काठमाडौँ। बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा कुल २,५१९ सवारीचालक सवारी नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाही परेकामध्ये ९२ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १६३ जना नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने, ९९ जना ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने तथा ११५ जना तीव्र गतिमा सवारी चलाउने रहेका छन्।
त्यसैगरी, १०९ जनाले लेन अनुशासन पालना नगरेको, १०० जनाले निषेधित क्षेत्रमा हर्न बजाएको, ३ जनाले लागूऔषध सेवन गरी सवारी सञ्चालन गरेको तथा १९ वटा सवारीसाधनले निर्धारित मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गरेको पाइएपछि कारबाही गरिएको हो।
यस अवधिमा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १,८१९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।




