काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार ३ सय रुपैयाँ घटेको हो। बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




