२०८३ श्रावण १०

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा चालकसहित नौ जना यात्रु घाइते भएका छन्।

हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिउँसो करिब १:२५ बजे सडकको माथिल्लो घुम्तीबाट जिप अनियन्त्रित भई करिब १० मिटर तल खसेको थियो।

दुर्घटनामा हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जिप चालक जनवीर बुढासहित नौ जना घाइते भएका छन्। घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।