२०८३ असार ११

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति रौतहटबाट पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनले गत २०८२ साल फागुन ३ गते ३२ वर्षीया आफ्नी श्रीमती आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या गरेका थिए।

घटनापछि फरार रहेका यादवको खोजीमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयले निरन्तर अभियान चलाइरहेका थिए।

प्रहरीका अनुसार प्राविधिक विश्लेषण र विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरको संयुक्त टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका–८ विजयपुरबाट पक्राउ गरेको हो।