काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट करिब ६६ अर्ब रुपैयाँ स्वीकृत गरेको छ।
सोमबार अपराह्न बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।
प्रदेश सरकारले चालु आर्थिक वर्षको हाराहारीमै रहने गरी करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको जनाइएको छ।




