्वेक्षणले देशमा सवारी साधनको संख्या निरन्तर बढ्दै गएको देखाएको छ, जसमा विशेषगरी दुई पाङ्ग्रे सवारी साधनप्रतिको उच्च निर्भरता प्रमुख रूपमा देखिन्छ ।




