काठमाडौं । ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थानमा महिलासामु अश्लील व्यवहार गर्दै गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा सरकारका एक अधिकृत पक्राउ परेका छन्।
सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। उनलाई ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पीडित महिलाले घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै पहिचान गरी भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ।




