२०८३ आश्विन २

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । शुक्रबारको प्रि-ओपन कारोबारमा नेप्से परिसूचक सामान्य रूपमा उकालो लागेको छ। उक्त सेसनमा नेप्से २.४६ अंकले बढ्दै २६२६.८३ विन्दुमा पुगेको हो।

प्रि-ओपन अवधिमा ७२ वटा स्क्रिप्सको कुल ८ हजार ९४२ कित्ता सेयर कारोबार भएको छ। यस क्रममा ४८ लाख ३० हजार ३३१ रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।

कारोबारमा समावेश कम्पनीमध्ये २५ वटा स्टक्सको मूल्य वृद्धि भएको छ भने ४० वटा स्टक्सको मूल्य घटेको छ। यस्तै, ४ वटा स्टक्सको मूल्यमा भने कुनै परिवर्तन देखिएन।