काठमाडौँ । रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाउने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निर्णयविरुद्ध युक्रेनमा प्रदर्शन भएको छ।
राष्ट्रपति जेलेन्स्कीले फेडोरोभलाई अचानक हटाउने निर्णय गरेपछि नागरिक समाजमा असन्तुष्टि बढेको छ। सांसदहरूले समेत उक्त निर्णयको विरोध गरेका छन्।
बिहीबार बिहान राजधानी किभसहित युक्रेनका विभिन्न शहरमा अधिकांश युवा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढा रहनुहोस्’ र ‘विजयमा बाधा पुर्याउन बन्द गर’ लेखिएका प्लेकार्ड बोकेका थिए भने ‘लाज मान!’ भन्दै नाराबाजी गरेका थिए।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले सुरक्षा सेवाका कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्रीका रूपमा प्रस्ताव गरेका छन्।
जेलेन्स्कीले खमारासँग प्राविधिक युद्ध सञ्चालनसम्बन्धी व्यापक तथा धेरै अवस्थामा अभूतपूर्व अनुभव रहेको दाबी गरेका छन्।




