काठमाडौँ । गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि नुवाकोटको देवीघाट क्षेत्रमा यातायात आवागमन ठप्प भएको थियो। यातायात सञ्चालनलाई सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको छ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार नेपाली सेनाले पाँच दिनदेखि निरन्तर खटिएर बुधबार साँझ एक्रो ब्रिज जडान सम्पन्न गरेको हो।
नयाँ पुल जडान भएसँगै बिहीबारदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ। सरकारले शुक्रबारदेखि उक्त पुलबाट सवारीसाधनसमेत सञ्चालन गरिने जनाएको छ।




