२०८३ भाद्र २८

पूर्वाधार विकास समितिको बैठक बस्दै, प्राकृतिक प्रकोपको असरबारे छलफल हुने

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक आज बस्ने भएको छ । समितिको बैठक बिहीबार बिहान १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा प्राकृतिक प्रकोपका कारण पूर्वाधार क्षेत्रमा परेको असरका विषयमा छलफल हुने समितिले जनाएको छ । पछिल्लो समय बाढी, पहिरोलगायत प्राकृतिक विपद्का कारण सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा परेको क्षतिका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

समितिको सूचनाअनुसार बैठकमा प्राकृतिक प्रकोप र त्यसले पूर्वाधार क्षेत्रमा पारेको प्रभावसँगै विविध विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको छ । समितिले बैठकमा उपस्थित हुन सम्पूर्ण सदस्य तथा सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।