२०८३ असार १२

रास्वपाको केन्द्रीय सदस्य निर्वाचन : ३२ उम्मेदवारको मतपरिणाम सार्वजनिक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत खुलातर्फ निर्वाचित ३२ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार खुला समूहमा स्वर्णिम वाग्लेले सर्वाधिक २,६५६ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन्।

खुलातर्फ केन्द्रीय सदस्यको मतपरिणाम

क्र.सं.उम्मेदवारप्राप्त मत
स्वर्णिम वाग्ले२,६५६
सोविता गौतम२,६४१
शिशिर खनाल२,५३८
सागर ढकाल२,३७६
डा. तोसिमा कार्की२,३०२
रञ्जु दर्शना२,२९३
मनिष झा२,२८१
हरि ढकाल२,२६२
कविन्द्र बुर्लाकोटी२,२२७
१०विपिनकुमार आचार्य२,१६९
११रमेश प्रसाईँ२,१६६
१२निशा डाँगी२,१३२
१३विराजभक्त श्रेष्ठ२,१२३
१४इन्दिरा राना मगर२,०९०
१५गणेश पराजुली२,०८७
१६पुकार बम२,०७०
१७जगदीश खरेल (ललितपुर)२,०६५
१८शुलभ खरेल२,०४३
१९यज्ञमणि न्यौपाने१,९०३
२०प्रमोद न्यौपाने१,८९२
२१सस्मित पोखरेल१,८६४
२२रिमा विश्वकर्मा१,८४५
२३रघुराज पाण्डे१,८४०
२४राजीव खत्री१,७४५
२५समीक्षा बास्कोटा१,७३९
२६गणेश कार्की१,७३४
२७खगेन्द्र सुनार१,७३३
२८अशिम शाह१,७३०
२९हिमेश पन्त१,६५०
३०जगदीश खरेल (दोलखा)१,५५२
३१गीता चौधरी१,५३७
३२लिमा अधिकारी आचार्य१,५३६

यसैबीच, समावेशी समूहअन्तर्गत पनि केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार खस–आर्यबाट १०, आदिवासी जनजातिबाट ९, मधेसीबाट ५, दलितबाट ४, थारुबाट २, मुस्लिमबाट २ तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।