२०८३ असार १२

२४ घण्टामा २,४३८ सवारीचालक कारबाहीमा, २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गरेको आरोपमा दुई हजार ४३८ सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८५, नियमविपरीत राइड सेयरिङ गर्ने १३०, ट्राफिक बत्ती उल्लंघन गर्ने १२३ तथा तीव्र गतिमा सवारी चलाउने १६० जना रहेका छन्।

त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागुपदार्थ सेवन गरी सवारी चलाउने तीन, अत्यधिक धुवाँ उत्सर्जन गर्ने २७ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ७०० जना पनि कारबाहीमा परेका छन्।