२०८३ भाद्र १

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै, चिनी आपूर्तिबारे छलफल हुने

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ।

बैठक बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्नेछ। बैठकमा बजारमा चिनीको सहज आपूर्ति सुनिश्चित गर्ने विषयका साथै विविध विषयमा सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा उठेका विषयवस्तुका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र मन्त्रालयका सचिवले जवाफ दिने कार्यक्रमसमेत रहेको छ।