२०८३ असार ११

भक्तपुरमा बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

काठमाडौं ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हाल भक्तपुरको गठ्ठाघरमा बस्दै आएका सुनसरीको धरान उपमहानगरपालिका–४ घर भएका ३८ वर्षीय भीमबहादुर राई रहेका छन्।

पीडित पक्षबाट परेको उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले राईलाई सोमबार राति नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।