२०८३ असार १०

विश्वकप-२०२६ : इजिप्टको शानदार पुनरागमन जित

काठमाडौं फिफा विश्वकप–२०२६ अन्तर्गत सोमबार बिहान भएको खेलमा इजिप्टले न्युजिल्याण्डमाथि ३–१ गोलको शानदार पुनरागमन जित निकालेको छ।

बिसी प्लेसमा भएको खेलमा न्युजिल्याण्डका फिन सर्म्यानले १५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर ५९ औँ मिनेटमा मोस्तफा जिकोले बराबरी गोल गर्दै इजिप्टलाई खेलमा फर्काए।

६७ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए भने ८२ औँ मिनेटमा ट्रेजेगुएटले गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोड्दै समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १ अंक रहेको न्युजिल्याण्ड समूहको पुछारमा छ।