काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु गरिएको छ।
पार्टीका अनुसार परिचयपत्र वितरण छिटो सम्पन्न गर्ने उद्देश्यले विभिन्न नौ स्थानबाट एकैसाथ प्रक्रिया अघि बढाइएको हो।
रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार सातै प्रदेश, प्रवास तथा समायोजनबाट आएका प्रतिनिधिहरूलाई छुट्टाछुट्टै स्थानमा परिचयपत्र वितरण भइरहेको छ।
प्रतिनिधिहरूको अन्तिम टुंगो लागेपछि स्वचालित प्रणालीमार्फत परिचयपत्र छपाइ गरिएको कारण केही ढिलाइ भएको उनले बताए। परिचयपत्र वितरण कार्य पूरा भएपछि मात्र बन्दसत्र औपचारिक रूपमा सुरु हुने जनाइएको छ।
महाधिवेशनको बन्दसत्र भरतपुरस्थित उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा आयोजना हुने तय गरिएको छ।




