काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको पहिलो अधिवेशनअन्तर्गत मंगलबार मतदान प्रक्रिया सुरु भएको छ।
आइतबारदेखि जारी अधिवेशनमा प्रतिनिधि छनोटलगायत विभिन्न विषयमा उत्पन्न विवादका कारण मतदान प्रक्रिया केही समय ढिलो भएको हो।
प्रदेश सभापति पदका लागि मदन खड्का, स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) प्रतिस्पर्धामा रहेका छन्।




