काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फको उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन्। श्रेष्ठले वाग्लेको प्रस्तावकसमेत बनेका छन्।
पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। यसअघि सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।




