काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले केहीबेरअघि शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन्।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
ती पुरुषको पहिचान र आत्मदाह प्रयास गर्नुको कारण भने खुल्न बाँकी रहेको छ।




