काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकाल तथा स्वकीय उप–सचिव प्रकृति ढकालले खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।
चितवनमा जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला दुवै जना केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका हुन्। पार्टीको नेतृत्व चयनका लागि बन्दसत्र आजबाट सुरु हुने कार्यतालिका रहेको छ।
यसअघि सोमबार सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधि चयनसम्बन्धी विवादका कारण निर्धारित समयमा सञ्चालन हुन सकेको थिएन। विवाद समाधानपछि महाधिवेशनका बाँकी कार्यक्रम अगाडि बढाइएको पार्टी स्रोतले जनाएको छ।
रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व र केन्द्रीय कार्यसमिति चयन गर्ने तयारी गरिरहेको छ।




