काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको छ।
महासङ्घले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा राहत सामग्री ढुवानीका लागि निःशुल्क बससेवा उपलब्ध गराउन थालेको हो।
उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासङ्घका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
यसका लागि सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३) लाई सम्पर्क गर्न सकिने महासङ्घले जनाएको छ।




