काठमाडौं । सरकारले राजनीतिक दल निकट ट्रेड युनियनसँग आबद्ध २० कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाका लागि पठाएको सूचीअनुसार गृह मन्त्रालयले उनीहरूलाई आफ्नो मातहतका विभिन्न कार्यालयमा खटाएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा खटाइने गरी कर्मचारीहरूको नाम सिफारिस गरेका थिए ।





