काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।




