काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा (एमाले)का किरण थापालाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार थापालाई आज अपराह्न ४:०५ बजे मुख्यमन्त्री नियुक्त गर्ने र ४:२० बजे शपथ ग्रहण समारोह आयोजना गर्ने तयारी गरिएको छ।
थापालाई मुख्यमन्त्री नियुक्त गर्न एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनसहितको निवेदन प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्राप्त निवेदनका आधारमा सरकार गठनसम्बन्धी प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ।
तीन दलको समर्थनसहित सरकार गठनका लागि दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखले सोही आधारमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागेका हुन्।




