२०८३ श्रावण २९

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार भेटवार्ता भएको छ।

प्रधानसेनापति सिग्देल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए।

भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइए पनि वार्ताको विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।